
काठमाण्डौ , ३ साउन । “रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ नेकपा एमाले मन्थली नगर – काठमाण्डौ सम्पर्क मञ्चले यही साउन १० शनिवार रक्तदान गर्ने भएको छ । आज बसेको उक्त मञ्चको सातौ पूर्ण बैठकले सो निर्णय गरेको हो ।
मञ्चका अध्यक्ष अरुण प्रसाद अधिकारीको अध्यक्षता एबं बागमती प्रदेश सदस्य गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले कार्यक्रमको पूर्व तयारीका लागि आबश्यक छलफल गर्दै कामको जिम्मेवारी वाडफाँड समेत गरेको छ ।
बैठकले उक्त दिन विहान १० बजे देखि अपरान्ह २ः३० बजे सम्म नयाँवानेश्वर स्थित मिनभवन कलेजको प्राङ्गडमा रक्तदान गर्ने गरी आबश्यक तयारी गर्ने पनि निर्णय गरेको छ ।
सो बैठकमा उपत्यका विशेष प्रदेश कमिटी सदस्य प्रकाशकुमार श्रेष्ठ ,जिल्ला पार्टी सचिब प्रकाश कुमार कार्की ,बागमती प्रदेश सम्पर्क कमिटी सचिवालय सदस्य राजेन्द्र श्रेष्ठ ,मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे, रामेछाप –काठमाडौँ सम्पर्क मञ्च कृषि विभाग सचिव पूर्णकुमार बस्नेत,लिखु तामाकोशी गाउँपालिका –काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष रविन तामाङ रामेछाप नगरपालिकाका –काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष नरबहादुर वि.क. मन्थलीनगर–काठमाडौँ सम्पर्क मञ्च सल्लाहकार परिषद्का सदस्य किशोर कुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
बैठक समापन गर्ने क्रममा बैठकका अध्यक्ष अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिदै उक्त दिन रक्तदान गर्न चाहाने सबैलाई अनिवार्य उपस्थित हुन समेत आग्रह गर्नु भएको छ ।












यो बारेमा तपाईको प्रतिकृया