
मन्थली ,२९ मङ्सिर । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य ( संघिय सांसद) को निर्वाचनमा उमेद्वार हुन नेपाली काँग्रेस रामेछापले २४ जनाको नाम सिफारिसगरेको छ । जस मध्ये प्रत्यक्ष तर्फ १० जना र समानुपातिक तर्फ १४ जनाको नाम सिफारीस गरेको हो । त्यसैगरी समानुपातिक तर्फ ५ जनाको नाम पनि सिफारीस गरेको छ ।
यसरी सिफारीस हुनेहरुमा क्रमश भरत प्रसाद चौलागाँई, बीर बहादुर तामाङ, युवराज भट्टराई, अर्जुन कुमार केशी, पूर्ण बहादुर तामाङ ( कान्छाराम), रत्न बहादुर कार्की राम कृष्ण खड्का रहनुभएको छ । त्यसैगरी जितेन्द्र कुमार मोक्तान, रत्नहरि ढुंगेल र जिवन बहादुर कार्की पनि सिफारिसमा पर्नु भएकाे छ ।
त्यसैगरी प्रतिनिधिसमा समानुपातिक तर्फ रामकुमार खड्का, मिना कुमारी कार्की , झनक बहादुर श्रेष्ठ, गंगा कुमारी अधिकारी, राम कुमारी डाँगी , गेल्जे लामा, बेदराज लामा, कुमारी हायु, विनिता खड्का, कल्पना खड्का, हिमाल दाश श्रेष्ठ, गेल्जे शेर्पा, मुक्त बहादुर महते र बलबहादुर दमाई रहनुभएको छ ।
त्यस्तैगरी राष्ट्रिय सभा तर्फ डा. सुमन कर्माचार्य, बिनोद बहादु कार्की, शिब कुमार श्रेष्ठ, आङ टावा शेर्पा र रामचन्द्र खड्का रहनुभएको छ ।
एक वटा मात्र संघिय निर्बाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्ष तर्फ एक महिला सहित तीन जना र समानुपातिक तर्फ एक महिला सहित दुई जना साथै समानुपातिक तर्फ ३ जनाको नाम सिफारीस गर्न नेपाली काँग्रेस केन्द्रीय समितिले यस अघि परिपत्र गरेको थियो ।
समानुपातिक तर्फ १४ जना मध्ये ६ जना महिलाहरु हुनुहुन्छ भने प्रत्यक्ष तर्फका १० जना भित्र १ जना पनि महिलाले आकांक्षा नराखेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काँग्रेस रामेछापका पार्टि सभापति पूर्णबाहादुर तामाङ (कान्छाराम) ले जानकारी गराउनु भएको थियाे । यसैवीच सभापति तामाङले रामेछापका पत्रकारहरुलाई उपचारमा ५० प्रतिशत छुट गरिने बताउनुभएको छ ।
काठमाण्डौ मेडिकल कलेज ( के.एम.सी ) अस्पतालमा उपचार खर्चमा ५० प्रतिशत छुट दिने घोषणा सभापति तामाङले सोमवार आयोजित उक्त अवसरमा बताउनु भएको हो ।
उहाँले रामेछाप जिल्लाका उपचारनै गर्न नसक्ने गरिब नागरिकलाई निःशुल्क उपचार गर्ने पनि बताउनुभयाे । आफुले साे अस्पतालमा रामेछापका विरामीहरुलाई उपचार खर्चमा २५ प्रतिशत छुट गर्ने ब्यवस्था निरन्तर कायम राखेको पनि बताउनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया