Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा  ट्राफिक सप्ताह आरम्भ

नेपाल अभियान नेपाल अभियान
२५ माघ २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
21
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप २५ माघ  । बिहीबार बाट रामेछापमा ट्राफिक सप्ताह २०८० आरम्भ भएको छ ।लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन सञ्चालनका क्रममा हुने सम्भावित सडक दुर्घटना लाई एक हप्ता सम्म न्यूनीकरणका प्रयास अवलम्बन गर्ने उद्देश्यले बिहीबार बाट सुरु भएको  वाग्मती स्तरीय ट्राफिक सप्ताह आगामी एक हप्ता सम्म चल्ने आयोजक जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ट्राफिक नियमको बारेमा सबै खालका यातायातका साधन र तीनका चालकहरूलाई अनिवार्य रूपमा पालना गराउने सरकारको लक्ष्य अनुरूप सवारी दुर्घटना  न्यूनीकरण सँगै दुर्घटनाबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ भन्ने मुख्य नाराका साथ सुरु भएको ट्राफिक सप्ताहको  मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए  । सो अवसरमा उनले सडक दुर्घटना न्यूनीकरणका लागि सबैलाई  सबै सँगको सहकार्य आवश्यक रहेको भन्दै यसका लागि अनुशासन र ईमान्दारिता मुख्य विषय पनि बताए ।

स्थानीय देवकोटा चोकबाट सुरु भएको प्रभात फेरी कार्यक्रम बजार परिक्रमा गरी  बसपार्क स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पुगेर औपचारिक कार्यक्रममा प्रवेश गरेको थियो । प्रमुख जिल्ला अधिकारी लगायत सरकारी कार्यालयका प्रमुख तथा  जन पद प्रहरी,सशस्त्र प्रहरीको अलावा  जन प्रतिनिधि, गैर सरकारी संस्थाका प्रमुख र तिनका प्रतिनिधि  विभिन्न विद्यालयका छात्र छात्रा लगायतले ट्राफिक नियम सम्बन्धी सचेतना मूलक प्लेकार्ड तथा ब्यानर सहित प्रभात फेरी गरिएको थियो ।

प्रभात फेरीपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सचेत नागरिक नै अचेत भएर ट्राफिक नियमको परिपालन नगर्दा सडक दुर्घटना बढी रहेको बताउनुभयो । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सुरु भएको ट्राफिक सप्ताह सफल बनाउन सबै लाग्नुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रमका क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले रामेछापमा साढे दुई वर्षको अवधिमा सडक दुर्घटनामा परी ३७ जनाले ज्यान गुमाएको भए पनि पछिल्लो समयमा भने सडक दुर्घटना न्यून हुँदै गएको पनि बताए । 

सो क्रममा  उनले रामेछापमा १८ महिनाको अवधिमा भएका ५२ वटा सडक दुर्घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७९÷०८० मा ३५ वटा सडक दुर्घटनामा परी १३ जनाले र चालु आर्थिक वर्षको पुस मसान्तसम्म १७ वटा सडक दुर्घटनामा परी २ जनाले लापरबाहीकै कारण ज्यान गुमाएको जानकारी पनि गराए  । सो क्रममा उनले सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबै निकायको भूमिका उत्तिकै मुहत्वपुर्ण हुने भएकोले सप्ताहव्यापी  अभियानमा  सबै क्षेत्रको सहयोग आवश्यक पर्ने धारणा राखेका थिए  ।

कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले प्रत्येक व्यक्ति ईमान्दार र सचेत  भएर काम गरे  मात्र पनि सवारी दुर्घटना न्यूनीकरणमा निकै सहयोग पुग्ने  भन्दै अभियानले सबै सँगको सहकार्यले मात्र सार्थका पाउने बताइन् । 

सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक दीपक चौलागाईँले सप्ताह कार्यक्रम अन्तर्गत सिट क्षमता अनुगमन, तीव्र गतिमा सवारी साधन चलाउनेलाई प्रशिक्षण, विद्यार्थीलाई ट्राफिक सचेतना, गाउँ गाउँमा आमा समूह, टोल सुधार समिति र मानिसको भिडभाड हुने स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी गराए । 

त्यसैगरि  स्वयंसेवक परिचालन कार्यक्रम, जनचेतनामूलक पम्प लेट वितरण, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, ग्रामीण सडक लक्षित प्रशिक्षण, बढी भाडा लिए नलिएको अनुगमन, सवारी चालकसँग ५ मिनेट र ओभरटेक प्रशिक्षण जस्ता सचेतनामूलक कार्यक्रम समेत रहेको जानकारी पनि प्रमुख चौलागाईले गराएका थिए   ।

सप्ताहाब्यापी कार्यक्रम अन्तर्गत  सरकारी कार्यालयका कर्मचारी तथा चालकहरूलाई प्रशिक्षण, चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण, सवारी साधनको यान्त्रिक परीक्षण, रक्तदान र ट्राफिक सप्ताहको उपलब्धि र प्रभावकारीताका बारेमा सबै  सरोकारवालासँग समेत समन्वय गर्नै कार्यक्रम समेत तय भएको जानकारी पनि सो अवसरमा गराइएको थियो ।सो क्रममा नेवारी समुदायको लाखे नाच र मगर समुदायको संस्कृति लाई पनि समावेश गराइएको थियो भने लामो दुरीमा चल्ने बसहरूमा सचेतीकरण अभियानको नारा सहितका ब्यानर समेत टाँगिएको थियो  ।  

Share8Tweet5Share1

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ माघ २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ माघ २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ माघ २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ माघ २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ माघ २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२५ माघ २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero