Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

३२ औँ अपाङ्गता दिवसमा सुनारपानीकी  निर्मला सम्मानित

नेपाल अभियान नेपाल अभियान
१८ मंसिर २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
108
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १८ मङ्सिर । मन्थली नगरपालिका ५ सुनारपानिकी अपाङ्ग अधिकारकर्मी निर्मला कार्की सम्मानित हुनु भएको छ । ३२ औँ अन्तर्राष्ट्रिय  अपाङ्गता दिवसको अवसरमा मङ्सिर १७ गते राष्ट्रिय अपाङ्ग कोषद्वारा राजधानी काठमाडौँमा आयोजित औपचारिक कार्यक्रमका बिच  सङ्घीय सहरी विकास मन्त्री सिता गुरुङले उहाँलाई ज्योति केसी मेरुदण्ड पक्षघात महिला प्रतिभा पुरस्कारबाट  सम्मान गर्नु भएको हो । 

लामो समयदेखि मेरुदण्ड पक्ष घातबाट पीडित  निर्मला ह्विील चियर प्रयोगकर्ता भए पनि उहाँको आँट र इच्छा शक्ति भने कुनै साङ्ग भन्दा कमी छैन । उहाँको काम गर्ने जोस जाँगर र इच्छाशक्तिका बिच गाउँमै रहेर  शिक्षण पेसामा पनि अब्बल भूमिका निर्वाह  गर्दे आउनु भएको भन्दै राष्ट्रिय  अपाङ्ग कोषले कार्कीलाई सम्मान गरेको जानकारी पनि सो अवसरमा गराइएको थियो । 

सो अवसरमा कोषले निर्मला कार्की सहित अपाङ्गता भएका अरू एक दर्जन अपाङ्गता भएका अरू व्यक्तिहरूलाई पनि सम्मान गरेको थियो । अपाङ्गता भएकै कारण केही पनि काम गर्न सकिँदैन र समाजको अगाडी  मनोबल खुम्च्याएर बस्नु पर्छ भन्ने सामाजिक मान्यतालाई चिर्दे अपाङ्गता भएकाहरूका लागि प्रेरणाको श्रोत , आफ्नो गाउँ सुनारपानीको भैरवी माविमा असल शिक्षिका र गाउँमा असल छोरीको रूपमा स्थापित निर्मलालाई कोषले देशभरका अपाङ्गता भएका हरू मध्येबाट प्रेरित  र  उदाहरणीय ठहर गरी राष्ट्रिय स्तरको सम्मानबाट सम्मान गरेको हो । 

ह्विील चियर प्रयोगकर्ता भएर पनि आँटिलो र दर्बिलो अनि सकारात्मक सोच सहितको  इच्छाशक्ति भएकी निर्मला समाजको रूपान्तरणका लागि सबै खाले अपाङ्गता भएकाहरूलाई राज्यले सामाजिक,शैक्षिक र  आर्थिक रूपमा सशक्त नबनाए सम्म समाज परिवर्तन सम्भव नहुने बताउनु भयो ।              आफ्नो घरको काम गर्नै क्रममा रुखबाट लडेर ढाडको मेरुदण्ड गुमाएकी निर्मलालाई परिवारले पनि निको बनाउन सकिन्छ कि भनेर सबै खाले प्रयास पनि गर्‍यो । दुर्भाग्य उनको मेरुदण्डले काम गर्न नसक्ने घोषणा चिकित्सकले गरेपछि निर्मला घर आँगनमै कैद जस्तै  भएर बस्दै आउनु भएको थियो । तै पनि उहाँले ह्विलचियर को सायताले आफ्नो पढाइलाई निरन्तर दिइनै रहनु भयो  र परिणाम  शिक्षक अनुमति पत्र पनि उर्तिण गर्नु भयो । 

उहाँको सकारात्मक सोच सहितको  दर्बिलो आँट सँगै लोकतन्त्र प्राप्ति पछि राज्यले अपाङ्गता भएको व्यक्तिहरूका लाई सरकारी जागिरका लागि प्राथमिकता दिने  नीति ल्याए पछि आफ्नो मेहनत सँगै निर्मला प्रावि शिक्षिकाको रूपमा विद्यालय प्रवेश गरेपछि उहाँको काम गर्ने इच्छा शक्तिमा थप ऊर्जा आएको उहाँका दाजु दीपक कार्कीले बताउनु  भयो । 

   राष्ट्रिय अपाङ्ग कोषले देशभरका अपाङ्गता भएर पनि समाजमा रहेर नमुना  र उत्कृष्ट काम गर्नेहरू मध्यमा निर्मलालाई पनि छनौट गरी ३२ औँ अन्तर्राष्ट्रिय  अपाङ्गता दिवसको अवसरमा मङ्सिर १७ गते काठमाडौँमा बोलाएर सम्मान गरेको थियो । 

Share43Tweet27Share8

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१८ मंसिर २०८०, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१८ मंसिर २०८०, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१८ मंसिर २०८०, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१८ मंसिर २०८०, सोमबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१८ मंसिर २०८०, सोमबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१८ मंसिर २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.