मन्थली,१५ चैत्र । राजावादीहरुले गरेको आन्दोलनको बारेमा रिपोटिङका क्रममा रहेका एभिन्यूज टेलिभिजनका समाचार दाता सुरेश रजक को आगोमा जलेर निधन भएको छ ।
आन्दोलनमा सहभागि अराजक समुहले काठमाण्डौ स्थित तिनकुनेको घरमा गरको आगजनिको समाचार संकलन का क्रममा जलेर उनको मृत्यू भएको हो ।
आदोलनकारीहरुरु विभिन्न सञ्चारमाध्यमको कार्यालयहरुमा तोडफोग गर्नुका साथै समाचार संकलनका क्रममा पुगेको हिमालय टेलिभिजनको गाडि समेत तोडफोड गरेका थिए ।
यहि विषयलाई लिएर नेपाल पत्रकार महासंघले एक विज्ञप्ती जारी घरी उक्त घट्नाको निन्दा गरेको छ ।

महासचिब रामप्रसाद देवकोटा द्धारा हस्ताक्षरित उक्त विज्ञप्तीमा जनतालाई सूसुचित गराउने र विचार निर्माणमा सघाउने प्रेस जस्तो भरपर्दो सञ्चारगृह हरुको तोडफोड र सञ्चारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनिय र भत्र्सनायोग्य कार्य भएको महासंघको ठहर भएको जनाइएको छ ।
यसै विच उक्त घटनाको विरोधमा महासंघले भोलि विहान काठमाण्डौको माइतिघरमा विरोध सभा गर्ने तय गरेको छ । भोलि १६ गते पर्ने नेपाल पत्रकार माहासंघ को ७० औं स्थापना दिवसका अवसरमा जिल्ला जिल्लामा गर्ने भनिएको कार्यक्रम स्थगित गरी त्यसलाई पत्रकारको हत्या,र सञ्चार माध्यममाथि भएको ज्यादतिका विरुद्ध विरोध सभा गर्ने कार्यक्रम मा रुपान्तरण गर्न महासंघले आग्रह समेत गरको छ ।












यो बारेमा तपाईको प्रतिकृया