Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 रामेछाप ७ शुकाजोरको सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावकारी 

नेपाल अभियान नेपाल अभियान
१६ पुष २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार, स्थानीय सरकार
0
47
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १६ पुस ।  रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले आइतबार वडा कार्यालयमा सञ्चालन गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावकारी देखिएको छ । वडा कार्यालयले हरेका वर्ष जस्तै यस वर्ष पनि  चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक अवद्यिसम्म सञ्चालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्थाको बारेमा नागरिकहरूलाई जानकारी गराउँदै आफूहरू प्रति भएका ,गुनासा समेत सुन्ने उद्देश्यले सञ्चालन गरेको उक्त कार्यक्रममा  नागरिकहरूको  सक्रिय उपस्थिति र बहस सँगै जबाफदेही बक्ताको गम्भीरताका आधारमा  उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम  प्रभावकारी देखिएको हो ।

नगरपालिकाका प्रमुख,प्रमुख प्रशासकीय अधिकृत र सबै शाखाका प्रमुख हरूलाई जबाफदेही वक्ताका रूपमा मञ्चमा राखेर  जिल्लाका आम सञ्चार माध्यमहरू समेतलाई आमन्त्रण गरी सञ्चालन गरिएको उक्त कार्यक्रमका अवसरमा सहभागी नागरिकहरूले आफ्नो वडा भित्रका समस्या  र समाधानका बारेमा वडा अध्यक्ष र नगरपालिकाको नेतृत्व सँग पनि निर्भीकताका साथ प्रश्न सोधेका थिए । 

आरम्भ देखि कार्यक्रमको अन्त्यसम्म उल्लेखनीय रूपमा नागरिकहरू र सबै राजनीतिक दल समेतले अत्यन्त उत्साह र रुचिका साथ भाग लिएको उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम यस अघि कुनै पनि पालीकामा भएको अनुभव आफूले नगरेको पत्रकार युनिक विफा घिसिङले बताउनु भयो । 

  कार्यक्रममा जबाफदेही वक्ताका रूपमा उपस्थिति हुनु भएका   रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले शुकाजोरमा सञ्चालन भएको कार्यक्रम र नागरिक हरुको सक्रिय 

सहभागिताले  सरकारले अपेक्षा गरेअनुसारनै सार्वजनिक सुनुवाइ कार्यक्रम भएका बताउनु भयो । सबै पालिका र सबै वडाका सार्वजनिक सुनवाइ कार्यक्रम यसै खालको भयो भने मात्र जन प्रतिनिधि र कर्मचारीहरूले पनि सचेत र जिम्मेवारी बोधका साथ काम गर्ने पनि  घिमिरेले बताउनु भयो । 

 प्रमुख घिमिरेले बजेटको पाबन्दीका कारण वडा कार्यालयले चाहेर पनि नागरिकको अपेक्षा अनुसारको काम गर्न  नसकेको भन्दै त्यसको अपजस नगरपालिकाले लिने जानकारी पनि दिनुभयो । उहाँले शुकाजोरबासिमा देखिएको चासो र उत्साहले सुशासन बहालीमा पनि टेवा पुग्ने बताउनु भयो । 

 कार्यक्रममा सहभागी सबै राजनीतिक दलका प्रतिनिधि र नागरिकहरूले वडा कार्यालयले नियमित रूपमा प्रवाह गर्दै आएको सेवा प्रति पूर्ण सन्तुष्टि व्यक्त गरेका थिए भने । मुख्य तथा ग्रामीण सडकमा देखिएको समस्या र सञ्चालित  योजनाहरू र शिक्षा क्षेत्र गुणस्तरीय हुन नसकेको भन्दै नगरपालिका सँग त्यसको जवाफ माग गरेका थिए । 

त्यसैगरि  अलपत्र परेको खेलमैदान र कभर्ड हलको व्यवस्थापन,प्रस्तावित पाले बन सहरीकरण योजनाको अवस्था, सार्वजनिक जग्गा र जङ्गलको अतिक्रमणमा देखिएको समस्या र त्यसको व्यवस्थापन , जुनार तरकारी लगाएतको कृषि प्रवर्द्धन र  बजारीकरणमा देखिएको समस्या ,खानेपानीको समस्या तथा महिला तथा बाल बालिकाको क्षमता तथा आर्थिक विकासमा भए गरेका र हुन नसक्ने कामका बारेमा पनि जबाफदेही वक्ता सँग प्रश्न गरेका थिए । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा जवाफ दिनु हुँदै नगर प्रमुख लव श्री न्यौपानेले शुकाजोर बासीमा देखिएको चासो,उत्साह र जाँगरले नगरलाई पनि उत्साहित बनाएको बताउनु भयो । यसलाई अन्य वडा कार्यालय र सरकार प्रमुखहरूले पनि सिकाइका रूपमा ग्रहण गर्न सके सुशासन बहालीमा पनि टेवा पुग्ने  धारणा राख्नु भयो । 

 कार्यक्रममा वडाले प्रवाह गरेको  सेवा तथा विकास आयोजनाहरूको अवस्था योजना र भावी कार्यत्रका  बारेमा वडाका प्राविधिक भागवत  श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । जानकारी गराउनुभयो ।

कार्यक्रममा वडाका राजनीतिक दलबाट  राप्रपाका नारायण कार्की,नेकपा एसका ,सूर्य कार्की,रास्वपाका  दुर्गा बहादुर बस्नेत,नेकपा एमालेका धु्रब बहादुर बस्नेत,नेपाली काँग्रेसका पेशल कार्की र काँग्रेस नगर समितिका अध्यक्ष  कमल विक्रम कार्की समेतले विभिन्न सुझाव सहित वडाले गर्ने  कामहरू निष्पक्ष र पारदर्शी हुनुपर्ने भन्दै नीति निर्माणमा वडाका  राजनीतिकदलहरुलाई सहभागी गराउन आग्रह गर्नु भएको थियो ।

 कार्यक्रममा वडासँग जोडिएका सवालहरूको जवाफ भने  वडा नं ७ का वडाध्यक्ष समीर कार्कीले दिनु भएको थियो ।सो क्रममा वडा अध्यक्ष कार्कीले नागरिक र राजनीतिक दलहरूबाट आएका सवाल र चासोलाई आफूले  सकारात्मक रूपमा र मार्ग निर्देशनका रूपमा ग्रहण गर्दे अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  उहाँले वडाबाट प्रवाह हुने अधिकांश कामहरूमा स्थानीय राजनीतिक दलहरू सँग समेत  आफूले समन्वय गरेर काम गर्दे आएको जानकारी दिनु भयो । 

उहाँले   वडा सँग सम्बन्धित विकास निर्माणका कामहरूमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिएर वडाले परिकल्पना गरेको संवृद्ध शुकाजोरको सपनालाई साकार बनाउने अभियानमा सहयोग गर्न पनि आग्रह  गर्नु भयो । सार्वजनिक सुनुवाइ  कार्यक्रमको सहजिकरण प्रहार मिडिया प्राली रामेछापले गरेको थियो  ।

Share19Tweet12Share3

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१६ पुष २०८०, सोमबार
तालिम सुरु
समाचार

तालिम सुरु

१६ पुष २०८०, सोमबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१६ पुष २०८०, सोमबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१६ पुष २०८०, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१६ पुष २०८०, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१६ पुष २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.