Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल शिक्षक सङ्घ रामेछापद्वारा आफ्ना ज्येष्ठ शिक्षकलाई  सम्मान 

नेपाल अभियान नेपाल अभियान
२७ पुष २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
82
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ पुस । नेपाल शिक्षक सङ्घ रामेछाप नगरको छैँठौँ स्थानीय प्रतिनिधि सभाले आफ्नो सङ्गठन भित्र रहेका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ ।  शुक्रवार रामेछाप बजारमा अवस्थित क्याम्पस भवनमा सम्पन्न भएको सङ्घका रामेछाप नगरको प्रतिनिधि सभाका अवसरमा सङ्घले आफ्ना ३ जना ज्येष्ठ शिक्षकहरूलाई सम्मान गरेको हो । 

यसरी सम्मानित हुनेहरूमा मान बहादुर मोक्तान,गुणराज पोखरेल र काले माझी रहेका छन् । सङ्घले हरेक वर्ष नियमित रूपमा हुँदै आएको प्रतिनिधि सभामा सङ्घमा आबद्ध शिक्षकहरूको हक हित र अधिकारका बारेमा खुलेर छलफल गरेका थिए । सो क्रममा सहभागी शिक्षक प्रतिनिधि हरुले सङ्घको विधान र मर्यादा अनुसार काम गर्न पनि नेतृत्वलाई सुझाएका थिए । 

उक्त कार्यक्रमको उद्घाटन गर्दे  रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगरपालिकाले शिक्षा क्षेत्र सुधारको लागी धेरै कामको सुरुवात गरी सकेको भन्दै नगरले गरेको सुधार अभियानमा पनि साथ दिन साथीहरूलाई आग्रह गर्नु भयो । उहाँले नगरी भित्र रहेका कतिपय आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या निकै कम भएकोले त्यसको व्यवस्थापनमा सहयोग गर्न पनि प्रमुख न्यौपानेले आग्रह गर्नु भयो  । उहाँले शिक्षकहरूले गर्ने व्यवहारले विद्यालय मात्र नभएर समाज  परिवर्तनमा पनि सहयोग पुग्ने भन्दै शिक्षक लाई जिम्मेवार भएर काममा लाग्न पनि आग्रह गर्नु भयो  । उहाँले नेपाल शिक्षक सङ्घलाई  शिक्षा क्षेत्र सुधारको लागी नेतृत्वदायी भूमिका निर्वाह गर्न नि आग्रह गर्नु भयो  ।

कार्यक्रममा रामेछाप नगरपालिकाका प्रवक्ता समीर कार्कीले शिक्षक भनेको समाज परिवर्तनको संवाहक भएकोले शिक्षकको  भूमिका हरेक क्षेत्रमा महत्त्वपूर्ण हुने भएकोले आफ्नो भूमिकालाई शिक्षकहरूले अब्बल बनाउनु पर्ने  बताउनुभयो । 

 नेपाल शिक्षक सङ्घका जिल्ला उपाध्यक्ष मोती तमाङ्ग,जिल्ला सचिव मेघ प्रसाद भट्टराई जिल्ला अर्थ सचिव नारायण प्रसाद घिमिरेले नेपाल शिक्षक सङ्घका सदस्य हरू सबैलाई इमान्दा भएर काममा लाग्न आग्रह गर्नु भयो । उहाँहरूले  पेसागत हकहित र अधिकारीका लागि सङ्घले उत्कृष्ट भूमिका खेल्नु पर्ने  बताउनुभयो ।

सङ्घका नगर अध्यक्ष  अध्यक्ष निम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभामा सङ्घका रामेछाप नगरका सचिव खिल बहादुर कार्कीले हालसम्म गरेका कामहरू र भावी कार्यक्रमहरूको बारेमा आफ्नो प्रतिवेदन मार्फत प्रस्तुत गर्नु भएको थियो ।

जिल्ला  समितिमा १ हजार २५ जना रहेको सङ्घको  नगर कार्यसमितिमा २ सयभन्दा बढी शिक्षक सदस्यहरू आबद्ध रहेको जानकारी पनि सो अवसरमा गराइएको थियो । 

Share33Tweet21Share6

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

२७ पुष २०८०, शुक्रबार
तालिम सुरु
समाचार

तालिम सुरु

२७ पुष २०८०, शुक्रबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२७ पुष २०८०, शुक्रबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२७ पुष २०८०, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२७ पुष २०८०, शुक्रबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२७ पुष २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.