Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको जुनारको गुणस्तरीयतामा बृद्धि, बगैचाबाटै विक्रिहुन थाल्यो

superadmin superadmin
२६ मंसिर २०७९, सोमबार
in कृषि, देश, पर्यटन, प्रदेश नं ३, विविध, समाचार, समाज
0
86
SHARES
Share on FacebookShare on Twitter


जुनारको उत्पादनमा बढेको गुणस्तिरियता संग उत्पादित बस्तुले स्थानिय स्तरमा बजार पाउन थालेपछि रामेछापका जुनार कृषकहरु उत्साहित भएका छन् । केहि बर्ष अघि सम्म जुनार बगैचामा लागेको औंसाका कारण ब्यवसाय बाट निरासा बनेका जुनार कृषकहरु उक्त रोगको निराकरण पछिको उत्पादन वृद्धि र गुणस्तरियतामा समेत सुधार आएसँगै राम्रो आम्दानी हुन थालेपछि उत्साहित बनेका हुन ।
सम्भावित जुनार र सुन्तला जातको उत्पादनलाई स्थानिय कृषकहरुले ब्यवसाय संग जोडेर राम्रो आम्दानी गर्न सक्ने सम्भाबनालाई मध्य नजर राखी नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत जिल्लाको जुनार जोनको शिर्षकमा परियोजनानै संचालन गर्दे आएको छ । परियोजनाले ब्यवसायिक जुनारको सम्बद्र्धन र प्रर्बद्धनको क्षेत्रमा काम गर्न थालेपछि हौसिएका जुनार कृषकहरुको उत्पादनमा समेत बृद्धि भए पछि उनिहरुको आय आर्जनमा समेत बृद्धि भएको छ ।
परियोजना संगै स्थानिय सरकारले पनि केहि मात्रमा गरेको सहयोगले उत्पादनमा बृद्धि हुनुका साथै जुनारको गुणस्तरमा पनि सुधार भएको किसानहरुको भनाई रहेको छ । उत्पादनमा भएको बृद्धि र गुणस्तरियतामा आएको सुधार संगै जुनार खरिदका लागि बाहिरका मानिसहरु त्यस ठाउँमा पुग्ने गरेको रामेछाप ६ ओखे्रनीका अगुवा कृषक शेर बहादुर तामाङ्ग बताउनुहुन्छ ।
जुनार उत्पादनको क्षेत्रमा जिल्लामा अब्बल मानिएको रामेछाप नगरपालीका ओख्रेनीको गाईटार,पुरानागाउँ,शुकाजोर,भालुखोप लगायतका क्षेत्रमा गरिदै आएको ब्यवसायीक जुनार खेतिले बजार पाउन थालेको भएपनि यसले आफनो छुट्टै पहिचान बनाउन नसकेकोमा भने कृषकहरु दुखित छन ्। यसको लागि उनिहरुले सरकारी सहयोगकै भुमिका कमि रहेको आरोप लगाउने गरेका छन् ।
रामेछाप जिल्लाको जुनार सिन्धुलीको भनेर बिक्री भइरहेको भन्दै जुनार किसानले गुनासो गरेका छन् । आख्रेनीका जुनार किसानले रामेछापको जुनारलाइ सिन्धुलीको बजारमा सिन्धुलीको जुनार भनेर बिक्री गरिरहेकोले पनि आफुहरुलाई समस्या परेको उनिहरुको आरोप रहेको छ ।
रामेछाप नगरपालिका ६ आख्रेनीको गाइटारमा लामो समयदेखी जुनार खेति गर्दै आएका किसान धन बहादुर तामाङले गाइटारमा फलेको जुनार सिन्धुलीको विभिन्न बजार केन्द्रमा सिन्धुलीको जुनार भनेर बिक्री गरेको आरोप लगाउनु भयो । रामेछापमा उत्पादन भएका जुनारको मूख्य बजार नै काठमाडौ सिन्धुलीको खुर्कौट लगाएतका विभिन्न बजार केन्द्रहरु भएको अर्का जुनार किसान हिमाल तामाङ्गले बताउनु भयो ।
उहाँका अनुसार रामेछापको जुनार भनेर चिनाउन नसकेकै कारण व्यापारीले रामेछापको जुनारलाइ सहजै सिन्धुलीको भनेर विक्री गरेको बताए । त्यसैगरि रामेछापको जुनार भनेर प्रचार नभएका कारण पनि उत्पादन रामेछापको प्रचार सिन्धुली भएको किसान तामाङले गुनासो गर्नु भयो ।
अहिले जुनार र सुन्तलालाईनै मुख्य ब्यवसाय बनाएर काम गर्ने हरुको संख्या ओख्रेनीमा निकै बढेको छ । फलबाट राम्रो आम्दानी हुने र नेपाल सरकारले पनि ब्यवसायीक रुपमा काम गर्दे आएका हरुको हकमा विभिन्न शिर्षकमा अनुदान दिन थालेपछि कृषकहरुको संख्यामा समेत एकाएक बृद्धि भएको अनुभब पनि कृषक हिमाल तामाङ्गको रहेको छ ।
प्रधानमन्त्रि कृषी आधुनिकिकरण परियोजना इकाई रामेछाप प्रमुख थिरलाल गैरेले त्यसका लागि परियोजनाले गर्दे आएको कामको सरहना पनि गर्नु भयो । उहाँले भन्नु भयो परियोजनाले गुणस्तरिय जुनारको बर्गिकरण गर्नु जरुरी भएकोले प्याकेजिङ र प्रचारका लागि सबै पक्षको सहयोग आबश्यक पर्ने गैरेको भनाई रहेको छ । त्यस्तै जुनारलाइ बेमौसौममा पनि बिक्री गरेर प्रयाप्त आम्दानीका लागि मिनि चिस्यान केन्द्र समेत संचालनमा आईसकेको छ ।
जुनारको गुणस्तरीयता बृद्धि संगै रामेछापको जुनार विश्व बजारमा लान सकिने अबस्थामा पुगेको पनि गैरेले जानकारी दिनु भयो । तर कृषकहरुले रामेछापको जुनार भनेर चिनाउन र गुणस्तर मापन गरेर प्याकेजिङ गर्न नसक्दा भने बजारमा यसले गलत प्रचार पाएको पनि उहाँको भनाई रहेको छ ।
रामेछाप ६ आख्रेनीमा ४० –५० घरधुरी भन्दा बढी किसानले जुनारखेतीबाट नै जिविकोपार्जन गर्ने गरेका छन् । त्यहाका किसानले जुनार बिक्री गरेरै ५० हजार देखि १५ लाख सम्म आम्दानी गर्ने गरेकाछन । गुणस्तरीय जुनार सिजनका समयमा प्रति केजी ४५ देखी ८५ रुपैया सम्म विक्री हुने भएको र वाँकी जुनारको हकमा भने यातायातको साधनले बजार सम्म लैजाने गरेको छ । जसका कारण ओख्रेनीका अधिकांश किसानले जुनार खेतिबाट नै आफनो जिविकोपार्जन गदै आएका छन् ।

Share34Tweet22Share6

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२६ मंसिर २०७९, सोमबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२६ मंसिर २०७९, सोमबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२६ मंसिर २०७९, सोमबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

२६ मंसिर २०७९, सोमबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

२६ मंसिर २०७९, सोमबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२६ मंसिर २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero