
मन्थली, ९ साउन । अविरल वर्षासँगै आएको पहिरोले हल गोरु गुमाएका लिखुतामाकोशी गाउँपालिका वडा नम्बर–४ बिजुलीकोटका केदार बस्नेतलाई नेपाली काँग्रेसले राहत स्वरुप एक हल गोरू उपलब्ध गराएको छ ।
मुख्य खेती गर्ने समयमा बस्नेत परिवारले पहिरोको कारण हल गोरु गुमाएपछि नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका वडा नं–४ इकाई समिति र नेपाली काँग्रेस काठमाण्डौँ –लिखुतामाकोशी गाउँपालिका सम्पर्क समितिको संयुक्त पहलमा हल गोरु हस्तान्तरण गरिएको नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका वडा नं–४ का वडा सभापति दिपक पुलामीले बताउनुभयो ।
नेपाली काँग्रेस लिखुतामकोशी गाउँपालिका काठमाण्डौँ सम्पर्क समितिका सभापति सुबास दाहालको पहलमा पीडित बस्नेतको परिवारलाई ५० हजार बराबरको एक हल गोरू उपलब्ध गराइएको लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशब महतले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया