Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित

नेपाल अभियान नेपाल अभियान
२२ जेष्ठ २०८२, बुधबार
in समाचार, समाज
0
137
SHARES
Share on FacebookShare on Twitter

मन्थली, २१ जेठ ।अन्तरजातिय विवाह गर्ने १3 जोडिलाई रामेछापमा सम्मान गरिएको छ ।


जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८२ को अबसर पारेर राष्ट्रिय दलित पत्रकार संघले मन्थलीमा ति जोडिहरुलाई सम्म्मानित गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा रामचन्द्र विक र प्रतिभा वोहोरा, पवन रसाइली र अनिता मगर, लगाएतका रहेका छन् ।


सो अवसर पारेर ती जोडिलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले खादा,नगद र प्रशंसा पत्र सहित सम्मान सम्मान गर्नु भएको हो ।


कार्यक्रमका अवसरमा बोल्ने अधिकांस बक्ताहरुले सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको १८ वर्ष पुरा भइसकेपनि समाजमा जातिय छुवाछुत अझै कायमै रहेको बताएका थिए । यसको कार्यान्वन र ब्यवहारिक पक्षका लागि सबै पक्षको सहयोग आवश्यक रहने पनि उनीहरुको धारणा थियो ।
जिल्लामा बेला बेलामा जातिय विभेदका घटना हरु घटिरहेको प्रति पनि सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका थिए ।


समाजमा व्याप्त जातिय विभेद तथा छुवाछुतलाई निस्तेज गर्नका लागि अन्तरजातिय विवाह गरेर समाजमा सकारात्मक सन्देश पुगोस भन्नका लागि अन्तरजातिय विवाह गर्ने जोडीलाइ सम्मान गरेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापका अध्यक्ष नवराज बिकाले बताउनुभयो ।


सो अवसरमा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,जिल्ला स्थित राजनैतिक दलका प्रमुख एबं प्रतिनिधिहरु र जिल्लाका अन्य सरोकारवाला निकायका प्रतिनिनिधीहरुले व्याप्त जातिय विभेद तथा छुवाछुतलाई निस्तेज भै नसकेको भन्दै यसका लागि सबै पक्षले जिम्मेवार भएर लाग्नु पर्ने धारणा राख्नुभएको थियो ।


सम्मानित मध्येकी अन्तरजातिय विवाह गर्ने रिता खड्काले भन्नुभयो विवाह संस्कृति परम्परा अनुसार नै गरेका हौ ,हामी खुसी नै छौ यो सम्मानले हामीलाई अझै खुसी तुल्याएको छ । त्यसैगगरी सम्मानित हुने अनिता मगरले पनि भन्नुभयो– अन्तरजातिय विवाहले हामी त खुसी छौ तर मेरो माइतिको सम्बन्ध भने म सँग टुट्यो यही कार्यक्रम मार्फत मेरो माइतिको सम्बन्धलाई पनि सुमधुर बनाइदिनुपर्यो ’ ।


त्यस्तै अर्का जोडी मध्येकी प्रतिभा वोहोराले भन्नुभयो– ‘अन्तरजातिय विवाह गर्दैमा गल्ती गरेको संझनु हुन्न ,समाजले नराम्रो भन्दैमा केही असर पर्दैन, सबैभन्दा ठुलो कुरात आफु खुसी हुनुपर्छ’ ।


मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापको समन्वयमा राष्ट्रिय दलित पत्रकार संघले गरेकोे कार्यक्रममा नेपाल पत्रकार महासँघ,गैसस महासँघ जिल्ला स्थित संञ्चार माध्यमका प्रतिनिधि सहित सदरमुकाममा रहेका विभिन्न विद्यालयका छात्र छात्रा र शिक्षक हरुको समेत सहभागिता रहेको थियो ।

Share55Tweet34Share10

Related Posts

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२२ जेष्ठ २०८२, बुधबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

२२ जेष्ठ २०८२, बुधबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

२२ जेष्ठ २०८२, बुधबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२२ जेष्ठ २०८२, बुधबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२२ जेष्ठ २०८२, बुधबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२२ जेष्ठ २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.