Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिक्षक सङ्घ मन्थलीको  पाचौं स्थानीय प्रतिनिधि सभामा १६ शिक्षक सम्मानित

नेपाल अभियान नेपाल अभियान
१९ माघ २०८१, शनिबार
in देश, प्रदेश नं ३, शिक्षा, समाचार, समाज
0
76
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप १९ माघ ।  – नेपाल शिक्षक सङ्घ मन्थली नगर समितिले आफ्नो  पाचौं स्थानीय प्रतिनिधि सभा आज शनिवार एक औपचारिक कार्यक्रमका विच सम्पन्न गरेको छ । उसले आफ्नो बागमती प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष डा टङ्क प्रसाद दाहाललाई प्रमुख अतिथि बनाएर उक्त कार्यक्रम गरेको हो । 
मन्थली माविको प्राङ्गणमा आयोजित कार्यक्रममा सङ्घले    २०८० को एसइई परीक्षामा उत्कृष्ट अङ्क दिलाएर विद्यालयको नाम राख्न सफल नगर भित्रका संस्थागत तथा सामुदायिक विद्यालयमा अध्यापनरत  विभिन्न विषयका १६ जना शिक्षकलाई  विद्यालयमा  राम्रो पठन पाठन गराएको भन्दै सम्मान गरेको हो  ।  
सो अवसरमा कार्यक्रमका  प्रमुख अतिथि नेपाल शिक्षक सङ्घ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष टङ्क प्रसाद दाहालले पठन पाठन देखि समाज विकासको विभिन्न तहमा  शिक्षकहरूको दायित्व   धेरै भएकोले पनि शिक्षकहरूलाई आफ्नो दायित्व पूरा गर्नका लागि ईमान्दार पूर्वक लाग्न आग्रह गरे । त्यसमा पनि उक्त अभियानमा  शिक्षक सङ्घका सदस्यहरू अरू ईमान्दारीताका साथ  क्रियाशील भएर लाग्नुपर्ने पनि प्रमुख अतिथि दाहालले बताए । उनले शुभेच्छुक पार्टी र तिनका भातृ सङ्गठन सँग पनि शिक्षक सङ्घको  अपेक्षा रहेकोले सो कुरामा पनि शिक्षक सङ्घका साथीहरूलाई जिम्मेवार पूर्वक अघि बढ्न आग्रह गरे ।   

कार्यक्रममा नेपाल शिक्षक सङ्घ बागमती प्रदेशकी महिला उपाध्यक्ष कमला थापाले सङ्घको काममा निखार आएमा मात्र सङ्घको भूमिका दर्बिलो हुने बताइन् । सो अवसरमा उनले त्यसका  लागि सङ्घका सदस्य साथीहरूलाई एकजुट भएर काम गर्न पनि आग्रह गरिन् । सो अवसरमा नेपाली काँग्रेस रामेछापका प्रवक्ता कुमार श्रेष्ठले शिक्षक सङ्घ साथीहरूलाई उँचो मनोबलका साथ काममा लाग्न आग्रह गरे । उनले  शिक्षक सङ्घका साथीहरूको  सबै खाले समस्या समाधान गर्न पार्टीले कुनै पनि कसुर बाँकी नराख्ने  बताए ।
नेपाल शिक्षक सङ्घ मन्थली नगरपालिकाका अध्यक्ष भीम बहादुर नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष लक्ष्मण कुमार  घिमिरे, सङ्घका जिल्ला सह–सचिव राजकुमार खड्का मन्थली १ का वडा अध्यक्ष होम प्रसाद पौडेल, वडा नं ४ का वडा अध्यक्ष राजन घिमिरे, नेपाली काँग्रेस मन्थली नगर कार्यसमितिका  सचिव रमेश काफ्ले ,नेपाल पत्रकार महासङ्घका अध्यक्ष दीपक घिमिरे , नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठ लगायतका वक्ताहरूले पनि प्रतिनिधि सभाको शुभकामना व्यक्त  गदै सम्मानित शिक्षकहरूलाई समेत बधाई दिएका थिए । 

 
 

Share30Tweet19Share5

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१९ माघ २०८१, शनिबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१९ माघ २०८१, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१९ माघ २०८१, शनिबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१९ माघ २०८१, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१९ माघ २०८१, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१९ माघ २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero