Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राजनीति नसुध्रेसम्म सहकारीको बिकास असंम्भब–मन्त्री ढुंगेल

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ श्रावण २०७७, सोमबार
in समाचार
0
347
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जव सम्म मुलुको राजनीति सुध्रिदैन तव सम्म सहकारी क्षेत्रको बिकास पनि नहुने बताउनु भएको छ ।

सो कुरा उहाले सोमबार रामेछापको मन्थलीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)  को स्थापना दिवसका अबसरमा आयोजित बिषेष कार्यक्रम तथा मन्थली सेवा केन्द्रको कार्यलय उद्घाटन कार्यक्रमका अबसरमा बताउनु भएको हो ।

उहाँले हरेक उत्पादनलाई सहकारी सँग जोड्नेहो भने सबैखाले कृषकले फाइदा लिन सक्ने बताउनुभयो । सो अबसरमा जिल्लामा साना तथा मझौला उद्योगहरु सञ्चालन गरी स्थानीय स्तरमै पाइने कच्चा पदार्थलाई उपयोग गरेर घरेलु उत्पादन गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।

उहाले डोका डाला,थुन्से चित्रा भकारी बुन्ने, ठेकी, मदानी बनाउने हलुवावेद र बेलको जुस बनाउने जस्ता घरेलु उद्योग गर्नेहरुलाई २ प्रतिशत ब्याजमा १० लाख सम्म आफुले ऋण उपलब्ध गराउने पनि बताउनुभयो । प्रदेश सरकार गठन भएको छोटो समयमानै धेरै बिकास निर्माणका कामहरु भैरहेको बर्तमान सन्दर्भमा केहि मानिहरु सरकारले केहि गरेन भन्दै हिड्नु त्यो मूर्खता रहेको बताउनु भयो ।

नेफ्स्कुनका बागमति प्रदेश महासचिब जिबसराज खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा मन्थलीस्थित देवकोटा चोकमा स्थापना गरिएको सेवा कार्यालयको रिबन काटेर  र ब्यानर अनावरण गरेर उहाले  उद्घाटन गर्नु भएको थियो ।

सो अबसरमा मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले अझै पनि झोलामा राखेर सहकारी चलाउनेहरु र सहकारी माफियाहरु रहेकाले उनीहरुको पहिचाहन गरी कडा कारवाहि गर्न  नेफ्स्कुनले सहयोग गर्नुपर्ने बताउनुभयो । सहकारीबाट ऋण लैजाने शेयर सदस्यहरुले ऋणको सहि सदुपयोग नगर्ने गरेकोले अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्न रोक्नु पर्ने कुरालाई जोड दिनुभयो ।

कार्यक्रमका अबसरमा जिल्ला सहकारी संघ सिन्धुलीकी अध्यक्ष वाल कुमारी श्रेष्ठ, रामेछापका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरे, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल लगाएतले आ आफ्नो मन्तब्य राख्दै कार्यालय स्थापनाले जिल्लाको सहकारीको बिकासका लागि योगदान दिने अपेक्षा गरेका थिए । मन्थलीमा स्थापना गरिको कार्यालय देशभर रहेका सेवा कार्यालय मध्ये २८ औ कार्यालयका रुपमा रहेको र चालु आर्थिक बर्ष भित्र ३५ वटा कार्यालय स्थापना गरिसक्ने लक्ष रहेको कार्यक्रमका अध्यक्ष खड्काले बताउनुभयो ।

सो अबवरमा नेप्mस्कुनको काम कर्तब्य अधिकार का बारेमा सहभागिहरुलाई जानकारी गराउनुका साथै हाल सम्म १७ अर्ब ७९ करोड १८ लाख  सम्पति नेफ्स्कुनको रहेको बताइएको थियो ।

मन्त्री द्धारा मन्थलीका बिभिन्न संस्थाहरु निरिक्षण

यसैबिच अर्थिक मामिला तथा योजना मन्त्रीले रामेछापका बिभिन्न संस्थाहरुको निरिक्षण गर्नु भएको छ ।

सोमवार उहाले शहकारी को कार्यक्रम पछि तामाकोशी सेवा समिति परिसर भित्र रहेका तामाकोशी अस्पताल,मन्थली बचत,तामाकोशी पुस्तकालय तथा सामुदायिक आँखा केन्द्र र रामेछाप पोलिटेक्निकल इन्स्टिच्यूट समेतको निरीक्षण गर्नु भएको हो ।

निरिक्षणका क्रममा अस्पताल सञ्चालनार्थ रु २५ लाख चालु आर्थिक बर्षमा तामाकोशी अस्पताललाई उपलब्ध गराउने प्रतिबता गर्नु भएको छ ।

रामेछाप पोलिटेक्निकल इन्स्टिच्यूट को निरीक्षण पछिको कार्यक्रममा बोल्दै उहाले अरु शिक्षा भन्दा प्राबिधिक शिक्षाले मानिसलाई कहिल्यै बेरोजगारी नवनाउने बताउनुभयो । उहाले इन्स्टिच्यूट स्थापनाका लागि आफ्नो पनि योगदान रहेको भन्दै अझैपनि यस संस्थाका लागि आबश्यक पर्ने सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।

आफुले प्रदेश बाट बिनियोजन गरिदिएको रकमले जिल्लाका अधिकांस ठाउका बाटाहरु कालोपत्रे भैरहदा १० लाख को मालिक १० करोडको धनि हुन लागेको बताउनु भयो ।

कार्यक्रमका अबसरमा बोल्दै मन्थली क्याम्पसका पूर्ब प्रमुख गुञ्जबहादुर श्रेष्ठले पोलिटेक्निकल इन्स्टिच्यूट ल्याउन र जोगाएर राख्न गर्नुपरेको मेहनत र हैरानीका बारेमा स्मरण गराउनु भयो । उहाले यो इन्स्टिच्यूटको महत्व नबुझ्नेहरु अझैपनि यसको  बिरोध मा लागेकोमा चिन्ता ब्यक्त गनुभयो ।

सो अबसरमा बोल्दै  रामेछाप पोलिटेक्निकल इन्स्टिच्यूट का प्रमुख हरि पौडेले इन्स्टिच्यूटले हाल सम्म गरेको गतिबिधि, अब गर्नुपर्ने काम, चुनौति र आबश्यक बस्तु तथा सेवाको बारेमा जानकारी गराउनु भयो ।

उहाले हाल इन्स्टिच्यूट  मार्फत डिप्लोमा तह कृषि बालि बिज्ञान र पशुबिज्ञान सञ्चालन भैरहेको,जसका लागि प्रयोगशाला,फार्म,पुस्तकालय र अध्ययन कक्ष, छात्रावास र खेलकुद मैदान भएपनि त्यतिले मात्र संस्था सञ्चालनका लागि नपुगिरहेको बताउनुभयो । उहाले खानेपानी र सिंचाइको सुबिधा,कम्पाउण्डको घेरावार, प्रयोगात्मक अभ्यासकालागि आधुनिक गोठहरु, क्यान्टीन पार्किङस्थल जस्ता चिजहरु अत्यावश्यक भएको बताउनु भएको थियो ।

 

Share236Tweet46Share13

Related Posts

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२६ श्रावण २०७७, सोमबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२६ श्रावण २०७७, सोमबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२६ श्रावण २०७७, सोमबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२६ श्रावण २०७७, सोमबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२६ श्रावण २०७७, सोमबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२६ श्रावण २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero