Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा भएको कृषि तथा लघु उद्यम प्रदर्शनी मेला बाट कृषकहरु उत्साहित

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ पुष २०८१, आईतवार
in समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२१ पुष । रामेछापको मन्थली नगरपालिकाले भर्खरै नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदशीनी मेला सम्पन्न गरेको छ । उक्त मेलामा आफ्ना उत्पादनहरु राम्राे बिक्रि भएपछि कृषकहरू उत्साहित भएका छन् ।

नगरपालिकाले दुई दिने नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला मा आफ्ना उत्पादनहरु पर्याप्त मात्रामा विक्रि भएका कारण र थप अर्डर समेत भएपछि उनीहरु उत्साहित भएका हुन् ।

नगर क्षेत्रका साना कृषकहरु,लघु उद्यमीहरु र होजियारी सामाग्रीहरुको ब्यवसाय प्रवद्र्धन गर्दै उत्पादनमा बृद्धि गराउन हौसला प्रदान गर्ने उद्देश्यले र नगरापलिका मार्फत अनुदान प्राप्त गरेका साना किसान तथा लघु उद्यमीहरुले उत्पादन गरेका कृषि उपज तथा होजियारी तथा हस्तकला सामाग्रीहरुको प्रदर्शन गरी बजारीकरणका लागि सहयोग गर्न मेलाको अयोजना गरिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले बताउनुभयो ।
उहाले भन्नुभयो – “ हामिले जे उद्देश्य लिएर मेला आयोजना गरेका थियौ त्याे प्राप्ति भएका कारण त्यसमा हामी सन्तुष्ट छौ ।”
नगरले कृषकहरुलाई दिएको अनुदान सहि रुपमा सदुपयोग भए नभएको प्रत्यक्ष रुपमा अबलोकन गर्न र आगामी दिनमा मन्थली नगरले साना किसान र लघु उद्यमीहरुका लागि कस्ता खाले कार्यक्रम बनाउनु पर्छ भन्ने जानकारी लिन अयोजना गरिएको यो दुइ दिने मेलाको उद्देश्य प्राप्ति भएको उक्त मेलाका संयोजक एबं वडा नं १३ का वडा अध्यक्ष नवराज थापामगरले बताउनुभयो ।

मेलाले आफु आफु जस्ता साना कृषक तथा होजियारी सामाग्री उत्पादकहरुलाई आ आफ्ना उत्पादन विक्रि गर्न निक्कै सहयोग पुरयाएको स्मार्ट हाते होजियारी उद्यमी समुहकी सदस्य प्रमिला सुबेदीले बताउनुभयो ।
यो मेला दुई दिन मात्र अत्यन्तै छोटो भएकोले कम्तीमा पनि १ हप्ता भन्दा बढि यस्ता मेलाहरु सञ्चालन हुन सके उद्यमी तथा साना किसानका उत्पादनहरु विक्रि गर्ने ठुलो अबसर हुने भएकोले यस्ता मेला महोत्सवहरु भैरहनु पर्ने मन्थली डिलक्स एग्रो फरेष्ट्री प्रालिका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

कृषकहरुलाई आते जाते र आवासिय सुबिधा सहित मन्थली नगरपालिकाले अयोजना गरेको यो मेला आफु र आफु जस्ता उद्यमी एबं साना किसानका लागि बरदान सावित भएको मन्थली नगरपालिका वडा नं ५ की शिबशक्ति बाँस उद्योगकी सञ्चालिका हिरामाया शिबभक्तिले बताउनुभयो ।

मेलामा बिभिन्न कृषकहरूलाइ पुरस्कृत समेत गरिएकाे थियाे ।

यस्ता मेला महोत्वस बेला बेलामा भैरहनु मन्थली नगरक्षेत्रका कृषकहरुलाई मात्र हैन सदरमुकाममा रहेका अन्य पसल तथा होटल ब्यवसायीलाई पनि फाइदाको हुने भएकोले विभिन्न पालिकाको सहयोगमा रामेछाप उद्योग बाणिज्य संघले यही माघ १५ गते देखि २१ गते सम्म रामेछाप कृषि,पर्यटन मेला प्रदर्शनी –२०८१ को अयोजना गरिएको रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नविन थापामगरले बताउनुभयो ।

तर यस अघि जिल्लामा हुने गरेका मेला तथा महोत्सबहरु भने सामान खरिद विक्रिमा भन्दापनि साँझपख बढि नाचगानमा कृयासिल हुँने गरेकोले आगामी दिनमा हुने यस्ता मेलाहरुमा दिउसै देखि मनोरनजका कार्यक्रमहरु सहित कृषि उपजहरुको ब्यापारमा पनि टेवा पुर्याउनुपर्ने मन्थली नगरपालिका वडा नं १ का कृषक गोरे माझी बताउनुहुन्छ ।

Share8Tweet5Share1

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२१ पुष २०८१, आईतवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२१ पुष २०८१, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२१ पुष २०८१, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२१ पुष २०८१, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२१ पुष २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२१ पुष २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero