Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  

नेपाल अभियान नेपाल अभियान
१६ मंसिर २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
26
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १६ मङ्सिर । कृषकहरूको गुजारामुखी प्रणालीबाट व्यवसायीकरण तर्फ रूपान्तरण गराउने मुख्य उद्देश्यका साथ २०६७ सालमा स्थापना भएको आधुनिक कृषि सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा शनिवार सदरमुकाम मन्थलीमा सकिएको छ । आरम्भमा २७ जना सदस्यहरूबाट कार्य आरम्भ गरेको उक्त संस्थाले कृषकहरूलाई सङ्गठित गर्दे पशुपालन, अन्न,तरकारी र फलफूल उत्पादक किसानहरूलाई ब्यवसयीक बनाउँदै अघि बढ्ने उद्देश्यले गठन गरिएको उक्त संस्थामा हाल ६ सय ५ जना शेयर सदस्य रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो । 

साधारण सभामा विशेष  अतिथिको रूपमा बोल्नु हुँदै  जिल्ला समन्वय समिति रामेछापका उप – प्रमुख प्रेम बहादुर थापाले आधुनिक कृषि सहकारी संस्थाले सदरमुकाममा दुग्ध उत्पादनको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै सहकारीको संस्थागत विकाशका लागि आफू जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भयो । 

उक्त कार्यक्रममा नेपाल पत्रकार  महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरेले आधुनिक कृषि सहकारी संस्थाकै अगुवाइ र भिजनकै कारण मन्थली दूध उत्पादनको क्षेत्रमा आत्म निर्भर भएको भए पनि राज्यको अपरिपक्व नीतिका कारण कृषक र दूध डेरी दुवै समस्यामा रहेको बताउनु भयो । कार्यक्रममा मन्थली नगर पालिकाका सहकारी शाखाका प्रमुख उज्ज्वल पोखरेलले कृषिको उत्पादन देखि  बजारीकरण सम्मका समस्या समाधानको रोग सीमित बजेट नै मुख्य  कारक रहेको बताउनु भयो । त्यसका लागि  बजेटको उचित व्यवस्थापन गरी राजनीतिक दल अगुवा कृषक र अन्य सरोकारवालाहरू समेतको रोहवरमा समस्याको गहिराइमा पुग्न सके कृषि क्षेत्रमा परिवर्तन सम्भव रहने बताउनु भयो ।

 सो अवसरमा अगुवा कृषक होतराज ढकालले कृषकहरूलाई राज्यले हेर्ने दृष्टिकोण नै खराब रहेको भन्दै सर्व प्रथम नीतिगत रूपमै कृषकहरूलाई राज्य र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन जरुरी रहेको बताउनु भयो । उहाँले पछिल्लो समयमा राज्यका कारण कृषकहरूले सबै खाले नाकाबन्दीको सामना गर्नु परेको गुनासो गर्दे उत्पादन देखि बजारीकरण सम्म देखिएका समस्याका बारेमा पनि चर्चा गर्नु भयो । अरू त परै जावोस गाई र कुखुरा पालक कृषकको दाना ढुवानीमा पनि राज्य पक्ष नै बाधक भएको अवस्थामा कृषकहरूले काम गर्ने वातावरण कसरी बन्न सक्छ भन्दै कृषक ढकालले राज्य समक्ष प्रति प्रश्न गर्नु भयो । उहाँले आफूहरूले राज्य,गैसस र सञ्चार क्षेत्र वाट समेत उपेक्षित हुनु परेको गुनासो पनि गर्नु भयो । 

अगुवा तथा ज्येष्ठ कृषक विष्णु सुवेदीको अध्यक्षतामा भएको उक्त साधारण सभामा संस्थाका अध्यक्ष भानुभक्त श्रेष्ठले सचिव  र कोषाध्यक्षका प्रतिवेदन पेस गर्नु हुँदै यस वर्ष सहकारीले आफ्ना शेयर सदस्यहरूका लागि १० प्रतिशत मुनाफा वितरण गर्न लागेको जानकारी पनि दिनुभयो । साधारण सभाका अवसरमा संस्थाको शेयर रकम ४८ लाख २ हजार ५ सय रुपैयाँ,कुल बचत रकम ३७ लाख ४८ हजार ९८ रुपैयाँ र विभिन्न कोषहरूमा गरी ५लाख ७४ हजार ६ सय ३८ रुपैयाँ रकम रहेको पनि जानकारी गराइएको थियो । सो अवसरमा संस्थाले आगामी २०गते जन्म स्थान रामेछाप नगरपालिका वडा नं १ को गोठ गाउँमा पनि साधारण सभा गरी समितिको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।  

Share10Tweet7Share2

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१६ मंसिर २०८०, शनिबार
तालिम सुरु
समाचार

तालिम सुरु

१६ मंसिर २०८०, शनिबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१६ मंसिर २०८०, शनिबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१६ मंसिर २०८०, शनिबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१६ मंसिर २०८०, शनिबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१६ मंसिर २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.