Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सरकारको नीजि क्षेत्रमा लगानी गर्ने नीति नहुँदा समस्या–ढकाल

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३ पुष २०७८, शनिबार
in कारोबार, समाचार
0
58
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,पुष ३ गते । नेपाल उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारको नीजी क्षेत्रमा लगानी गर्ने नीति नहुँदा समस्या भैरहेको बताउनु भयो ।
सो कुरा उहाले शनिवार रामेछाप उद्योग बाणिज्य संघको १३ औं बार्षिक साधारण सभाको उद्घाटनका अबसरमा बताउनु भएको हो । ढकालले सरकाले नीजि क्षेत्रमा लगानी गर्न नसक्दा बैक र बित्तिय संस्थहरुमा भएको रकम तरता हुन पुगको दावी गर्नुभयो ।

उहाले नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न सके मात्र सम्बृद्धि सम्भब हुने र त्यसका लागि आफु आबश्यक वातावरण बनाउन तयार रहेको बताउनु भयो ।
ढकालले रामेछापको ठोसेमा रहेको पुरानो फलाम खानीको उत्खन्न र व्यवस्थापनको बारेमा विभिन्न क्षेत्रबाट कुरा आइरहेको भन्दैै त्यसको प्रर्बद्धन र विकासका लागि पनि निजी क्षेत्रको लगानी अत्यबश्यक रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका ढकालले रामेछाप जिल्लामा खस्कदै गएको जुनार व्यवसायका कारण किसानहरुमा निराशा छाएको जानकारी आफुले पनि पाएको भन्दै जुनारको संरक्षण र सम्बद्र्धनका लागि पनि वाणिज्य संघले आबश्यक पहल गर्ने आश्वासन दिनुभयो ।


ढकालले नीजि क्षेत्रको विकास बिना मुलुकको सम्बृद्धि अधुरो रहने भन्दै त्यसका लागि स्थानीय,प्रदेश र संघिय सरकारसँग समन्वय गरी उद्योग वाणिज्य संघ अघि बढन तयार रहेको पनि बताउनुभयो । कार्यक्रमका अबसरमा बोल्दै मन्थली नगरापालिकाका नगर प्रमुख एबं कार्यक्रमका बिशिष्ट अतिथि रमेश कुमार बस्नेतले स्थानीय सरकार उद्योग बाणिज्य संघ सँग सहकार्य गरेर अगाडि बढन तयार रहेको बातउनुभयो ।
बस्नेतले अगुवा व्यवसायीहरुलाई नगरको उत्पादनसँग सहकार्य गर्न आग्रह गर्नु भयो । उहाले भन्नुभयो – “व्यापार गरेर पैसा कमाएर मात्रै त्यसको संस्थागत विकास हुन सक्दैन । त्यसका लागि स्थानीय सरकारसँग सहकार्य गर्दै व्यवसायीक प्रयोजनको कामहरुलाई आपसी समझदारीमा अघि वढाउन नगरपालिका तयार छ ।”

कार्यक्रममा केन्द्रीय कार्य समितिका कार्यकारी सदस्य डिबी बस्नेत, श्रीकृष्ण बैद्य र रामेश्वर मानन्धर लगाएतले रामेछाप उद्योग वाणिज्य संघको साधारणसभाको शुभकामना दिदै महांसघ मार्फत जिल्लामा पनि नीजि क्षेत्रमा लगानी गर्ने वातावरण निमार्ण गर्न आग्रह गरेका थिए । कार्यक्रममा थाहा नगरपालिकाका उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, नेपाली काँग्रेसका कार्य समिति सदस्य नवराज घिमिरे, नेकपा एमालेका प्रकाश कार्की, एनेकपा माओवादीका प्रतिनिधि दिपक प्रसाई, नेपाल पत्रकार महासंघका अध्यक्ष वद्री नयाँघरे र उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र कडेँल लगाएतका वक्ताहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सो अबसरमा संघका पूर्ब अध्यक्षहरु,उत्कृष्ठ कार्य सम्पादन गरेबापद बिभिन्न उपसमितिका संयोजकहरु लगाएतलाई सम्मान गरिएको थियो ।
साधारण सभामा महासचिव नवराज ढुंगेलले संस्थाले गत वर्ष गरेको प्रगति र भावि कार्यक्रमका बारेमा पनि जानकारी गराउनुका साथै कोषाध्यक्ष पवन कठाएतले संस्थाको आय ब्यय बिवरण प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष केशब प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको बन्द सत्रले महासचिब र कोषाध्यक्षको प्रतिबेदन पास गर्दै बिद्यमान बिधानका केहि बुँदाहरु समेत संसोधन गरेको छ ।

Share23Tweet15Share4

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

३ पुष २०७८, शनिबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

३ पुष २०७८, शनिबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

३ पुष २०७८, शनिबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

३ पुष २०७८, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

३ पुष २०७८, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

३ पुष २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.