मन्थली, २४ जेठ । आफ्ना सासु ससुरालाई राम्रो सँग स्याहार सुुसार गरेको भन्दै जिल्ला जेष्ठ नागरिक संघ रामेछापले ९ जना बुुहारीहरुलाई असल बुहारीको रुपमा सम्मान गरेको छ भने ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु पनि सम्मानित हुनुुभएको छ ।

शनिवार दिउँसो कार्यक्रमका विच उहाँहरुलाई सम्मान गर्नु भएको हो । आफ्ना सासु ससुरा एबं बुुढा सासुु ससुुरालाई घरमै राम्रो हेरचाह गरेको भन्दै मन्थली नगरपालिका १ कि रीता आचार्य ढुंगेल, लक्ष्मी थापा, तारा पौडेल लगाएत लाई सम्मान गरिएको जेष्ठ नागरिक संघ रामेछापका सचिब अर्जुन घिमिरेले बताउनुुभयो ।
मन्थली नगरपालिकाको आथिक सहयोगमा जिल्ला जेष्ठ नागरिक संघले यसरी सम्मान गरहेको हो । जिल्ला जेष्ठ नागरिक संघ रामेछापका अध्यक्ष नारायण दाश श्रेष्ठ को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले उहाँहरुलाई नगद र दोसल्ला सहित सम्मान गर्नु भएको हो ।
सो अबसरमा जेष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रममा पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले जेष्ठ नागरिकहरु समाजको अमुल्य सम्पत्ति भएकोले उहाहरुको सम्मान गर्नु सबैको कर्तब्य भएको बताउनु भयो ।
उहाँले उहाँहरुको जगेर्ना गर्न परिवार समाज र सरकार सवै उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । सो क्रममा प्रमुख श्रेष्ठले त्यसका लागि सरकारले अहिले पनि जेष्ठ नागरिक भत्ता वितरण र स्वास्थय उपचार समेत निशुःल्क रुपमा प्रदान गर्दे आएको स्मरण गर्दे स्थानिय सरकारले पनि आवश्यक्ताका आधारमा सहयोग गर्दै जाने पनि बताउनुुभयो ।

कार्यक्रमका अबसरमा रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले जेष्ठ नागरिकहरु भगवान समान भएकोले उहाँहरु विनाको समाज परिकल्पना सम्म गर्न नसकिने बताउनु भयो ।
सो क्रममा उहाँले संघिय सरकारले दिएको सुविधा अलावा उहाँहरुको जिविकोपार्जन र स्वास्थ्य उपचार आदिमा समस्या देखिए स्थानीय सरकार सधै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
उहाँले जिल्ला जेष्ठ नागरिक संघ रामेछाप समेतको टिमलाई साथमा लिएर चिकित्सको टोली निःशुल्क स्वास्थ्य परिक्षण सहित आवश्य उपचारका लागि केहि दिन भित्रै टोल टोलमा स्थानीय सरबमर पुग्न चाहेको पनि बताउनुुभयो ।
कार्यक्रमममा डा. सुमन कर्माचार्य,जेष्ठ नागरिक बैकुण्ठ प्रसाद पौडेल लगायतका वक्ताहरुले जेष्ठ नागरिकहरु प्रति परिवार, समाज र राज्यले निर्वाह गर्नु पर्र्र्ने भूमिका र दायित्वका बारेमा आ–आफनो धारणा राख्नु भएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया