मन्थली,२५ असोज । सुवेदी कल्याण प्रतिष्ठान रामेछापको शनिवार मन्थलीमा सम्पन्न दोस्रो जिल्ला अधिबेशनले दामोदर सुवेदीको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।

यसरी नवगठित समितिमा रहनेहरुमा उपाध्यक्ष सचिब सह सचिब र कोषाध्यक्षमा क्रमश दिपक सुबेदी भरत सुवेदी, भोजराज सुवेदी र शान्ता सुवेदी रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा क्रमश बद्रि प्रसाद सुवेदी, सागर सुवेदी, यज्ञ सुवेदी , तिर्थ सुवेदी, सीता सुवेदी रामकुमार सुवेदी, नानीवावु सुवेदी र सृजना सुवेदी रहनुभएको छ ।
त्यसैगरी अधिबेशनले नारायण प्रसाद सुवेदीको संयोजकत्वमा ध्रुव प्रसाद सुवेदी, पूर्ण सुवेदी, सम्भु सुवेदी र तेजप्रसाद सुवेदी लाई सल्लाहकार समितिमा चयन गरेको छ ।

प्रतिष्ठानका निवर्तमान अध्यक्ष नारायण प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका असरमा सुवेदीहरुको बंशावली पुस्तक समेत सार्वजनिक गरिएको थियो ।
बंशावलीमा रामेछाप जिल्ला मुल थलो भई अन्यत्र बसोवास गरेका सुबेदी बन्धुहरुको नामावली संकलन गरी सुबेदी का पुर्खाहरुको बारेमा उल्लेख गरिएको छ ।
माधब प्रसाद सुबेदीको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा, खगेन्द्र सुवेदी, मुकुन्द राज सुवेदी, गोकर्ण सुवेदी, बेद बहादुर सुवेदी,नरहरी सुवेदी लगाएतको उपस्थिति रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया