मन्थली,२७ असोज । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापले यही असोज ३० गते निःशुल्क मोतियाविन्दु छनौट शिविर सञ्चालन गर्ने भएको छ ।
सो केन्द्रका इन्चार्ज उमेश तामाङका अनुसार– असोज ३० गते विहान ८ बजे देखि २ बजे सम्म मोतियाबिन्दु छनौट शिविर सञ्चालन गर्ने र छनौट भएकालाई मंसिर १४ र १५ गते अप्रेशन शिविर सञ्चालन गर्ने तयारी पनि भएको छ ।

उक्त आँखा केन्द्र, तामाकोशी सेवा समिति मन्थली र मन्थली बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा उक्त शिबिर सञ्चालन हुन लागेको हो ।
सो शिविरमा एक सय भन्दा बढि आँखा परिक्षण गर्न आउने अपेक्षा गरिएको पनि इन्चार्ज तामाङले बताउनुभयो ।
विभिन्न संघ संस्था समेतको सयोगमा डेढ महिना अगाडि मात्र यस केन्द्रले निःशुल्क मोतियाविन्दुको अप्रेशन शिविर सञ्चालन गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया