Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बिद्युत सेवा अनियमित भएको भन्दै कार्यालयमा डेलिगेसन

नेपाल अभियान नेपाल अभियान
२३ असार २०७९, बिहीबार
in आधारभूत, देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
104
SHARES
Share on FacebookShare on Twitter


रामेछाप — नियमित रुपमा विद्युत् सेवामा समस्या आएपछि मन्थलीका नागरिक संस्थाका अगुवा र ब्यवसायीहरुले बिद्युत प्रधिकरणमा डेलिगेसन गएका छन् । विद्युत सेवामा भएको अनियमिता संगै उद्योग तथा कल कार्खाना र कार्यालयको दैनिक काममा समस्या भएपछि हैरान भएका उपभोक्ताहरुले समस्याका बारेमा विहिबार कार्यालय प्रमुख कृष्णहरी दाहाललाई भेट गरि समस्याको बारेमा जानकारी गराएका हुन् ।
नियमित विद्युत सेवामा पुगेको अबरोध संगै दिनमा दजनौ पटक सम्म विद्युत जान थालेपछि हैरानीमा परेका उद्यमी,ब्यवसायी, संचारकर्मी र नागरिक संस्थाका अगुवाहरुले पेशा व्यवसायीले प्राधिकरण पुगेर कार्यालय प्रमुखलाई भेट गरि तत्काल समस्या समाधान गर्न आग्रह गरेका थिए । सबै खालका उपभोक्ताका समस्या लिएर प्राधिकरणमा पुगेका अगुवाहरुले विद्युतमा पुगेको अबरोधका भएको सबै समस्याका बारेमा जानकारी गराएका थिए ।
रामेछापमा महिनौ देखि विद्युत सेवा अनियमित हुदै आएको छ । विद्युत पटक पटक जाने आउने गर्दा अस्पताल, संचार माध्यम, पेशा व्यवसाय र सरकारी कार्यालयले सम्पादन गर्ने सेवा समेत प्रभावित हुन थालेका छन् । अत्याधिक गर्मी हुने मन्थलीमा विद्युत जादा जनजिवन समेत कष्टकर बन्न थालेको छ ।
डेलिगेसनका अगुवा एबं तामाकोशि अस्पतालका अध्यक्ष गोविन्द घिमिरेले विद्युत सेवामा आएको अबरोधका कारण मिर्गौला रोगीका लागि दिइँदै आएको डायलसिस सेवा अवरुद्ध हुन थालेको र केन्द्रमा अहिले १७ जना नियमित डायलसिस गराउने बिरामी र अन्य विरामी समेत प्रभावित भएको बताए । उनले भने जेनेरेटर चलाएर काम गर्न नसक्ने अबस्थामा अस्पताल पुगि सकेको छ ।
सिन्धुली र दोलखा तर्फबाट ल्याइएका ३३ केभि प्रशारण लाईन दुवै भरपर्दा नभएकोर लाईनमा पर्नै रुख विरुवा र तिनका हाँगा विंगा अनि वर्षादका कारण पनिे विद्युत जाने आउने भइरहेको नेपाल विद्युत प्राधिकरणका रामेछाप वितरण केन्द्र प्रमुख कृष्णहरी दाहालले टोली लाई जानकारी गराएका थिए ।
उनले यस बारेमा कार्यालय जानकार रहेको भन्दै जति सक्दो चाँडो समस्या समाधान गर्न कार्यालय तयार रहेको जानकारी पनि सो अबसरमा गराएका थिए ।
गर्मी मौसममा मन्थली त्यसै पनि विद्युत्बिना बस्न सकिँदैन; त्यसमाथि आम ब्यवसायी सरकारी र अन्य कार्यालयका सेवा विद्युत्सँग सम्बन्धित रहेको हुँदा सर्वसाधारणले भनेको बेलामा सेवा पाउन छाडेका छन् । सबै कार्यालयमा वैकल्पिक विद्युत्को व्यवस्था छैन । यो अबस्थाको भोगाई सहन नसकेपछि आफुहरु कार्यालयमा डेलिगेसन आउन बाध्य भएको रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब घिमिरेले बताए ।
अर्का अगुवा मन्थली खानेपानी उपभोक्ता समितिका अध्यक्ष पुर्ण सुवेदीले विद्युत सेवा अनियमित भएकै कारण २ महिनाको विचमा समितिको ३० लाग भन्दा बढिको सामान पड्किएर नष्ट भएको भन्दै प्रमुख संग आक्रोस पोखेका थिए ।

Share42Tweet26Share7

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ असार २०७९, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२३ असार २०७९, बिहीबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२३ असार २०७९, बिहीबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२३ असार २०७९, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२३ असार २०७९, बिहीबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२३ असार २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero