मन्थली, १५ चैत । नेकपा एमाले रामेछापले आज जिल्ला प्रशासन कार्यालय मन्थलीमा ज्ञापन पत्र वुझाएको छ ।
अध्यक्ष के पी ओली लाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको विरोध गर्दै आइतवार विरोध रयाली सहित प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापालाई नेकपा एमालेका जिल्ला अध्यक्ष पुरुषोत्तम कडेरीयाले ज्ञापन पत्र बुझाउनुभएको हो ।
ज्ञापन पत्र पछि जिल्ला प्रशासन कार्यालय मुल ढोका अगाडि गरिएको कोणसभाका अबसरमा बोल्दै नेकपमा एमालेका निवर्तमान अध्यक्ष एबं वर्तमान बागमती प्रदेश सांसद आनन्दकुमार श्रेष्ठ र अध्यक्ष कडेरीयाले गैरकानुनी काम गर्ने गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालेन शाहको राजिनामा माग गर्नु भएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया