
मन्थली, ११ भदौ । दशै, तिहार छठ जस्ता चार्डपर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका विभिन्न बजार केन्द्रहरुमा अनुगमन थालेको छ ।
चार्ड पर्वका वेला उपभोक्ताहरु नठगिउन भन्ने उदेश्यले बजार अनुगमन सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताउनुभयो ।
प्रशासन उद्योग बाणिज्य कार्यालय ,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय ,नेपाल गुणस्तर तथा नापतौल कार्याल सम्बन्धित पालिकाहरु रामेछाप उद्योग बाणिज्य संघ र पत्रकार महासंधका प्रतिनिधिहरु सहितको स.युक्त टोलीले जिल्लाको मन्थली, बजार धोवी वजार लगाएतका विभिन्न बजारहरुमा अनुगमन गरिसकेको छ भने अन्य वजार केन्द्रहरुमा पनि निरन्तर रुपमा अनुगमन गर्ने जनाइएको छ ।
सो क्रममा विभिन्न उद्योगहरु, होटल–रेष्टुरेन्ट, खाद्यान्न पसल, दुध डेरी, बेकरी, मासु पसल, सुनचाँदी पसल, हार्डवेयर, र कपडा पसल लगायत को अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा फेला पारेका अखाद्य बस्तुलाई वरामद गरीएको छ भने कालोवजारी गर्ने, म्याद नाघेका खाद्य वस्तुहरु विक्रि गर्ने र आबश्य इजाजत पत्र नलिई ब्यपार ब्यवसाय गर्ने ब्यवसायीहरुलाई कार्वाहि स्वरुप १ हजार देखि दश हजार सम्म जरिवान गरिएको थियो ।
अनुगमनका क्रममा ब्यवसायीहरुलाई तत्काल इजाजत पत्र नभएका लाई एक हप्ता भित्र इजाजत पत्र लिन अनुरोध गरीएको र केहीलाई तत्कालै कार्वाहि गरिएको घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख एबं अनुगमन निरिक्षण अधिकृत खेमराज घिमिरेले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया