Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिकाको ओख्रेनीमा मिनी कोल्ड स्टोर निर्माण

नेपाल अभियान नेपाल अभियान
१६ चैत्र २०८०, शुक्रबार
in कृषि, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, १६ चैत । रामेछापको रामेछाप नगरपालिका वडा नं –६ ओख्रेनीमा मिनी कोल्ड स्टोर निर्माण गरिएको छ ।


ओख्रेनीका जुनार कृषकलाई लक्षित गरी मिनी कोल्ड स्टोर निर्माण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ रामेछापको जुनार जोन कार्यक्रम अन्तरगत १० लाख अनुदान र स्थानीय कृषक जागरण कृषि सहकारी संस्था लिमिटेडको ३ लाख ४० हजार गरी १३ लाख ४० हजार रुपैयाँको लागतमा उक्त स्टोर निर्माण गरिएको हो ।
उक्त मिनी कोल्ड स्टोर(कोल्ड च्याम्बर) निर्माणको लागतको शुक्रवार सार्वजनिक सुनुवाइ सहित उद्घाटन गरिएको छ । रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेले उक्त मिनी कोल्ड स्टोरको उद्घाटन गर्नुभएको हो ।
कोल्ड स्टोर उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले रामेछापलाई जुनारको जिल्लाका रूपमा परिचित बनाउन ठुलो योगदान गर्ने ओख्रेनीका जुनार कृषकका लागि कोल्ड स्टोर निर्माण हुनु धेरै खुसीको कुरा भएको बताउनुभयो । उहाले कोल्ड स्टोरको अभावमा बजार नपाउने डरले सस्तो मूल्यमा जुनार बेचिरहेका किसानहरूलाई यसले राहत पुग्ने बताउनुभयो ।
नव निर्मित कोल्ड स्टोरको दिगो रूपमा सञ्चालन तथा व्यवस्थापनका लागि स्थानीय सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले कोल्ड स्टोरमा लाग्ने विद्युत् शुल्कलाई सहुलियतपूर्ण बनाउनका लागि स्थानीय सरकार लागिपर्ने बताउनुभयो । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले कोल्ड स्टोर बनेसँगै साउन भदौमै सस्तो मूल्यमा जुनार बेच्नुपर्ने किसानको बाध्यता अन्त्य हुने बताउनुभयो । अब ओख्रेनीमा उत्पादन भएको जुनारको ब्रान्डिङ प्याकेजीङ र लेव गरी मूल्य निर्धारण गर्न आवश्यक रहेको उहाँले बताउनुभायो । उहाले भन्नुभयो ओख्रेनीका जुनार बिक्रीका लागि नगरपालिकाले बजार खोजिदिने भएकोले सके सम्म धेरै जुनार उत्पादन गर्न किसानहरुलाई अनुरोध गर्नु भयो ।
कार्यक्रमका अवसरमा बोल्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले रामेछापको जुनारलाई वर्ष भरिनै बजारमा ब्रान्ड कायम गर्न सुरक्षित भण्डारका लागि मिनी कोल्ड स्टोर(कोल्ड च्यामबर) निर्माण बताउनुभयो । किसानको माग अनुसार आधुनिक मिनी कोल्ड स्टोर निर्माण गरी ओख्रेनीका किसानले उत्पादन गरेको जुनारलाई बेमौसममा समेत बजार पु¥याइने उहाँको भनाइ छ ।
प्रमुख गैरेले नव निर्मित मिनी कोल्ड स्टोरको ६ मेट्रिक टन फलफूल तथा तरकारी जन्य उत्पादन भण्डारण गर्ने क्षमता रहेको बताउनुभयो । सिजनमा यो कोल्ड स्टोरमा भण्डार गरेको जुनार बेमौसम ६० प्रतिशतसम्म मूल्य वृद्धिमा बिक्री गर्न सकिने उहाँको भनाइ छ । किसानको माग अनुसार रामेछाप नगरपालिका–६ ओख्रेनीका विभिन्न स्थानमा अझै थप तीन वटा कोल्ड स्टोर निर्माण हुने उहाँले बताउनुभयो । रामेछाप नगरपालिकाको १२ लाख र परियोजना कार्यान्वयन एकाइ रामेछापको १० लाख साझेदारी सहित २५ लाख लागतको १२ मेट्रिक टन क्षमता भएको र परियोजनाको ७ लाख ५० हजार अनुदानमा १० लाख २० हजार लागतका दुई वटा ६ मेट्रिक टन क्षमताको दुई वटा कोल्ड स्टोर पनि यो वर्ष नै आख्रेनीमा निर्माण हुने उहाँले बताउनुभयो ।
रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीका वडा अध्यक्ष राजेश तामाङले रामेछापको जुनार उत्पादनको अव ओख्रेनीका जुनार कृषकको माग अनुसार मिनी कोल्ड स्टोर निर्माण हुनु राम्रो कुरा भएको बताउनुभयो ।
उक्त कार्यक्रमको अबसरमा बोल्दै अध्यक्ष तामाङले यसले ओख्रेनीका जुनार उत्पादक किसानको जुनारबाट हुने आम्दानी बढाउन सहयोग पुग्ने बताउनुभयो । कृषक जागरण कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक पदम बहादुर तामाङले ओख्रेनीका ३० घर परिवार जुनार उत्पादक कृषक लाभान्वित हुने गरी कोल्ड स्टोर निर्माण गरिएको बताउनुभयो । कोल्ड स्टोर बनेसँगै अब ओख्रेनीका किसानले उत्पादन गरेको जुनार बेमौसममा पनि सहज रूपमा बजारमा पुग्ने उहाँको भनाइ थियो । जुनार उत्पादन हुने मौसम कार्तिक मङ्सिर महिनामा बढीमा ५० रुपैयाँ किलोमा बेच्न बाध्य यहाँका कृषकलाई अब कोल्ड स्टोरमा राखेर चैत वैशाखमा प्रति केजी १५० रुपैयाँसम्ममा बिक्री गर्न सक्ने उहाँको भनाइ छ ।

Share18Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१६ चैत्र २०८०, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ चैत्र २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ चैत्र २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ चैत्र २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१६ चैत्र २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१६ चैत्र २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero