Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सेवा केन्द्रहरू सञ्चालनमा जिल्ला आयुर्वेदको तिव्रता

बद्री नयाँघरे बद्री नयाँघरे
१६ माघ २०७७, शुक्रबार
in समाचार, स्वास्थ्य
0
94
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १६ माघ । नेपाल सरकारको निरोगी नेपाल वनाउने अभियान अन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले आफ्ना सेवा केन्द्रहरू धमाधम स्थापना गरिरहेको छ ।
केन्द्रहरु स्थापना गर्ने क्रममा शुक्रवार खाँडादेवी गाँउपालिकाको वडा नं–८ गागल भदौरेमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो ।
नव निर्मित भवनमा स्थापना गरिएको उक्त केन्द्रको उद्घाटन वागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले एक समारोहका विच गर्नुभएको थियो ।

वडा अध्यक्ष इन्द्र बहादुर तमाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले नेपालमा अव रोगी मानिसहरू नरहुन् भन्ने उद्देश्यका साथ सरकाले निरोगी नेपाल बनाउने अभियान थालेको बताउनुभयो । उहाँले प्रदेश सरकारकै आर्थिक सहयोगमा नव निर्मित सामुदायिक स्वास्थ्य केन्द्र भवनमा आरोग्य सेवा केन्द्र पनि सञ्चालन गर्न पाउनु स्थानीयलाई दोहोरो फाइदा भएको वताउनुभयो । नयाँ नेपाल निर्माणको अभियानमा जुटेको वर्तमान सरकारले योग र आयुर्वेद सेवालाई पनि गाउँ गाउँमा पुर्याउन लागेको बताउनु भयो । नियमित योग अभ्यास र आयुर्वेद उपचारले मानिसलाई अनुशासित र निरोगी जीवन विताउन सिकाउने भएकोले पनि यसको विस्तारलाई सरकारले प्राथमिकतामा राखेको पनि मन्त्री ढुंगेलले बताउनुभयो ।
प्रदेश सरकारको अगुवाईमा संचालनमा ल्याईएको उक्त नागरिक केन्द्रबाट संचालित सवै खालका सेवा हरु मानव स्वास्थका लागि लाभदायक र निशुल्क हुने भएकोले पनि यसको प्रयोगमा लाग्न नागरिकहरुलाई मन्त्री ढुंगेलले आग्रह गर्नुभयो । कार्यालयको साईनबोर्डको अनावरण गरेर उक्त केन्द्रको उद्घाटन गरिएको थियो । मन्त्री ढुंगेलले योगअभ्यास र आर्युेबेद उपाचारलाई सरकारले क्रमश सबै पालिका र वडा सम्म संचालन गर्न लागेको बताउनुभयो ।


कार्यक्रमका अवसमा आयोजका तर्फवाट सहभागिलाई स्वागत गर्दे जिल्ला आयुर्वेद कार्यालय रामेछापका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले आयुर्वेद कार्यालयले जिल्ला स्तरमा दिंदै आएको सेवा सुविधा र नागरिक आरोग्य सेवा केन्द्रले पालिका स्तरमा दिने सेवाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
सो क्रममा प्रमुख गिरीले सरकारले गत बर्षको नीति तथा कार्यक्रममा ब्यवस्था गरे अनुसार यो महिना मात्र खाँडादेवीको गागल वाहेक रामेछाप नगरपालिका वडा नं –७ को सुकाजोर र सुनापति गाउँपालिका बडा नं–४ बेथानको जोरधारा स्वास्थ चौकीमा कार्यालय रहने गरी सेवा सञ्चालनमा ल्याईसकेको जानकारी गराउनुभयो । उहाले सेवालाई थप प्रभावकारी बनाउन कार्यालयलाई पर्याप्त जमिन र भवनको अभावमा सेवा सञ्चालनमा समेत कठिनाई भईरहेको वर्तमान अवस्थामा कार्यालय संगैको जग्गा कार्यालयले भोगाधिकार गर्ने गरी प्रकृया अघि बढि सकेको पनि वताउनुभयो
सो अवसरमा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले गाँउमै आएको यो केन्द्रवाट स्थानीयले पर्याप्त रुपमा आयुर्वेर्दिक सेवा लिन आग्रह गर्नुभयो । उहाँले गाउँमा सर्बसाधारणका लागि ल्याएको कार्यक्रम बरदान सावित हुने भन्दै योग र आयुर्वेद सेवा लाई घर घरमा पुर्याउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रमका अवसरमा भवन निर्माणका लागि १ रोपनी निःशुल्क जग्गा दान दिने जग्गादाता उदय वहादुर भण्डारीलाई सम्मान गरिएको थियो भने उहाका छोरा कुमार भण्डारीले मन्तब्य राख्दै सबैले स्वस्थ्य उपचार सेवा गाउमा सर्बसुलभ ढंगबाट प्राप्त गरुन भन्ने उद्देश्यले आफुहरुले निःशुल्क जग्गा दिएको वताउनुभयो ।
जिल्ला अयुर्वेद स्वास्थ्य केन्द्रले यस अघि सुनापति गाँउपालिकाको वेथानमा र रामेछाप नगरपालिकाको सुकाजोर र आज वाट सुरुवात भएको यो सहित ३ वटै केन्द्रहरुमा ३\३ जना कर्मचारीहरु वसेर अयुर्वेर्दिक सेवा र योग सेवा प्रवाह गरिने जिल्ला अयुर्वेद स्वास्थ्य केन्द्र रामेछापका सूचना अधिकारी दिपक कार्कीले वताउनुभयो ।

Share38Tweet24Share7

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ माघ २०७७, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ माघ २०७७, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ माघ २०७७, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ माघ २०७७, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ माघ २०७७, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१६ माघ २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero