Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२८ जेष्ठ २०८२, मंगलवार
in समाचार, समाज, स्थानीय सरकार
0
94
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २७ जेठ । बालवालिकामा गरेको लगानी, ल्याउछौं सुनौलो विहानी’ भन्ने मूल नाराका साथ रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका ९ बटै वडा (मंगलवार) आज एकसाथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएका छन् ।


बालमैत्री स्थानीय शासन अन्तर्गत सन् २०३० सम्म नेपाललाई बालमैत्री स्थानीय शासन युक्त देश घोषणा गर्ने सरकाको लक्षलाई पुरा गर्न आज रामेछाप नगरपालिकाका ९ वटै वडामा एकै साथ बालमैत्री वडा घोषणा गरिएको रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले बताउनुभयो ।


बाल संरक्षण, बालविकास र बाल सहभागिताका लगाएतका विभिन्न क्षेत्रका ५१ वटा सूचकहरु पार गरेर बालमैत्री वडा घोषणा गरिएको बताइएको छ ।
आफ्नो वडालाई सभ्य वडा बनाउन बालमैत्री वडा घोषणा गरिएको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले बताउनुयभयो ।

दीगो विकासको लक्ष सहित समाजलाई आमुल परिवर्तन गर्नका लागि आफ्नो वडालाई बालश्रम मुक्त, बालविवाह मुक्त, अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चितता र बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको रामेछाप नगरपालिका वडा नं ८ का अध्यक्ष सन्तोष तामाङले बताउनुभयो ।


े
स्थानीय शासन युक्त वालमैत्री वडा, नगर, हुँदै जिल्ला घोषणा हुने जसका लागि वालावलिकाकहरुको शिक्षा स्वास्थ्य र सुरक्षा जस्ता कुराहरु सुनिश्चितता हुने भएकोले पनि रामेछाप जिल्लाको रामेछाप र मन्थली नगरपालिकाका विभिन्न वडालाई वालमैत्री वडा घोषणा गर्ने क्रमले तिव्रता पाएको शिक्षा तथा समन्वय इकाई रामेछापका पमुख नेत्रप्रसाद गजुरेलले बताउनुभयो ।

वालमैत्री वडा घोष्णा भएपछि वलअधिकार सुनिश्चित हुने वालवालिकाका लागि योजना छनौट आफैले गर्न सकिने भएकाले पनि वालमैत्री वडा घोषणा गर्न जरुरी रहेको रामेछाप नगर स्तरीय वाल सञ्जाल रामेछापकी अध्यक्ष कृति तामाङले बताउनुभयो ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका –९ वटा वडा मंगलवार घोषणा भएका थिए भने मन्थली नगरपालिकाका १४ वटै वडा लाई पनि बुधबार एकैसाथ घोषणा गर्ने कार्यक्रम रहेको छ ।


रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा भएको कार्यक्रमको उद्घाटन गर्दै संघिय सांसद एबं निवर्तमान उर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम)ले बालमैत्री वडा घोषणा गर्नु अत्यन्तै राम्रो भएकाले घोषणा पश्चात मालमैत्री शासन अनिवार्य लागु गर्नुपर्ने बताउनुभयो ।


सो अबसरमा बोल्दै कार्यक्रमकी विशिष्ट अतिथि एबं जिल्ला समन्वय प्रमुख चिना खडका, कार्की ले रामेछाप र मन्थली नगरपालिका मध्ये रामेछाप नगरपालिकाले आफ्ना वडाहरु वालमैत्री वडा घोषणा गर्न योग्य भैसकेकाले अनुगमन गर्न पत्राचार गरेकोले चाडैनै वालमैत्री वडा घोषणा हुन सकेकोमा नगरलाइ मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।


सबै वडा एकै दिन वालमैत्री घोषाणा गरिएको उक्त कार्यक्रमको उद्घाटन वडा नं १ देखि ९ सम्म क्रमशः रामेछाप नगरपालिकाकी उप प्रमुख सृजना खड्का, जिल्ला समन्वय उपप्रमुख प्रेम बहादुर थापा, रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँई , नगर प्रमुख लवश्री न्यौपाने, जिल्ला समन्वय अधिकारी हरिकृष्ण फुयाल, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, संघिय सांसद एबं निवर्तमान उर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम), शिक्षा तथा समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेल र वागती प्रदेश सांसद तारानारायण श्रेष्ठले गर्नु भएको थियो ।


कार्यक्रमका अवसरमा वालमैत्री वडा घोषणाका लागि सहयोग गर्ने महिला स्वास्थ्य स्वयमसेवीकाहरु, कर्मचारीहरु, वालक्लव सञ्जाल, विभिन्न विद्यालय तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न विद्यालयका बालवालिकाहरुले विविध सास्कृतिक कार्यक्रम सहित चेतनामूलक नाटक समेत प्रदर्शन गरेका थिए ।

Share38Tweet24Share7

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२८ जेष्ठ २०८२, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२८ जेष्ठ २०८२, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२८ जेष्ठ २०८२, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२८ जेष्ठ २०८२, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२८ जेष्ठ २०८२, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ जेष्ठ २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero