Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

यस वर्षको तिहारमा सयपत्रीको फुल र माला बिकेन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२२ कार्तिक २०८१, बिहीबार
in कारोबार, देश, समाचार, समाज
0
21
SHARES
Share on FacebookShare on Twitter

मन्थली, २२ कार्तिक । फुल वेचेर तिहार खर्च टार्ने योजना सहित काखे बच्चा च्यापेर जिल्ला सदरमुकाम मन्थलीमा फुल बिक्रि गर्न आएकी रामेछाप नगरपालिका–८ कि –२२ बर्षिय लक्ष्मी शाहीको यस वर्ष सयपत्रीको फुल र माला बिकेन ।


फुल र माला बेच्न दैनिक रुपमा मन्थली धाउदै गर्दा तिहारले छोप्यो अनि फुल नविकेपछि उहाको तिहार खर्च जुटेन दिक्दार मान्दै घर जानेवेलामा विके बिक्रि गरिदिुन भनिको फोहोर का रुपमा फालिदिनु भन्दै देवकोटा चोकका अर्का फुल ब्यवसायी लाई अराइन र उनी वच्चा च्यापेर निरास हुँदै घर फर्किइन ।
छिमेकी ब्यवसायी साथीले पनि ले पनि बजारमा धेरै फुल आएकाले विक्री गर्न सकेनन र उनको फुल त्यसै बस्यो अर्को दिन १ डोको सयपत्री र फुल र रातभर नसुतेर उनेर ल्याएको माला फालिन ।
यो त लक्ष्मीको मात्र उदाहरण हो त्यस्तै समस्या रामेछाप नगरपािलका कि सन्जु र सीता साहिको पनि थियो भने अन्य पालिकाका फुल ब्यवसायीहरुको पनि थियो । कोहि मन्थली वजारका पसल तथा होटलमै लगेर फुल किनिदिनुन भन्दै अनुरोध गर्थ त कोहि देवकोटा चोका विभिन्न स्थानमा फुल फीजाँएर वसेका भेटिन्थे
त्यति मात्र हैन गुणस्तरीय फुल उत्पादन गरी तिहारमा ५ लाख सम्म कमाउने योजनाका साथ सयपत्री फुलको ब्यवसायीक खेती गर्नभएका मन्थली नगरपालिका वडा नं –५ का फुल कृषक राम बहादुर शाहिले पनि यस वर्षको तिहारमा फुल विक्री गर्न सक्नु भएन । उहाले भन्नुभयो– “मैले २ लाख लगानी गरेर फुल खेती गरे ३ देखि ५ लाख को फुल बेच्ने योजना थियो तर यो वर्षको तिहारमा १ लाख भन्दा बढिको फुल बेच्न सकिन । काठमाण्डौमा २ लट पठाएको फुल जम्मै विक्यो तर यहाको फुल स्थानीय वजारमानै बिक्री गरौ भनेर सबै फुल काठमाण्डौ पठाइन, मान्छे लगाएर माला उनेर र फुल नै बिक्रि गर्न पठाए तर मन्थलीको बजारमा फुल र माला खासै बिकेन उता नपठाएर गल्ती गरे की जस्तो लाग्यो ।”
उहाले भन्नुभयो – “फुल नविके पनि मलाईं खासै चिन्ता छैन किनकी त्यहि फुलका कारणले गर्दा म धेरै मिडीयाहरु मार्फत राष्ट्रिय अन्तराष्टिय रुपमा चिनिए । त्यो नै मेरो ठुलो कमाई भयो यो पटक । पैसा भन्ने चिज आउने जाने निरन्तर प्रकृया हो । सबैतिर चिनिनु साथीभाइ इस्टमित्रहरुले फोन गरेर धन्यवाद दिनु, धेरै मानिसहरु मेरो फुलको बगैचामा आएर फोटो खिचेर फेसवुका हाल्नु , टिकटक बनाउनुनै मेरा लागि फुल विक्री भए भन्दा पनि बढिको सामाजिक सम्पती जोडेको जस्तो अनुभुति भयो त्यसमै म खुसी छु ।”

आफुले दुख गरेर उत्पादन गरको फुल नबिकेपछि अब फुलको ब्यवसाय नगर्ने कि भन्नेमा उनीहरु पुगिसकेका छन् ।
प्राय जसो रामेछाप जिल्लाका निम्न बर्गिय किसानहरुले ब्यवसायिक रुपमा फुल खेती गर्ने गरेका छन् ।
तिहार खर्चको के कुरा फुलको ढुवनी त परै जावस खाजा खर्च पनि नउठने गरेको फुल ब्यवसायी सीता शाहीले बताउनुभयो ।
सयपत्री,गोदावारी फुलको माला उनेर तिहारको भाइटीकाको दिन दाजुभाइलाई माला लागाइदिने चलन छ । त्यति मात्र हैन हरेक घर र पसल मुल ढोकाको अगाडि तथा सटरमा माला लाउने गरिन्छ । तर अहिले पुनः प्रयोग गर्न मिल्ने खालका प्लास्टीकका फुल र माला ले सयपत्री फुललाई बिस्थापित बनाएको हो ।
फुल नविकेपछ आफुहरु समस्यामा परेको अर्का फुल ब्यवसायी सन्जु साहीले बताउनुभयो । उहाले भन्नुभयो– “विहान २ वजे राति देखि उठेर फुल टिप्ने माला उन्ने मुठा बनाउने थप मान्छे लगाएर गरियो तर मेहनत त्यसै खेर गयो ।”
लक्ष्मी पुजा गर्दा होस वा विभिन्न धार्मिक कार्य गर्दा होस वा भाइटीकामा होस कि देयसी भैलोमा होस तिहारका यी सबै पर्वमा पर्याप्त रुपमा सयपत्री फुलको माला प्रयोग हुनुपर्ने हो तर हिजोआज देउसी भैलो खेल्नेनले पनि प्लास्टिकको सयपत्री फुल जस्तै देखिने. माला लगाउनु, प्राय जसो बजार क्षेत्रका पसल पसलमा प्लस्टीकका फुलहरु प्रयोग गर्ने चलन बढेका कारण र बिगतका वर्ष भन्दा बढि सयपत्री फुल उत्पादन भएका कारण पनि सयपत्री फुल नविकको हो ।
फुल नविकेपछि आफ्नो दुखः र हैरानी मात्र खेर गएको अर्का फुल ब्यवसायी सन्जु शाही वताउनुहुन्छ । यस अघि माला प्रति गोटा १ सय र फुल प्रति मुठा २५ देखि ३० रुपैया सम्म मन्थली वजारमै हारालुछ हुने ( चाडै विक्रि हुने) गरेको भएपनि यस वर्ष को तिहारमा माला ५० रुपैया गोटा र फुल १० रुपैया मुठा (गत बर्षको भन्दा आधा कम ) ले दिदा पनि फुल र माला नबिकेको फुल ब्यवसायीहरु बताउछन ।
रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिका,खाँडादेवी गाँउपालिका लगाएतका पालिकाहरुमा ब्यवसायीक फुल खेती गरिन्छ । ब्यवसायीक भन्दा पनि आ –आफ्ना वारी कान्लामा लगाएका सयपत्री फुलहरु पर्याप्त भएकाले र यस वर्ष फुलका लागि अनुकुल हावापानी भएकाकारण धेरैको बगैचामा धेरै फुल फुलेका कारण सयपत्री फुलले बजार नपाएको स्थानीय फुल ब्यवसायी टेक बहादुर बोहोराले बताउनुभयो ।
तिहार मा सयपत्री फुल नविकेपनि यसलाई भण्डारण गरेर राख्ने, पछि वेच्ने गर्न सके पनि कृषकहरुलाई फाइदा हुने थियो तर मन्थली नगरपालिका वडा न –१ मा दुई बर्ष अघि बागमती प्रदेश सरकारले निमाण गरिदिएको चिस्यान केन्द्र अझै सञ्चालनमा नआउदा पनि फुल ब्यवसायीहरुले नविकेका फुलहरु भण्डारण गर्न पाएका छैनन ।
अन्य जिल्लामा जस्तै रामेछाप जिल्लामा पनि प्लास्टीक जन्य फुलहरुको प्रतिबन्ध लगाउने, स्थानीयरुपमा उत्पादन भएका सयपत्री फूललाई पहिलो प्राथमिकताका आधारमा विक्रि बितरणको र भण्डारणको उचित ब्यवस्था मिलाउन सके यस्ता ब्यवसायीहरुको समस्या समाधान हुने मन्थली न पा–१ का स्थानीय पूर्ण सुबेदीले बताउनुभयो ।

Share8Tweet5Share1

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

२२ कार्तिक २०८१, बिहीबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

२२ कार्तिक २०८१, बिहीबार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

२२ कार्तिक २०८१, बिहीबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

२२ कार्तिक २०८१, बिहीबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

२२ कार्तिक २०८१, बिहीबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

२२ कार्तिक २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.