Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

महिला सशक्तीकरणमा समाजसेवा जागृतिको भूमिका महत्त्वपूर्ण ः नगर प्रमुख न्यौपाने 

नेपाल अभियान नेपाल अभियान
२७ पुष २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
66
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ पुस । समाजसेवा जागृति महिला  १६ औँ वार्षिक साधरणसभा तथा छैँठौ अधिवेशनको रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले एक समारोहका बिच  उद्घाटन गर्नु भयो । सो क्रममा बोल्नु हुँदै नगर प्रमुख न्यौपानेले समाजसेवा जागृति महिला बचत तथा ऋण सहकारी रामेछापले सहकारी अभियानमा खेलेको भूमिका प्रति धन्यवाद दिनु भयो । उहाँले उक्त बचतले नगरका महिलाहरूको क्षमताबृद्धि र सशक्तीकरणमा पनि उल्लेखनीय भूमिका खेलेको भन्दै यसको संस्थागत सहयोगका लागि नगर पालिकाले सदैव सहयोग गर्ने बताउनु भयो  । उहाँले भन्नुभयो यो सहकारीको कामलाई अरू प्रभाकारी बनाउन पनि यसको नेतृत्वलाई आग्रह गर्नु भयो । 

रामेछाप बजारमा क्रियाशील रहेको समाजसेवा जागृति महिला बचतको १६ औँ वार्षिक साधरणसभा तथा छैँठौ अधिवेशनको शुक्रवार रामेछाप बजारमा उद्घाटन गर्दे प्रमुख न्यौपानेले उक्त कुरा बताउनु भएको हो ।  

संस्थाको व्यवस्थापक अपना कुमारी श्रेष्ठको सञ्चालन मा भएको उक्त साधारण सभामा  संस्थाकी कोषाध्यक्ष कल्पना देवकोटाले संस्थाले एक वर्षको अवधिमा १ लाख ४१ हजार मुनाफा कमाउन सफल भएको जानकारी गराउनु भयो । कोषाध्यक्षको प्रतिवेदनमा सहकारीले आव २०७९÷०८० मा संस्थाको सबै खर्च कटाएर उक्त मुनाफा कमाउन सफल भएको पनि उल्लेख गरिएको छ  ।  कुल शेयर सदस्य ५ सय ४१ जना  रहेको संस्था संस्था सँग कुल शेयर पुँजी भने  ४ लाख ५ हजार रहेको छ भने सो अवधिमा संस्थाले  १ करोड ३५ लाख ७६ हजार २ सय ९० रुपैयाँ ९० को कारोबार गर्न सफल भएको पनि कोषाध्यक्षको प्रतिवेदनमा जनाइएको  छ  ।

यो बिचमा संस्थाले आफ्ना शेयर सदस्य हरूका लागि १ करोड १७ लाख ६६ हजार रुपैयाँ क्रण लगानी गरेको छ भने कुल  २८ लाख २६ हजार ५ सय ७४ आम्दानी गर्न सफल भएको छ  । त्यसैगरि साधारण सभाले सचिव र लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन पनि सर्व सम्मत रूपमा पारित गरेको छ । प्रतिवेदनमा संस्थाले आफ्ना शेयर सदस्यको क्षमता र सिप विकासका लागि पनि विभिन्न काम गर्दे आएको पनि उल्लेख गरिएको थियो ।

सहकारीका अध्यक्ष लक्ष्मी घिसिङको अध्यक्षतामा भएको उक्त साधारण सभामा रामेछाप नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सन्तोष तामाङ, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष बद्री नयाँ घरे  जिल्ला सहकारी सङ्घ  रामेछापकी सदस्य सविता न्यौपाने,केवलेश्वर साकोसका अध्यक्ष देव श्रेष्ठ लगायतका वक्ताहरूले साकोसले सहकारी सुधार अभियानको चर्चा गर्नु हुँदै साकोषले   सामाजीक विकास र समाज  परिवर्तनका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नु हुँदै त्यसको लागि नेतृत्वलाई धन्यवाद  दिनु  भएको थियो ।  

नयाँ नेतृत्व चयन समेतको कार्यक्रम रहेको साधारण सभा तथा  छैठौ अधिवेशनले लक्ष्मी घिसिङ अध्यक्षतामा रहेको साबिककै  कार्यसमितिलाई निरन्तरता दिएको छ । त्यसैगरि  ऋण उपसमितिको संयोजकमा घनामाया श्रेष्ठ, सदस्यमा हिममाया श्रेष्ठ र कोपिला खुलाल मगरलाई  निर्विरोध रूपमा चयन गरेको छ । सो अवसरमा कलाकारहरूको प्रस्तुतिले बिच बिचमा गरेको सुन्दर नृत्यले कार्यक्रमलाई निकै मनोरञ्जन र उल्लासमय बनाएको थियो । 

Share26Tweet17Share5

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

२७ पुष २०८०, शुक्रबार
तालिम सुरु
समाचार

तालिम सुरु

२७ पुष २०८०, शुक्रबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२७ पुष २०८०, शुक्रबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२७ पुष २०८०, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२७ पुष २०८०, शुक्रबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२७ पुष २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.