Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 

नेपाल अभियान नेपाल अभियान
१५ असार २०८०, शुक्रबार
in आधारभूत, प्रदेश नं ३, समाचार, समाज
0
82
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १५ असार । मन्थली नगपालिका वडा नं १ मा रहेको भैसेश्वर सामुदायिक खानेपानी तथा सरसफाइ समितिको नव निर्मित भवनको शुक्रवार औपचारिक र भव्य  कार्यक्रमका बिच उद्घाटन गरिएको छ । भवनको उद्घाटन सत्रमा वास्तु शास्त्र विधि अनुसारको पूजा आज पनि गरिएको थियो ।  उक्त भवनको उद्घाटन मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले गर्नु भएको हो ।भवनको उद्घाटनमा गुरु पुरोहितबाट स्वस्ति वाचन,पन्चकन्याद्धारा माला र स्वागत अनि पञ्चेबाजा टोलीले  पञ्चेबाजा बजाएर कार्यक्रमलाई उत्सवमय बनाउनु भएको थियो  । 

उपभोक्ता समितिका पदाधिकारीको सक्रियता र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागमती प्रदेश मन्थलीको समेत गरी करिब १ करोड रुपैयाँको आर्थिक सहयोगमा ६ कोठे भवनको निर्माण गरिएको छ । भवनको उद्घाटन गर्दे प्रमुख अतिथि श्रेष्ठले भैसेश्वर सामुदायिक खानेपानी तथा सरसफाइ समितिको नव निर्मित भवनको उद्घाटन गर्न पाएकोमा धन्यवाद दिनुभयो ।

 उहाँले भैसेश्वर खानेपानी ले आफ्ना उपभोक्ताहरूका लागि उल्लेख्य रूपमा गरेको योगदानको प्रशंसा पनि गर्नु भयो । उहाँले नमुना  व्यवस्थापन र आर्थिक पारदर्शिता अनि सबै पक्ष सँग गरेको मसिनो समन्वयकै कारण उसले छोटो समयमा आफ्नो भवन बनाउन सकेको भन्दै यसका लागि समितिका पदाधिकारिहरुलाई धन्यवाद पनि दिनु भयो । 

 सो अवसरमा प्रमुख श्रेष्ठले तामाकोसी नदिबाट लिफट सिस्टमबाट तानेको पानी उपभोक्ताहरूले  निशूल्क खाने सम्मको  व्यवस्था हुनु यसको अर्को प्रशंसा गर्न लायकको काम भन्दै यसको थप सुधार र विकासका लागि नगरपालिकाले पनि सहयोग गर्ने आश्वासन पनि दिनु भयो । 

      कार्यक्रमका अवसरमा बोल्दै सहयोगी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागमती प्रदेश मन्थलीका प्रमुख डिई हुपेन्द्र राज जोशीले भैसेश्वर सामुदायिक खानेपानी तथा सरसफाइ समितिले राम्रो र पारदर्शी तरिकाले काम गरेको र उक्त कामबाट आफू पनि उत्साहित भएको बताउनु भयो । अरू खानेपानी योजनाहरूको तुलनामा यसले आफूलाई नमुना योजनाका रूपमा विकास गरेको र कार्यालयले पनि यसलार्ई नमुना योजनाकै रूपमा  प्रदेशमा सिफारिस गरिने पनि बताउनु भयो । 

समितिका अध्यक्ष टीका राम श्रेष्ठको अध्यक्षतामा भएको उक्त भवन उद्घाटन समारोहमा संस्थाको साङ्गठनिक र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सिताराम कार्कीले पेस गर्नु भएको थियो । सो अवसरमा उहाँले झोला र चौताराबाट सुरु भएको समितिको यात्रा आलिसान भवन  सम्म आईपुग्नुमा खाने पनि डिभिजन कार्यालय, समाजका अगुवा, समितिका पूर्व र वर्तमान पदाधिकारी तथा आम उपभोक्ताहरूको उत्तिकै योगदान रहेकै कारण पनि  भवन बन्न सफल भएको बताउनु भयो । उहाँले लामो सङ्घर्ष पछि संस्था आफ नै भवनमा सरेकोमा पदाधिकारी र आम उपभोक्तालाई धन्यवाद पनि दिनु भयो ।  

 सो अवसरमा कोषाध्यक्ष कार्कीले आफ्ना संस्थागत र व्यक्तिगत  गरी हाल  १ सय ९१ घर धुरीले स्वच्च खाने पनि प्रयोग गर्दे आएको जानकारी गराउनु भएको थियो ।  कार्कीले स्वच्छ खानेपानी, गुणस्तरीय काम र पारदर्शी कारोबारका आधारमा संस्थाले काम गर्दे आएको जानकारी पनि गराउनु भयो । जस अनुसार भैसेश्वर खापाले हाल न्यूनतम मासिक ११ हजार लीटर सम्म पानी  खपत गर्ने उपभोक्ताहरूका लागि निशुल्क पानी खुवाउँदै आएको र आगामी वर्षबाट यसको दायर अरू थप गरिने जानकारी पनि कार्कीले गराउनु भयो ।

कार्यक्रमका खानेपानी योजना र भवन निर्माण सम्म आईपुग्दाका असल, कुशल र सफल व्यवस्थापनका लागि विभिन्न विधामा सहयोग गर्नु हुने समिति र  समाजका विभिन्न महानुभावलाई प्रमुख अ थितिले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । कुल ४८ लाख ८८ हजार ८ सय ३१ रुपैयाँको अचल कोष रहेको संस्थाको वार्षिक सन्तुलन परीक्षण १ करोड ६४ लाख ४३ हजार ३ सय ८७ रुपैयाँ रहेको छ ।  

Share33Tweet21Share6

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१५ असार २०८०, शुक्रबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१५ असार २०८०, शुक्रबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१५ असार २०८०, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१५ असार २०८०, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१५ असार २०८०, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१५ असार २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero