रामेछाप ८ माघ । रामेछाप दुग्ध सहकारी संस्थाले सङ्घीय सांसद राजन दाहाल (लेखनाथ )को रोहबरमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ज्ञापन पत्र बुझाएको छ । संस्थाका अध्यक्ष ध्रुव कुमार थापाको नेतृत्वमा गाई पालक कृषकहरूको परालको भूषा ढुवानीमा सिन्धुली प्रशासनले लगाएको सिन्डीकेड खारेजीको माग सहित आइतबार सिन्धुली प्रशासन कार्यालयमा पुगेको पदाधिकारीहरूको टोलीले प्रमुख जिल्ला अधिकारी भरत खनाल समक्ष ज्ञापन पत्र बुझाएको हो ।

उक्त ज्ञापन पत्रमा पछिल्लो समयमा मन्थली र आसपासको क्षेत्र दूध उत्पादनमा आत्मा निर्भर भए सँगै कृषकहरूलाई गाई भैसिका लागि आवश्यक परालका लागि तराईको भर पर्नु पर्ने बाध्यता रहेको र उक्त सडकबाट पराल ढुवानी गर्दा सिन्धुलीको सडक प्रयोग गर्नु पर्ने बाध्यतालाई कम्जोरीका रूपमा लिएर सिन्धुली प्रशासनले परालको भूषा ढुवानीमा सिन्डीगेट लगाएको आरोप पनि लगाइएको छ ।
ज्ञापन पत्रमा परालको भूषा ढुवानीमा माल बाहक ट्रकले २ सय बोरा सम्म बोक्न सक्ने क्षमता हुँदा हुँदै पनि सडकको कारण देखाउँदै प्रशासनले प्रति गाडी १ सय बोरा भन्दा बढी बोक्न नपाउने गरी सिन्डिकेट लगाएको र त्यसको प्रत्यक्ष मार कृषकहरूले बेहोर्दे आएकाले भूषा ढुवानीमा सेन्डीगेट नलगाउन पनि माग गरिएको छ ।
गाडीमा भूषा ढुवानीमा लगाएको सिन्डिकेट सँगै १ सय बोरा भन्दा बढी भूषा बोक्न नपाउने व्यवस्था गरे सँगै किसानहरू दोब्बर भाडा तिरेर परालको भूषा ढुवानी गर्न बाध्य भएपछि आफूहरूले गाँठो फुकाउन रामेछाप र सिन्धुलीको गरी दुवै प्रशासन कार्यालय सँग लिखित रूपमा अनुरोध गरिएको उक्त सहकारीका लेखा सुपरिवेक्षण समितिका संयोजक एवं अगुवा कृषक होतराज ढकालले जानकारी दिनु भयो ।
दोब्बर भाडा तिर्न बाध्य भए सँगै प्रशासन सँग असन्तुष्ट हुँदै आएका कृषक र तिनका नेताहरूले माग सम्बोधनका लागि जिल्ला स्तरका विभिन्न आधिकारिक फोरम हरूमा आवाज उठाउँदै आएकोमा कतैबाट पनि सुनुवाइ नभएपछि आफूहरू पहिलो चरणमा दुवै प्रशासनमा ज्ञापन पत्र मार्फत समस्या समाधानका लागि लागि परेको पनि ढकालले जानकारी दिनुभयो । परालको तौल अरू सामानको तुलनामा कम हुने कुरामा दुई मत नहुँदा नहुँदै पनि सिन्धुली प्रशासनले भने सडकमा समस्या आउने भन्दै अरू गाडिलाई जस्तै परालको गाडीमा सिन्डिकेट लगाए संगेै त्यसको मार किसान हरुले भोग्न बाध्य भएपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरी चरणबद्ध आन्दोलनका कार्यक्रम तय गर्ने तयारी भइरहेको छ ।
ज्ञापन पत्र बुझदै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले कृषकहरूको माग जायज भएको भन्दै पराल ढुवानीमा सिन्धुली प्रशासनले लगाएको सिन्डिकेटका कारण कृषकहरूलाई परेको समस्या समाधानका लागि तत्काल पहल गर्नै आश्वासन दिनु भयो । आफू भर्खरै आएकोले सबै कुरा थाहा भई नसकेको भए पनि यसलाई भने गम्भीरताका साथ लिएको पनि प्रजिअ खनालले बताउनु भयो ।
ज्ञापन पत्र बुझ्ने क्रममा प्रजिअको रोहवरमै रहनु भएका सङ्घीय सांसद राजन दाहाल लेखनाथले रामेछापका कृषकहरूले उठाएको माग प्रति ऐक्यबद्धता जनाउँदै यसलाई तत्काल सरोकारवाला हरुको बैठक राखी निर्णयमा पुग्न पनि प्रजिअ खनाललाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो – रामेछापका कृषकहरूका मागहरू जायज रहेका र अरू सामान जस्तै तौलमा पनि परालमा धेरै समस्या नहुने भएकाले पनि ढुवानीमा लगाइएको सेन्डीकेट फुकुवा हुनु पर्ने रामिछापेली कृषकहरूको माग जायज रहेको पनि दाहालले स्पष्ट पार्नु भयो ।











यो बारेमा तपाईको प्रतिकृया