Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका तीन कृषक राष्ट्रपति उत्कृष्ट पुरस्कार बाट सम्मानित 

नेपाल अभियान नेपाल अभियान
२३ पुष २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
80
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २३ पुस । रामेछाप जिल्लाका विभिन्न विधाका ३ जना युवा कृषक जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट पुरस्कार बाट सम्मानित हुनु भएको छ । कृषि ज्ञान केन्द्र रामेछापले आज आफ्नै कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच गोकुलगंगा गाउँपालिका ३ सप्त भूमे एग्रो एन्ड रिसर्च सेन्टर प्राली रस्नालुका सञ्चालक लक्ष्मण केसी,सोही पालीका वडानं ५ नामाडिमा रहेको फुल्पीङ एग्रो पालिका सञ्चालक मेघराज खड्का र खाँडादेवी गाउँपालिका ५ का बाख्रा पालक कृषक हेम बहादुर खत्रीलाई नगद पुरस्कारका साथमा सम्मान गरेको हो ।

मन्त्रालयले जारी गरेको कार्यविधिका आधारमा यस वर्ष जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट पुरस्कारका लागि जिल्ला कृषि ज्ञान केन्द्रले खुल्ला रूपमा सूचना प्रकाशन गरी माग गरे अनुसार प्राप्त फर्म तथा व्यक्ति गरी २२ वटा कृषि फर्मले आफ्नो  योग्यताको आधार सहितको लिखित  कार्यालयमा पेस गरेका थिए । प्राप्त आवेदन पछि प्राविधिक  मूल्याङ्कन उप– समितिले मन्त्रालयले तयार गरेको कार्यविधि र मापदण्डका आधारमा आवेदन प्राप्त सबै फर्मको  स्थलगत रूपमा मूल्याङ्कन सहित  माथि उल्लेखित ३ विधाका कृषक र कृषि फर्मलाई उत्कृष्ट छनौट गरी सम्मान तथा पुरस्कारका लागि सिफारिस गरेको थियो । 

जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा रहेको मूल्याङ्कन उप – समितिका सदस्य हरूमा जिल्ला पशु विकास कार्यालयका प्राविधिक र कृषि ज्ञान केन्द्रको अर्थ विज्ञ सदस्य रहने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार तीन विधाका कृषकलाई  जिल्लाका सरोकारवाला निकाएको रोहवरमा दोसल्ला र प्रमाण पत्र सहित जिल्ला समन्वय प्रमुख एवं कार्यक्रमकी अध्यक्ष चिना खड्काले दोसल्ला, १० हजार नगद पुरस्कार र सम्मान पत्रद्वारा सम्मान गर्नु भएको हो । 

कार्यक्रमका अवसरमा सम्मानित तीनै जना कृषकहरूले आफूहरूले सम्मानको परिकल्पना नै  नगरीकन निरन्तर व्यवसायमा सम्मीलित भइरहेको अवस्थामा पनि ज्ञान केन्द्रले निष्पक्ष रूपमा  मूल्याङ्कन गरी जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट पुरस्कार बाट सम्मानित गरेकोमा धन्यवाद पनि दिनु भएको थियो । सो क्रममा सम्मानित सबै कृषकहरूले आकस्मिक रूपमा पाएको सम्मान र पुरस्कारले आफूहरूलाई थप जिम्मेवार बोध गराएको धारणा राख्नु भएको थियो । सो क्रममा उहाँहरूले आफ्नो अनुभव र सफलताका पछाडिका आधार र कारण हरू पनि बताउनु भएको थियो । सम्मानित तीनै जनाले नेपाल  सरकारको सहयोग  प्रति भने कृतज्ञता समेत ज्ञापन पनि गर्नु भयो । 

कार्यक्रममा गोकुलगंगा गाउँपालिका ३ सप्त भूमे एग्रो एन्ड रिसर्च सेन्टर प्राली रस्नालुका सञ्चालक लक्ष्मण केसीले अत्यधिक र गुणस्तरीय आलु र किवीको प्रवर्द्धन र बजारीकरण  सोही पालीका वडानं ५ नमाडिका कृषक मेघराज खड्काले उत्कृष्ट  पोल्टी व्यवसाय मार्फत कुखुराको मासु र अण्डा को प्रवर्द्धन र खाँडादेवी गाउँपालिका ५ का बाख्रा पालक कृषक हेम बहादुर खत्रीले निजी लगानीमा नमुना बाख्रा पालन व्यवसाय मार्फत नमुना फर्म सञ्चालन गरी राम्रो आम्दानी गर्दे आएकोले मसिनो गरी गरेको मूल्याङ्कनका आधारमा पुरस्कारका लागि योग्य भएको जानकारी मूल्याङ्कन समितिका संयोजक जिल्ला समन्वय अधिकारी भुवनेश्वर लामिछानेले सो अवसरमा गराउनु भएको थियो ।

जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट पुरस्कार सम्मान कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएको जिल्ला समन्वय समितका प्रमुख चीना खड्काले मूल्याङ्कन समितिले गरेको सिफारिसका आधारमा पुरस्कार पाउन सफल हुने कृषकहरूलाई बधाई दिनु हुँदै सम्मानले उहाँहरू माथि  चुनौती थपिएको भन्दै आगामी वर्ष आफ्नो फर्मलाई थप उत्कृष्ट फर्म र कृषकको रूपमा विकास गर्न पनि सुझाव दिनु भयो । 

कार्यक्रमका अवसरमा जिल्ला समन्वयका उप प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष,लगायतका वक्ताहरूले सम्मानित सबै फर्मका सञ्चालकहरूलाई  जिल्लाकै सो पिस अगुवा कृषकका रूपमा अघि बढ्न र त्यसको लागि सरोकार वाला पक्षलाई पनि उहाँहरूको कर्मलाई अरूको सफलता सम्म पुर्‍याउने गरी समन्वय गर्न पनि  सुझाव दिनु भएको थियो ।

Share32Tweet20Share6

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ पुष २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ पुष २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ पुष २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ पुष २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ पुष २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ पुष २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero