रामेछाप २ पुस । लिखुतामाकोशी गाउँपालिका ७ नवदर्शन मावि तिल्पुङका आइटी शिक्षक मानबहादुर सार्की पक्राउ परेका छन् । उनलाई सो विद्यालयको कक्षा ९ मा अध्ययनरत एक बालीकालाई दुर्व्यवहार गरेको आरोपमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त विद्यालयमा अध्ययनरत पीडित बालीकाले यौन दुर्व्यवहार गरेको भन्दै आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी उजुरी दिएको आधारमा उनलाई पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख प्रनाउ होम बहादुर पराजुलिले जानकारी दिएका छन् ।
उक्त जाहेरीमा उनले मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्न पत्र दिने भन्दै बालीकालाई बोलाएर अङ्कमाल गर्ने संवेदनशील अङ्ग चलाउने जस्ता गतिविधि गरेकी बताएकी छिन् । छात्राले जाहेरीमा सो कुरा उल्लेख गरेकोले पक्राउ परेका शिक्षकलाई बाल यौैंन दुब्यवहारको कसुरमा कार्वाहि प्रकृया अघि बढाइने पनि प्रमुख पराजुलीले बताए ।











यो बारेमा तपाईको प्रतिकृया