Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विभागको निर्देशनलाई लत्याउँदै सेवाग्राहिलाई दुःख दिन्छिन् रामेछापकि हुलाक प्रमुख

superadmin superadmin
२ फाल्गुन २०७९, मंगलवार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज
0
64
SHARES
Share on FacebookShare on Twitter
  

रामेछाप २ माघ । जिल्ला हुलाक कार्यालय रामेछापकी प्रमुख सान्नानी अधिकारीका कारण सेवाग्राहिहरुले दुःख पाउने गरेका छन् । माथिल्लो निकायको नितिगत आधारमा काम तामेलीका लागि कार्यालयमा पुगेका एकजना अन लाईन संचालकलाई उक्त काम गर्न नमिल्ने भन्दै फर्काई दिएपछि उनको काम गर्ने क्षमता माथि प्रश्न चिन्ह खडा भएको हो ।
आफनो ब्यवसाय भन्दा पनि माथि उठेर हिजो ब्यवस्था परिवर्तनका लागि लडेका संचार माध्यम र तिनका संचालकहरुको सहजताका लागि रेडियो र अनलाइन सञ्चारमध्यम नविकरणको अधिकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सबै हुलाक कार्यालयहरुलाई दिएको छ । सोहि आधारमा आबश्यक कागजपत्र सहित कार्यालयमा पुगेका एक अनलाईनका संचालक कार्यालय प्रमुखले काम नगरि फर्काई दिएपछि पुनः कामतामेलिका लागि उनी काठमाडौ पुगेका छन् ।

आइतबार हाम्रो अनलाइन न्युजको प्रमाण –पत्रमा नविकरण जनाउन आवश्यक सबै कागजाज सहित जिल्ला हुलाक कार्यालय रामेछाप पुगेका सञ्चालक निरज श्रेष्ठलाई प्रमुख सान्नानी अधिकारीले अनलाइन सञ्चारमध्ययम नविकरण गर्ने अधिकार हुलाकलाई नभएको भन्दै फर्काइ दिईन् । उनले अनलाइन सञ्चारमाध्ययम नविकरण गर्नका लागि जिल्ला हुलाक कार्यालयलाई विभागबाट कुनै परिपत्र र कार्यविधि नभएको समेत बताएको अनलाईन संचालक निरज श्रेष्ठले बताए ।
प्रमुखको जबाफ पछि सञ्चालक श्रेष्ठल सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम नविकरण सम्बन्धि हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयहरुको नाममा जारी गरेको पत्रसहित पुनः हुलाक कार्यालय पुगेका थिए । प्रमुखले हुलाक कार्यालयलाई अनलाइन सञ्चारमध्ययम नविकरण गर्ने अधिकार छ भन्ने यसअघि थाहा नभएको भन्दै पत्र हेरपछि अधिकार भएको कुरा स्वीकार गरेको भएपनि नविकरण गर्न भने पुनः अस्वीकार गरिन ।
सूचना तथा प्रसारण विभागले २०७८ साल भदौ २१ गते हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयहरुलाई संवोधन गरी प्रमाणपत्र नविकरण गर्ने सम्बधमा जारी गरेको पत्रमा विभागबाट स्वीकृत भएको निवेदन लिई अनलाइन सञ्चारमाध्यम दर्ता प्रमाणपत्रमा अधिकृतस्तरको कर्मचारी वा कार्यालय प्रमुखबाट नविकरण जनाइदिनु भन्ने स्पष्ट उल्लेख छ । आवश्यक कागजात लिएर जाँदा पनि नविकरण जनाउन अस्वीकार गरेको गुनासो पनि सञ्चालक श्रेष्ठले गरे ।
सूचना तथा प्रसारण विभागतबाट स्वीकृत भएको निवेदन विभागबाटै जिल्ला हुलाक कार्यालयको इमेलमा पठाउँदा समेत जिल्ला हुलाक कार्यालयकी प्रमुख साननानी अधिकारीले हुलाकबाट नविकरण जनाउन नमिल्ने भन्दै फिर्ता पठाएपचि आफु सूचना विभागमा पुग्न बाध्य भएको पनि श्रेष्ठले बताए ।
त्यसैगरि गत आबमा बुझाएको आफनो पत्रिकाको विवरण सहितको सिफारिसका लागि आधिकारीक रुपमा कार्यालय पुगेका प्रहार खबर साप्ताहिक पत्रिकाका संचालक रामचन्द्र विकले पनि कार्यालय प्रमुखका कारण आफुले दुःख पाएको बताए । उनले भने प्रमुख जस्तो मान्छेलाई आफनो काम कर्तब्य र अधिकार अनि नितिगत रुपमा कुनै जानकारीनै नभई आफु जस्ता सेवा ग्राहिलाई दुःख दिएर गलत काम गरेकोे बताए । उनले भने म आधिकारीक कागजाज सहित कार्यालयमा पुगेको थिए । तर हुलाक प्रमुखले आर्थिक प्रलोभनको आसय सहित तिन दिन सम्म काम झुलाएर राख्दा तोकिएको मितिनै गुज्रेको आफनो तितो अनभब पनि विकले सुनाए ।
घटनाका सम्बन्धमा रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी संग सम्पर्क गर्दा उनले प्रमुखले गरेको दुवै काम त्रुटिपुर्ण भएको बताए । विभागबाट स्वीकृत भएको निवेदन सहितका कागजाज समेत लिएर जाँदा पनि कार्यालय प्रमुखले काम नगरिकन फर्काएर गम्भीर त्रुटि गरेको पनि प्रजिअ रेग्मीले बताए । कार्यालयको कमजोरीका कारण सेवाग्राहीले दुःख पाउन नहुने कुरामा आफुहरु सदैब सचेत रहेको भन्दै प्रजिअले आगामी दिनमा यस्ता कमजोरी हुन नदिन कार्यालयलाई सचेत गराउने पनि प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
यस बारेमा नेपाल पत्रकार महासंघ रामेछापका पुर्व अध्यक्ष टीका भट्टले सञ्चारमाध्यमको तालुकदार अड्डाको रुपमा रहेको हुलाक कार्यालयले दिने सामान्य सेवाको बारेमा समेत कार्यालय प्रमुखलाई जानकारी नहुनु दुःखद कुरा भएको बताए । अनलाइन न्युजको प्रमाण –पत्रमा नविकरण जनाउन आवश्यक सबै कागजाज सहित जिल्ला हुलाक कार्यालय रामेछाप पुगेका सञ्चालक निरज श्रेष्ठले आफनो आधिकारीक कागजाज सहित पुग्दा पनि काम नभई काठमाडौ पुग्नु जस्ता कर्मले लाजमर्दाे बनाएको पनि भट्टले बताए ।

Share26Tweet16Share4

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२ फाल्गुन २०७९, मंगलवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२ फाल्गुन २०७९, मंगलवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२ फाल्गुन २०७९, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२ फाल्गुन २०७९, मंगलवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२ फाल्गुन २०७९, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२ फाल्गुन २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.