काठमाडौं, १४ चैत । नयाँ बानेश्वर व्यापार व्यवसायी संघ काठमाण्डौको आयोजनामा व्यवसायीक विकासमा स्थानीय तहको भूमिका तथा निजी क्षेत्रको दायित्व विषयक अन्तक्रिया कार्यक्रम काण्माण्डौमा सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न उक्त कार्यक्रम काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) को प्रमुख अतिथ्यातामा भएको थियो ।
काठमाडौं महानगरपालिका वडा नं–१० का वडा अध्यक्ष रामकुमार केसी तथा वडा नं.–३१ का वडा अध्यक्ष नारायणप्रसाद भण्डारीको बिशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा फुटपाथ तथा पार्किङ व्यवस्थापन र वैज्ञानिक घरभाडा, बहाल सम्झौता, व्यवस्थित बजारको विकास लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागि अधिकांस वक्ताहरुले आ–आफ्नो धारणा राखेपश्चात् उठेका विषय र समस्याहरुलाई सम्बोधन गर्न स्थानीय निकाय तथा निजी क्षेत्रसहितको समन्वय समिति गठन गर्ने सहमति भई प्याकेजमै समस्या समाधान गर्न आबश्यक पहल गरिने समेत निर्णय भएको नविन लुइटेलले बताउनु भयो ।
सो अवसरमा काठमाडौं महानगरपालिकाको वडा नं–९,१० र ३१, का प्रतिनिधि सहित नगर प्रहरी महाशाखा, महानगरीय प्रहरी वृत्त तिनकुने, ट्राफिक प्रहरी कार्यालय कोटेश्वर एवं महानगरपालिकाको सचिवालयका प्रतिनिधि सहितको समिति गठन गर्ने र उक्त समितिको संयोजन नयाँ बानेश्वर व्यापार व्यवसायी संघले गर्ने निर्णय भएको छ ।
कार्यक्रमका अवसरमा वोल्दै अन्तरक्रियामा उठेका सवालहरुको विषयमा तत्कालै महानगरपालिकाले सम्बोधन गर्ने काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले बताउनु भयो ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका इन्चार्ज हर्कबहादुर कठायत, नगर प्रहरी महाशाखाका प्रतिनिधि, महानगरीय प्रहरी बृत्त तिनकुनेका प्रतिनिधि तथा वडा नं–१० का वडा सदस्यहरू नरोज अर्याल, सुनिता परियार,रोहणी श्रेष्ठ तथा वडा नं–३१ का वडा सदस्य रमेश सत्याल समेतको सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया