मन्थली,१० माघ । आर्थिक वर्ष २०८२÷८३ को दोस्रो चौमासिक अबधि सम्म रामेछाप नगरपालिका वडा नं – ७ बाट सञ्चालन भए गरेका कार्य र सेवा प्रवाहको अबस्थाको बारेमा सार्वजनिक सुनुवाई सुकाजोरमा सम्पन्न भएको छ ।
यस अबधि सम्म गर्नुपर्ने खर्च मध्ये चालु तथा पुजिगत तर्फ ९० प्रतिशत रकम खर्च भैसकेको वडा अध्यक्ष समिर काकीले कार्यक्रमका अबसरमा बताउनुभयो ।
कार्यक्रममा उपस्थित सेवा ग्राहीहरुले रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र वडा नं–७ का वडा अध्यक्ष सँग हाक्का हाक्की प्रश्न गरेका थिए ।
प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँई र वडा अध्यक्ष समिर कार्कीले सहभागिले गरेको प्रश्नको जवाफ दिनुभएको थियो ।
कार्यक्रमका सहभागिले सडक निर्माणका क्रममा आफ्नो जग्गामा झारिदिएको नालाको पानी ब्यवस्थापन गर्नुपर्ने, पशुपालक कृषहरुलाई अनुदानको ब्यवस्था हुनुपर्ने लगाएतका सुझावहरु समेत दिएका थिए ।
कार्यक्रम वडा अध्यक्ष कार्कीको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।











यो बारेमा तपाईको प्रतिकृया