
मन्थली १३, साउन । जिल्ल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक बर्ष फौजदारी र देवानी कसुरका,१ सय १ जना फरार मध्ये पक्राउ परेकाबाट रु ३ करोड २९ लाख ५५ हजार ३ सय साठी रुपैया राजस्व संकलन गरेका छ ।
सो कुरा जिल्ला प्रहरी कार्यलय रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा सूचना अधिकारी कमल राउतले जानकारी गराउनुभएको हो ।
उहाँले गत बर्ष अत्महत्याका मुद्धाहरू बढि रहेको पनि जानकारी गराउनुभयो । झुन्डिएर आत्महत्याका ३७ र विष सेवन गरी भएको आत्महत्या १० गरी ४७ वटा वटा आत्महत्या का मुद्धा चालु आर्थिक वर्ष फच्र्यौट हुने पनि बताउनुभयो ।
सो अबसरमा बोल्दै प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले भवितब्य ज्यानमा २८ वटा र अभद्र ब्यवहार मा १७ वटा मुद्धा दर्ता भएकोमा अधिकांस फच्र्यौट भैसकेको र आत्महत्याको मुद्दाहरू भने अनुसन्धान भैरहेको बताउनुभयो ।
उहाँले जघन्य १, गम्भिर ७ र सामान्य प्रकृतिका १३९ गरी कुल १४७ वटा मुद्धा चालु आर्थिक बर्षका लागि सरेर आएको पनि बताउनु भयो । आफ्नोकार्यालय मार्फत हरेक महिना भए गरेका कामहरुको बारेमा महिनाको २ गते पत्रकारहरु माझ सार्वजनिक गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ ।












यो बारेमा तपाईको प्रतिकृया