मन्थली,साउन ११ — जिल्ला प्रशासन कार्यालय रामेछापले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका सरकारी कार्यालयहरूले गरेका कामकारबाहीको समीक्षा गर्न वार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले आ–आफ्नो कार्यालयको वार्षिक प्रगति तथा उपलब्धिसहितको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि,प्रतिनिधिसभाको अर्थ समितिका सभापति एवं रामेछाप जिल्लाका संघीय सांसद डा. कृष्णहरी बुढाथोकीले प्रभावकारी सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता र विकास निर्माणका काममा गुणस्तर कायम गर्न सबै कार्यालयलाई निर्देशन दिनुभएकाे थियाे। उहाँले नागरिकको विश्वास बढ्ने गरी परिणाममुखी ढंगले काम गर्न सबै कार्यालयका कर्मचारीहरूलाई आग्रह गर्नुभयाे ।
प्रस्तुत प्रतिवेदनमाथि सरोकारवाला निकायका प्रतिनिधिहरूले टिप्पणी गर्दै सेवा प्रवाह, विकास निर्माण तथा कार्यालयहरूको कार्यसम्पादनका विषयमा सुझाव दिएका थिए। कार्यक्रममा सहभागीहरूले केही कार्यालयबाट भएका गुणस्तरहीन काम, ढिलासुस्ती तथा सेवा प्रवाहमा देखिएका समस्याबारे प्रश्न उठाउँदै सम्बन्धित कार्यालय प्रमुखसँग जवाफसमेत मागेका थिए।
कार्यक्रममा उठेका सुझाव र गुनासाहरूलाई आगामी कार्यसम्पादनमा सुधार गर्ने प्रतिबद्धता सम्बन्धित कार्यालय प्रमुखहरूले व्यक्त गरेका थिए।












यो बारेमा तपाईको प्रतिकृया