Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा कृषि तथा लघु उद्यम प्रर्दशनिको उद्घाटन 

नेपाल अभियान नेपाल अभियान
१६ पुष २०८१, मंगलवार
in कृषि, देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
38
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १६पुस ।   मन्थली नगरपालिकाले  आजबाट सदरमुकाम मन्थलीमा नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको आरम्भ  गरेको छ । नगरपालिकाले मङ्गलवार औपचारिक रूपमा आयोजना गरिएको  उक्त मेला तथा प्रर्दशनिको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका ऊर्जा ,जलश्रोत तथा सिँचाई राज्य मन्त्री कान्छाराम तमाङ्गले पानसमा बत्ती बालेर गर्नु भएको हो  ।  

सो क्रममा प्रमुख अतिथि तामाङ्गले मन्थली नगरपालिकाले गर्न लागेको मेला तथा प्रर्दशनिले  मन्थली नगरपालिकाको आर्थिक सम्वृद्धिको आधारशिला निर्माण गर्न विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले आफनै लगानीमा कृषकहरूको उत्पादनलाई बजार सम्म ल्याएर गर्न लागेको कृषि मेला प्रदर्शनीले कृषकहरूको ब्यवसायीकतामा टेवा पुग्नुका साथै बजारीकरणमा समेत सहयोग पुग्ने भएकोले पनि यसलाई अन्य पालिकाहरूले समेतले सिको गर्दे जानु पर्ने धारणा राख्नु भयो । 

कार्यक्रममा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले पछिल्लो समयमा मन्थली नगरपालिका कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गएको भन्दै त्यसैको सार्वजनिकरण र बजारीकरण गर्नका लागि पनि पर्दशनि तथा मेलाको आयोजना गरिएको बताउनु भयो । त्यो सँगै कृषकहरू स्वयंले कृषि क्षेत्रमा गरेको लगानी  र त्यसबाट व्यवसायी कृषकहरूमा आएको परिवर्तन सँगै उत्पादनको अवस्था आदिका बारेमा नगरपालिकालाई आङ्कलन गर्न र त्यसबाट उनीहरूको आर्थिक उपार्जनमा पनि सहयोग पुगोस् भन्नका लागि पनि  नगरले कृषि मेलाको आयोजना गरेको पनि प्रमुख श्रेष्ठले बताउनु भयो ।  

श्रेष्ठले पहिलो पटक नगरले कृषकहरूको हित र कृषि उत्पादनको अवस्थालाई समेत संस्थागत गर्न सजिलो होस भन्ने मुख्य उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रर्दशनिको अवस्थालाई मुल्याङ्कनगरी त्यसमा भएका र हुन सक्ने  कमीकमजोरीलाई सच्याएर अर्को वर्ष वाट थप व्यवस्थित बनाउनका लागि पनि नगरपालिकाले मेलाको आयोजना गरेकोले    मेलालाई सफल बनाउनका लागि  सबै सञ्चार माध्यम र सरोकारवाला पक्ष सँग समेत नगर प्रमुख श्रेष्ठले अनुरोध गर्नुभयो ।  

 “शिक्षित स्वस्थ, व्यावसायिक सहर, उत्थानशील र समृद्ध मन्थली नगर,” भन्ने मूल नाराका साथ सुरु भएको  कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको उद्घाटन सत्रमा बागमती प्रदेशका सांसद द्वय तारा नारायण श्रेष्ठ र आनन्द श्रेष्ठ जिल्ला समन्वय प्रमुख चिना कार्की,रामेछाप नगर प्रमुख लव श्री न्यौपाने प्रजिअ राजु पौडेल लगायतका वक्ताहरूले नगरपालिकाले मेलाको आयोजना गरेर नयाँ कामको थालनी गरेको भन्दै प्रर्दशनिबाट  नगर भित्र रहेका कृषकहरूको उत्पादन बिक्री हुनुका साथै उनीहरूको  मनोबल उँचो बनाउने विश्वास व्यक्त गर्नु भयो ।  

  नगरपालिकाले स्थानीय जिल्ला समन्वय समितिको मैदानमा  ५३ वटा स्टलको व्यवस्था गरेको र पहिलो दिनै सबै स्टलहरू कृषकहरूको सामग्रीले भरिएका छन् ।  सबै स्टलहरूमा कृषकहरूले आ आफ्नो उत्पादन प्रर्दशनि र बिक्रीका लागि राखेका छन् ।  प्रदर्शनीमा  बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य, चिया, कफी, मसला बाली, नर्सरी, फूल, कन्दमूल ,लगायतका सामाग्री सँगै  पशुपन्छी तर्फ खसी, बोका, अन्डा र दूधजन्य उत्पादनहरू राखिएका छन् । 

  त्यस बाहेक प्रदर्शनी स्थलमा  ढाका, साबुन, सर्फ,बाँसबाट बनाइएका सामाग्रीहरू होजियारी, दुना, टपरी, जुस  समेत राखिएको छ । यसका लागि मन्थली नगरपालिकाले सहभागी कृषकहरू र व्यवसायीका लागि आते जाते खर्च बेहोर्नुका साथै दुई दिन सम्म खाने र बस्ने प्रयोजनका लागि आर्थिक व्यवस्थापन समेत गर्ने  जानकारी कार्यक्रम अधिकृत गोविन्द कट्टेलले गराउनुभयो । 

 दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेलामा सबै गरी करिब  १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र उक्त खर्चको विवरण पनि कार्यक्रम सकिना साथ सार्वजनिक गर्ने कार्यसूची रहेको पनि कार्यक्रम अधिकृत गोविन्द कट्टेलले गराउनुभयो । 

  नगरपालिकाले शिक्षित स्वस्थ, व्यावसायिक सहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ सुरु हुन लागेको दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनीमा नगर भित्रका उत्पादनहरूले भरिएका र मेलामा सर्व साधारणको उल्लेखनीय सहभागिता रहेको  छ ।   

  दुई दिन सम्म चल्ने प्रदर्शनीका लागि जिल्ला समन्वय समितिको हाता भित्र  कृषक तथा उद्यमीहरूलाई निःशुल्क स्टलको व्यवस्था गरिएकोले र उक्त स्टलमा सामान प्रर्दशनि र बिक्री गर्न पाउँदा आफूहरूलाई पनि खुसी लागेको मन्थली नगरपालिका वडा नं ८ का तरकारी कृषक राम कुमार कर्माचार्यले बताउनु भयो ।  नगरले  स्टलमा आफ्नो उत्पादन राख्ने कृषक तथा उद्यमीहरूलाई प्रति स्टल एक जनालाई दुई दिनसम्म बस्ने, खाने र यातायात खर्चको व्यवस्था पनि नगरपालाकिाले गरेको जानकारी पनि सो अवसरमा गराइएको थियो  ।

Share15Tweet10Share3

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१६ पुष २०८१, मंगलवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

१६ पुष २०८१, मंगलवार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

१६ पुष २०८१, मंगलवार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

१६ पुष २०८१, मंगलवार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

१६ पुष २०८१, मंगलवार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

१६ पुष २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.