Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा सडक जाम, सवारी आवगमन ठप्प, प्रशासनमा सर्बपक्षिय बैठक बस्दै

नेपाल अभियान नेपाल अभियान
२९ माघ २०८२, बुधबार
in विविध, समाचार, समाज
0
15
SHARES
Share on FacebookShare on Twitter

मन्थली, २८ माघ । रामेछापको मन्थली स्थित मन्थली अस्पताल क्षेत्र मा घाइते तथा मृतकका आफन्त ले सडक जाम गरी उक्त क्षेत्र तनाब ग्रस्त बनाएका छन् ।

हिजो मंगलबार मन्थली नपाको वडा नं ६ स्थित मसानटार नजिक भएको बस दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएका परिवारका आफन्त बस ब्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीहरूलाई सम्पर्क आउन र मृतक परवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको माग गर्दै सडक जाम गरी उक्त क्षेत्र तनाव ग्रस्त बनाएका हुन् ।

क्षतिपुर्तिको माग पुरा नहुन्जेल हिजो भएको दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको शब नवुझ्ने अडान मृतकका आफन्तहरुले राखेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मन्थलीमा तनाब भएपछि काठमाण्डौ बाट रामेछाप र ओखलढुंगाका विभिन्न स्थानका लागि छुटेका अरनिको यातायात सेवा प्रालि सबै बसहरू खुर्कोटमै रोकिएका छन् भने मन्थली हुँदै काठमाण्डौ जाने बसहरूपनि रामेछापका विभिन्न स्थानहरूमा रोकिएका छन ।
पिडितहरुले मन्थली नगरपालिका वडा नं २ भुत्याहा खोला छेउमा टिफरनै तेर्स्याएर यातायात अबरुद्ध गरेका कारण रामेछाप बाट काठमाण्डौ र काठमाण्डौबाट रामेछाप र ओखलढुंगाका विभिन्न भागहरुका लागि छुटेका बसहरु गन्तब्यमा नपुगि बाटोमै रोकिएका छन्।

उक्त दुर्घटनामा परी बस धनी लिखु तामाकोशी गाउपालिका वडा नं –४ का दिपेश बस्नेत र उनका आफ्नै भतिज दिपेन्द्र बस्नेत (काका, भतिजा) र सोहि पालिका वडा नं –७ तिल्पुङका एकै परिवारका ४ जना सहित १२ जनाको ज्यान गएको थियो । उक्त घटना प्रति रामेछापमा नेपाली काँग्रेस, नेकपा एमाले र रास्वपाले छुट्टाछुट्टै शोक विज्ञप्ती प्रकाशित गर्दै दुःख ब्यक्त गरेको छ ।

उक्त समस्यालाई समाधान गर्न जिल्ला प्रशासन कार्यालय रामेछापमा सर्वपक्षिय बैठक वसिरहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो ।

Share6Tweet4Share1

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२९ माघ २०८२, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२९ माघ २०८२, बुधबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२९ माघ २०८२, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२९ माघ २०८२, बुधबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२९ माघ २०८२, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२९ माघ २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero