Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सबैले रुचाएका एम्बुलेन्स चालक

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२७ मंसिर २०७८, सोमबार
in समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
618
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२७ मङ्सिर ।“बेलामा उपचार नपाएर अकालमा कोहि मन्छे मर्नु नपरोस”भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै र एम्बुलेन्स चालक पेशा होइन सेवा हो भन्ने भावलाई आदर्श मान्दै आफ्नो कर्ममा लगनशिल ब्यक्ति हुन् –अर्जुन खड्का । उनी आफुले बिरामी ल्याउने लैजाने काम गर्न पाउदा आफ्नो कर्तब्य र जिम्मेवारी ठान्छन ।

अरु एम्बुलेन्स चालकहरु ढाट्ने छल्ने र द्रुत गतिमा कुदाउने ,गाडिको माया नगर्ने, आर्थिक हिनामिना गर्ने गर्छन् तर उनी कहिल्यै तेसो गर्दैनन् । लकडाउनका बेला कोभिडको बिरामी र संकलन गरिएका स्वाब लैजान अरु एम्बुलेन्सलाई दवाब दिएर वा पालो लगाएर पठाउनु पर्थ्यो तर यिनलाई कहिल्यै दबाव दिनु परेन, कोभिडका बिरामी ओसार पसार गर्न पाउदा उनी खुसी मान्थे र मेरो जिम्मेवारी हो भन्ने ठान्थे ।

भर्खरै नगरपालिकाको स्थापना दिवसका अबसरमा उनको कामको मुल्याङकन गर्दै नगरपालिकाले उनलाई सम्मान गरेको छ । खड्काको काम र इमान्दारीता असाध्यै मन परेपछि आफुले नगरपालिकाको स्थापना दिवसको अबसर पारेर उनलाई सम्मान गरेको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत बताउनुहुन्छ ।
बिभिन्न बिधामा सम्मानित भएका अन्य ब्यक्तीहरु मध्ये यिनलाई सम्मानित गरेको प्रति सबैले नगरपालिकाले सहि मुल्याङकन गर्यो भनेर खुसी ब्यक्त गरेका छन् । किनकी यीनले समुदाय सँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छन् ।
खड्का समस्या र समाधानका लागि खुलेको रामेछाप सहयोगी मनहरु (रासम) को समुहमा पनि आबद्ध छन्, उनी सँग सेवा लिनु पर्यो भने कि रासमको समुहमा आफ्नो समस्याका बारेमा म्यासेज लेख्ने कि खड्कालाई ९८६१५९३७१५ मा सम्पर्क गर्ने गर्यो भने उनले तत्काल रेसपोन्स गर्छन र लगाएको काम गरिहाल्छन । बिरामी ओसार पसार गरे बापदतको भाडा असुल गरेर इमान्दार रुपमा सम्बन्धित निकायमा बुझाउछन्,गाडि माया गरेर हाक्छन्,बिरामीको अबस्था अनुसार गाडि कुदाउछन यात्रा अबधिभर बिरामीको आफन्तले जे–जे भन्यो त्यो मान्छन,एम्बुलेन्सलाई जतिखेर पनि तयारी अबस्थामा राख्छन, भोक, निन्द्रा, आधारात उनी केही भन्दैनन्, बिहान, दिउसो वा राति जतिखेर पनि उनी बिरामीको स्याहारमा तयार भैहाल्छन । खड्काको यो ब्यवहारले नरपालिकाको शिर उचो पारेको छ । त्यस मध्येमा पनि नगर प्रमुखले गरेको एम्बुलेन्स ब्यवस्थापन र छनौट गरेको चालकको निक्कै प्रशंसा नगरवासीहरुले गरेका छन् । कहिलेकाहि बिरामी बोकिँरहदा मोवाइलको चार्ज सकिएर स्वीच अफ हुने समस्याले उनलाई पिरोलिहरको छ । तेहि बेलामा एम्बुलेन्स चाहियो भनेर मलाई खबर आउदा मेरो मोवाइल स्वीच अफ भएको जानकारी विरामीको आफन्तले पाउदा मैले दिने सेवामा प्रभाव परिहाल्छ नि , उनीभन्छन– “मोवाइल चार्ज हुने ब्यवस्था एम्बुलेन्समै भैदिए हुन्थ्यो ।”

जिल्लामा झण्डै तीन दर्जन एम्बुलेन्सहरु छन् तर समस्या परेको बेलामा अर्जुन जिल्लामा छैनन् भने कुनै एम्बुलेन्स नपाइने गरेको तितो यथार्थ भोग्नुपरेको बिरामीका आफन्तहरु सुनाउछन् । उमेरले भर्खर २३ बशन्त पार गरेका खड्का मन्थली नगरपालिका वडा नं–३ का स्थायी बासिन्दा हुन् । ४ बर्ष अघि देखि हल्का सवारी साधनको अनुमति पत्र लिएर भाडाको सुमो चलाउने गरेका खड्का एक बर्ष अघि बाट मात्र मन्थली नगरपालिकाको एम्बुलेन्स चालकका रुपमा काम गर्न थालेका थिए । कुनै दिन आफुले २४ घण्टामा ३ पटक विरामी काठमाण्डौ लगेको अनुभव पनि उनी सुनाउछन् । उनका बारेमा सहयोगी मनका धनि जयराम मानन्धर भन्छन्–“यस्तो इमान्दारिता पुर्बक काम गर्ने एम्बुलेन्स चालक खड्कालाई नगरपलिकाले मात्र हैन देवकोटा चोकमा नागरिकहरुले पनि अभिनन्दन गर्न जरुरी छ ।
त्यसैगरी उपभोक्ता मञ्चका अधिकार कर्मी एकं रेडक्रस कर्मी नविन कार्की पनि उनको कामलाई प्रशंसा गर्छन । उनी भन्छन– “मैले धेरै सवारी चालकहरु सँग संगत गरेको छुु,तर अर्जुन जस्तो असल र इमान्दार सवारी चालक मैले अहिले सम्मनै भेटेको छैन ।

एम्बुलेन्स चालक मध्ये इमान्दार ब्यक्तिका रुपमा चिनिएका खड्का मन्थली नगरपालिका द्धारा सञ्चालित प्रदेश ३–०१–०२३ च ०४०२ नंम्बरको एम्बुलेन्स चलाउछन् । खड्का पछि मलागिरी बिकास केन्द्र द्धारा सञ्चालित एम्बुलेन्स चालक पनि आफ्नो कर्तब्यमा दत्त चित्त भएर लाग्ने एम्बुलेन्स चालक हुन भन्ने एम्बुलेन्सवाट सेवालिनेहरु बताउछन ।
गत बर्ष जिल्ला प्रहरी कार्यालयका केहि प्रहरीहरुलाई कोरोना लागेर अस्पताल लैजानु पर्ने अबस्था भएपछि जिल्लामा भएका कुनै पनि एम्बुलेन्स उपलब्ध हुन नसकेका कारण तत्कालिन प्रजिअ र प्रहरी नायव उपरिक्षक बैठकमै भाब बिह्वल हुनु परेको थियो । त्यस बेला नगरपालिकाको एम्बुलेन्स बिग्रिएको थियो ।

अर्जुन जस्ता कम्तिमा पनि ५ जना एम्बुलेन्स चालक हुने हो भने कसैले पनि बेलामा उपचार नपाएर मर्नु पर्ने अबस्था नरहेको सहयोगी मनका धनि बिपिन भट्टराई बताउनु हुन्छ । जिल्लामा भएका एम्बुलेन्सलाई एकिकृत गरी त्यसको परिचालनको जिम्मेवारी छुट्टै समितिलाई नदिउन्जेल सम्म समस्या समाधान हुन संम्भव नहुने पनि भट्टराईको तर्क छ । अर्जुन खड्का जस्ता एम्बुलेन्स चालक सायद कुनै जिल्लामा पनि नहोलान भन्ने उहाँको आँकलन छ ।

Share247Tweet155Share43

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

२७ मंसिर २०७८, सोमबार
तालिम सुरु
समाचार

तालिम सुरु

२७ मंसिर २०७८, सोमबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२७ मंसिर २०७८, सोमबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२७ मंसिर २०७८, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२७ मंसिर २०७८, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२७ मंसिर २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.