Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सत्य र तथ्यका आधारमा कलम चलाउन पत्रकारलाई कान्छारामको आग्रह

superadmin superadmin
१८ फाल्गुन २०७९, बिहीबार
in आधारभूत, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १८ फागुन । रामेछापका संघिय सांसद पूर्णबहादुर तामाङ(कान्छाराम) ले पत्रकारहरुलाई सत्य र तथ्यका आधारमा कलम चलाउन आग्रह गर्नु भएको छ । सो आग्रह उहाँले विहिबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको ११ औँ साधारण सभा तथा जिल्ला भेलालाई सम्बोधन गर्नै क्रममा गर्नु भएको हो । पित पत्रकारीतामा लोकतन्त्र फस्टाउन नसक्ने भन्दै अब्बल पत्रकारीताको विकास विना देशको विकास अधुरो रहने भएकोले त्यस तर्फ पत्रकारहरुलाई सकरात्मक तरिकाले कलम चलाउन पनि सांसद तामाङले आग्रह गर्नुभयो । उहाँले सबै पत्रकारहरुलाई कुनै आस्था र विचारका आधारमा नभएर निश्पक्ष रुपमा कलम चलाउन पनि आग्रह गर्नु भयो ।
कार्यक्रमलाई सम्बोेधन गर्ने क्रममा उहाँले जिल्लाको विकास र शुसासनका लागि सबै जन प्रतिनिधि र राजनितिक दलहरुलाई ऐक्यबद्धताका आधारमा अघि बढ्न आग्रह गर्नु भयो । जिल्लाको विकासका लागि सबै पक्ष मिलेर अघि बढ्न सके मात्र जिल्लाको विकास सम्भब भएको भन्दै तामाङले आफु पनि सबै संग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनु भयो ।
संघ र प्रदेशमा सरकार सञ्चालनका लागि जुन सुकै बेला जे जस्ता गठबन्धन बने पनि रामेछाप जिल्लाको विकास र आफुहरुको मित्रतामा त्यसले कुनै पनि फरक नपार्ने भन्दै आफु र आफनो पार्टि नेपाली काँग्रेस त्यसका लागि सबै संग सदैब मिलेर जान पनि तयार रहेको तामाङले बताउनु भयो । निर्वाचन बाट प्राप्त मत र नागरिकको चाहाना अनुसार रामेछाप जिल्लामा सबै पार्टिलाई मिलेर जानका लागि जनादेश प्राप्त भएकोले सोहि भावनाका साथमा मिलेर अघि बढ्न पनि आग्रह गर्नु भयो ।
उहाँले जिल्लाका आदिवासी जनजाति पत्रकारहरूको हक हित र अधिकार संरक्षण र क्षमता विकासका लागि आफना पीतजीका नामम फोनिज जिल्ला शाखालाई अक्षय कोष बापतको ५१ हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रमका विशष्ठ अतिथि बागमति प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले पत्रकारहरुले परिबर्तनका लागि लडेको ईतिहास ताजा रहेको भन्दै उनिहरुले सहि ढंगले चलाएको कलमले मात्र शुसासन र दिगो विकासमा सहयोग पुग्ने बताउनु भयो । सांसद श्रेष्ठले फोनिज रामेछापको मन्थलीमा भवन निर्माणका लागि प्रदेश सांसदको हैसियतले निति र विधि भित्र रहेर सकेको सहयोग गर्न पनि आफु तयार रहेको बताउनु भयो ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले निति विधि र पद्धतिका आधारमा फोनिजको भवन बनाउनका लागि आवश्यक जग्गा उपलब्ध गराउनका लागि आफु तयार रहेको बताउनु भयो । उहाँले नगरको विकास र शुसासनका लागि पत्रकार हरुलाई सहि तरिकाले कलम चलाउन आग्रह गर्नु हुँदै त्यसका लागि नगर पालिका पनि हातेमालो गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रमका अतिथी नेपाली काँग्रेस रामेछापका उप सभापति लेख बहादुर कार्किले लोकतन्त्रको पहरेदार र देशमा सुसासनका लागि पत्रकारको भूमिका महत्वपुर्ण हुने भएकोले पत्रकारहरुलाई सहि र निश्पक्ष ढंगले समाचार संप्रेशण गर्न पनि आग्रह गर्नु भयो ।
कार्यक्रमका अर्का अतिथि नकपा एमालेका उप सचिब प्रकाश कार्किले ब्यवस्था परिबर्तनका लागि महत्वपुर्ण भूमिका खेलेका पत्रकारहरुको संस्थागत र बृत्ति बिकासका लागि पनि राज्य उत्तिकै गम्भिर हुनु पर्ने भन्दै आफनो पार्टि एमाले त्यसका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो ।
फोनिज जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे,नेपाल आदिबासि पत्रकार महासंघ बागमति प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षहरु फोनिज रामेछापका पुर्व अध्यक्षहरु, विभिन्न बर्गिय संगठनका अध्यक्ष तथा तिनका प्रतिनिधिहरु समेतले फोनिजको साधारण सभा सफलताको शुभकामना दिनु भएको थियो ।

Share10Tweet6Share2

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१८ फाल्गुन २०७९, बिहीबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१८ फाल्गुन २०७९, बिहीबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१८ फाल्गुन २०७९, बिहीबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१८ फाल्गुन २०७९, बिहीबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१८ फाल्गुन २०७९, बिहीबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१८ फाल्गुन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.