रामेछाप १६ पुस । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले आइतबार वडा कार्यालयमा सञ्चालन गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावकारी देखिएको छ । वडा कार्यालयले हरेका वर्ष जस्तै यस वर्ष पनि चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक अवद्यिसम्म सञ्चालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्थाको बारेमा नागरिकहरूलाई जानकारी गराउँदै आफूहरू प्रति भएका ,गुनासा समेत सुन्ने उद्देश्यले सञ्चालन गरेको उक्त कार्यक्रममा नागरिकहरूको सक्रिय उपस्थिति र बहस सँगै जबाफदेही बक्ताको गम्भीरताका आधारमा उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावकारी देखिएको हो ।
नगरपालिकाका प्रमुख,प्रमुख प्रशासकीय अधिकृत र सबै शाखाका प्रमुख हरूलाई जबाफदेही वक्ताका रूपमा मञ्चमा राखेर जिल्लाका आम सञ्चार माध्यमहरू समेतलाई आमन्त्रण गरी सञ्चालन गरिएको उक्त कार्यक्रमका अवसरमा सहभागी नागरिकहरूले आफ्नो वडा भित्रका समस्या र समाधानका बारेमा वडा अध्यक्ष र नगरपालिकाको नेतृत्व सँग पनि निर्भीकताका साथ प्रश्न सोधेका थिए ।

आरम्भ देखि कार्यक्रमको अन्त्यसम्म उल्लेखनीय रूपमा नागरिकहरू र सबै राजनीतिक दल समेतले अत्यन्त उत्साह र रुचिका साथ भाग लिएको उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम यस अघि कुनै पनि पालीकामा भएको अनुभव आफूले नगरेको पत्रकार युनिक विफा घिसिङले बताउनु भयो ।
कार्यक्रममा जबाफदेही वक्ताका रूपमा उपस्थिति हुनु भएका रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले शुकाजोरमा सञ्चालन भएको कार्यक्रम र नागरिक हरुको सक्रिय
सहभागिताले सरकारले अपेक्षा गरेअनुसारनै सार्वजनिक सुनुवाइ कार्यक्रम भएका बताउनु भयो । सबै पालिका र सबै वडाका सार्वजनिक सुनवाइ कार्यक्रम यसै खालको भयो भने मात्र जन प्रतिनिधि र कर्मचारीहरूले पनि सचेत र जिम्मेवारी बोधका साथ काम गर्ने पनि घिमिरेले बताउनु भयो ।
प्रमुख घिमिरेले बजेटको पाबन्दीका कारण वडा कार्यालयले चाहेर पनि नागरिकको अपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै त्यसको अपजस नगरपालिकाले लिने जानकारी पनि दिनुभयो । उहाँले शुकाजोरबासिमा देखिएको चासो र उत्साहले सुशासन बहालीमा पनि टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा सहभागी सबै राजनीतिक दलका प्रतिनिधि र नागरिकहरूले वडा कार्यालयले नियमित रूपमा प्रवाह गर्दै आएको सेवा प्रति पूर्ण सन्तुष्टि व्यक्त गरेका थिए भने । मुख्य तथा ग्रामीण सडकमा देखिएको समस्या र सञ्चालित योजनाहरू र शिक्षा क्षेत्र गुणस्तरीय हुन नसकेको भन्दै नगरपालिका सँग त्यसको जवाफ माग गरेका थिए ।
त्यसैगरि अलपत्र परेको खेलमैदान र कभर्ड हलको व्यवस्थापन,प्रस्तावित पाले बन सहरीकरण योजनाको अवस्था, सार्वजनिक जग्गा र जङ्गलको अतिक्रमणमा देखिएको समस्या र त्यसको व्यवस्थापन , जुनार तरकारी लगाएतको कृषि प्रवर्द्धन र बजारीकरणमा देखिएको समस्या ,खानेपानीको समस्या तथा महिला तथा बाल बालिकाको क्षमता तथा आर्थिक विकासमा भए गरेका र हुन नसक्ने कामका बारेमा पनि जबाफदेही वक्ता सँग प्रश्न गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जवाफ दिनु हुँदै नगर प्रमुख लव श्री न्यौपानेले शुकाजोर बासीमा देखिएको चासो,उत्साह र जाँगरले नगरलाई पनि उत्साहित बनाएको बताउनु भयो । यसलाई अन्य वडा कार्यालय र सरकार प्रमुखहरूले पनि सिकाइका रूपमा ग्रहण गर्न सके सुशासन बहालीमा पनि टेवा पुग्ने धारणा राख्नु भयो ।
कार्यक्रममा वडाले प्रवाह गरेको सेवा तथा विकास आयोजनाहरूको अवस्था योजना र भावी कार्यत्रका बारेमा वडाका प्राविधिक भागवत श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । जानकारी गराउनुभयो ।
कार्यक्रममा वडाका राजनीतिक दलबाट राप्रपाका नारायण कार्की,नेकपा एसका ,सूर्य कार्की,रास्वपाका दुर्गा बहादुर बस्नेत,नेकपा एमालेका धु्रब बहादुर बस्नेत,नेपाली काँग्रेसका पेशल कार्की र काँग्रेस नगर समितिका अध्यक्ष कमल विक्रम कार्की समेतले विभिन्न सुझाव सहित वडाले गर्ने कामहरू निष्पक्ष र पारदर्शी हुनुपर्ने भन्दै नीति निर्माणमा वडाका राजनीतिकदलहरुलाई सहभागी गराउन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा वडासँग जोडिएका सवालहरूको जवाफ भने वडा नं ७ का वडाध्यक्ष समीर कार्कीले दिनु भएको थियो ।सो क्रममा वडा अध्यक्ष कार्कीले नागरिक र राजनीतिक दलहरूबाट आएका सवाल र चासोलाई आफूले सकारात्मक रूपमा र मार्ग निर्देशनका रूपमा ग्रहण गर्दे अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले वडाबाट प्रवाह हुने अधिकांश कामहरूमा स्थानीय राजनीतिक दलहरू सँग समेत आफूले समन्वय गरेर काम गर्दे आएको जानकारी दिनु भयो ।
उहाँले वडा सँग सम्बन्धित विकास निर्माणका कामहरूमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिएर वडाले परिकल्पना गरेको संवृद्ध शुकाजोरको सपनालाई साकार बनाउने अभियानमा सहयोग गर्न पनि आग्रह गर्नु भयो । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण प्रहार मिडिया प्राली रामेछापले गरेको थियो ।











यो बारेमा तपाईको प्रतिकृया