Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोस्रो रामेछाप महोत्सवको तयारी तिब्र, बजार सजाउने देखि स्टेज बनाउने सम्मका काम हुँदै

बद्री नयाँघरे बद्री नयाँघरे
४ फाल्गुन २०७६, आईतवार
in कृषि, समाचार
0
3.6k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी रामेछाप उद्योग वाणिज्य संघले आयोजन गर्न लागेको दोस्रो रामेछाप महोत्सवको मिति नजिकिदैँ जाँदा तयारीलाई पनि तिब्र पारिएको छ ।

फागुन ६ गते देखि १५ गते सम्म दश दिन चल्ने महोत्सवको लागि आवश्यक पर्ने पूर्वधारको काम तिब्र रुपमा भइरहेको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेले जनकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम स्थलमा स्टेज र इस्टल बनाउने काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै महोत्सवलाई थप आकर्षक बनाउनको लागि राखिने रोटे पिङ, ड्रागन र बालबालिका खेल्ने ठाउँ बनाउने कामहरु पनि अन्तिम चरणमा पुगेका छन् । त्यस्तै महाेत्वलाई लक्षित गरी बजार सरसफाइ गर्ने र बजार सजाउने काम पनि भईरहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

महोत्सवलाई थप प्रभावकारी बनाउनको लागि छिमेकी जिल्ला दोलखा र सिन्धुलीका विभिन्न ठाउँ लगायत रामेछापका विभिन्न बजारका नाका र बजार केन्द्रमा सूचनामूलक होर्डिङ बोर्ड राख्ने काम भइरहेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीन केसीले जानकारी दिनुभयो । त्यस्तै महोत्सवमा धेरै भन्दा धेरै पाहुना भित्र्याउनको लागि विभिन्न बजारहरुमा माइकिङ गर्ने काम सँगै एफ एम रेडियो, पत्रपत्रिका लगायतका संचार माध्यमबाट सूचना प्रवाह भइरहेको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति नजिक गरिने महोत्सवमा ६९ ओटा स्टल रहेको र अहिले सम्म ४० बढी इस्टलहरु बुकिङ भइसकेको पनि कार्यकारी अधिकृत केसीले बताउनुभयो । इस्टल बुकिङ फागुन ६ गते सम्म गर्न सकिने छ ।

कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघ, मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह–आयोजक रहेका छन् ।

आन्तरिक र बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउने र जिल्लाबासी तथा जननिर्वाचित जनप्रतिनिधिसँग सामाजिक सम्बन्ध कायम गराउने उद्देश्यका साथ  जिल्ला भित्रका विभिन्न जातजातीका झाँकी  प्रदर्शन, कृषि उपज,  साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने गराउने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न  हेलिकप्टरबाट मन्थली  शैलुङ उडान भर्ने, स्थानीय कलाकार तथा अतिथि कलाकारबाट प्रत्येक दिन गायन नृत्य सम्मान सहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन गर्ने, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग रामेछापको वृतचित्र प्रद्धशनी गराउने यी आदि महोत्सवका मुख्य आकर्षणहरु रहेको रामेछाप उद्योग वाणिज्य संघले बताएको छ ।

करिब आधा करोड खर्च हुने महोत्सवमा एक लाख बढी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

Share3361Tweet99Share28

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

४ फाल्गुन २०७६, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

४ फाल्गुन २०७६, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

४ फाल्गुन २०७६, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

४ फाल्गुन २०७६, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

४ फाल्गुन २०७६, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

४ फाल्गुन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.