रामेछाप २४ चैत । रामेछाप नगरपालिकामा बालमैत्री स्थानिय शासन लागु हुने भएको छ । नगरपालिका द्धारा शुक्रबार नगरमा आयोजित बालमैत्री स्थानिय शासन घोषणा दीगोपनामा संचारकर्मि र संघ संस्थाको भुमिका संबन्धि अन्तक्रिया कार्यक्रमका अबसरमा सो कुराको उद्घोष गरिएको हो ।
त्यसका लागि आवश्यक सबै प्रकृया र मापदण्ड पुरा गरिसकेको कार्यक्रमका अबसरमा नगरका उप प्रमुख बाला कुमारी कार्किले बताउनु भयो । उक्त प्रयोजनका लागि सबैको सहयोग आवश्यक रहने पनि कार्कीले बताउनु भयो । उहाँले भन्नु भयो सबैको सहयोगमा नगरलाई तोकिएकै समयमा बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्न तयारी भईरहेको छ ।
नगरपालिकाका सबै वडा र तिनमा कार्यरत संघ संस्थाहरुले पनि उक्त प्रयोजनका लागि आवश्यक सहयोग गर्दे, यसका कानूनी र ब्यवहारिक पक्षलाई ध्यान दिनु पनि उत्तिकै महत्वपुर्ण भएकोले सबै सरोकारवालाहरुको रोहबरमा कार्यक्रमको आयोजना गरिएको पनि उप प्रमुख कार्किले बताउनु भयो ।
नगरको एकलौटी प्रयासले मात्रै बालमैत्री शासनको अभियानले सफलता हाँसिल गर्न नसक्ने भएकाले पनि यसको कार्यान्वयनमा सबैलाई सहयोग गर्न पनि उप प्रमुख कार्किले आग्रह गर्नु भयो ।
उहाँले भन्नुभयो – ‘हामी जन निर्वाचित भएपछि नगरले श्रोत ब्यक्ति मार्फत ९ वटै वडामा पुगेर विभिन्न तहमा छलफल गर्दै आएका छौँ । नगरमा बालबालिकाका विभिन्न समस्या रहेको उल्लेख गर्दै त्यसको न्यूनीकरण गर्नको लागि पनि नगर लागि परेको छ ।
रामेछाप नगरपालिकाले २०७८ साल फागुन ३ गते देखिनै बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्ने कार्यक्रम लागू गरि त्यसको संजाल वडा वडा स्तर सम्म पुर्याएको थियो । जस अनुसार त्यसको प्रयोग विद्यालय स्तरमा पनि भई सकेकोले पनि उक्त कार्यक्रम बाल मैत्री समाज र शुशासनका लागि कोशेढुँगा सावित हुने सरोकारवालाहरुले बताएका छन् ।
कार्यान्वयनको चरणमा रहेको उक्त कार्यक्रम अनुसार आगामी ०८१ साल चैत मसान्त सम्म नगरलाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने तयारी नगरपालीकाले गरेको र त्यसको प्रभाबकारितलाई अरु दर्विलो र गर्विलो बनाउने अभियान अन्र्तगत आजको कार्यक्रम गरिएको हो ।
रामेछाप नगरपालिका जिल्लामानै पहिलो बालमैत्री स्थानीय शासन युक्त नगर बन्ने क्रममा अगाडि बढेको बालमैत्री स्थानिय शासनका मुख्य श्रोत ब्यक्ति विष्णु चौबेले घोषणा प्रकृयाका लागि आबश्यक मापदण्डका आधारमा सहजिकरण गर्दे आउनु भएको छ । चौबेले विभिन्न समयमा वडा–वडा टोल–टोल, घर–घर पुगेर बालबालिकाको समग्र वस्तु स्थित बुझेर कार्यक्रम गरिँदै आएको र यसको पुणर््ा कार्यान्वयनमा जानु पर्नै भएकाले पनि सरेकारवाला संग छलफलमा बस्नु परेको बताउनु भयो । जुन कुरालाई सदैब सवैले सबै ठाउँमा प्रयोग गर्नु जरुरी छ ।
उक्त प्रयोजनका लागि ५१ वटा सूचक पूरा गरेर मात्र उक्त तथ्यका आधारमा नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने भएकोले पनि सहभागि उप प्रमुख कर्मचारी,संचारकर्मि र विभिन्न संघ संस्थामा रहेका हरुले पनि उक्त सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो बारेमा तपाईको प्रतिकृया