Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली प्रमुखको रामेछाप पछि खाँडादेवीपालीका संग पनि सहकार्य

नेपाल अभियान नेपाल अभियान
२९ असार २०७९, बुधबार
in आधारभूत, कृषि, देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज, स्थानीय सरकार
0
186
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, २८ असार । एक हप्ता अघि रामेछाप नगरपालिका संग अन्तर स्थानिय तह समन्वयका लागि बैठक बसि अन्तर स्थानिय तह समन्वयको बैठक आरम्भ गरेका मन्थली नगरपालीका प्रमुख लब श्रेष्ठले बुधबार अर्काे छिमेकि गाउँपालीका खाँडादेवीमा पुगेर समन्वय र सहकार्यको हात अघि बढाएका छन् ।
निर्वाचन भएको छोटो समयमानै अन्तर समन्वय र छिमेकिहरु संगै मैत्रिपुर्ण ब्यवहार देखाएर जिम्मेवार जन प्रतिनिधिको भूमिकामा देखिएका नगर प्रमुख श्रेष्ठले खाँडादेवि गाउँ पालिकामा पुगेर सिमाना स्थल का मठ मन्दिर,कृषको सम्भावित विकास, सिमानामा रहेका संभावित पर्यटकिय ठाउँहरुको आन्तरिक विकास,खोला तथा नदिमा सामुहिक तटबन्धको संभावना,फोहोर ब्यवस्थापन र संभावित प्रकोप ब्यवस्थापन जस्ता विषयमा साझाधारण बनाउने लगायतका विषयमा छलफल गरेका थिए ।
जसका लागि पहिलो चरणमा मन्थली र खाँडादेवीको सिमानामा पर्ने त्रीवेणी मन्दिरको विकास र ब्यवस्थापन,भटौली खोला र तामाकोशि नदिमा ततबन्धन गरि आसपासका क्षेत्रमा सिंचाईको लागि साझा प्रयासका लागि प्रयत्न गर्ने निर्णय पनि भएको थियो । सहकार्य र सहमतिका आधारमा मैत्रीपुर्ण ब्यवहार गर्दे असल छिमिकिको भूमिका निर्वाह गरी थप सम्बृद्धिको लागि साझा प्रयास गर्नै मुख्य उदेश्यका साथ मन्थली नगर प्रमुख लब श्रेष्ठ आफना प्रमुख प्रशासकिय अधिकृत लगायतको सहयोगि टीम र अगुवा संचारकर्मिहरुका साथमा खाँडादेवी गाउँपालीकामा पुगेको थियो ।
बैठकमा खााडादेवीको कम चासो
अग्रिम समय लिएर बिहान ७ बजे मन्थलीको टोलि प्रमुखको नेतृत्वमा खाँडादेवी पुगेको थियो । मन्थलीको टोली निर्धारित समयमा त्यहाँ पुगेको भएपनि उक्त समयमा बैठक स्थलमा अध्यक्ष बाहेक कोहि पनि उपस्थिति थिएनन् । टोली पुगेको करिब १ घण्टा पछि मात्र उपाध्यक्ष र पालिकाका प्रमुख प्रशासकिय अधिकृतको टोली बैठक कक्षमा आई पुगेको थियो । बैठकका लागि पुर्व तयारीका साथ समय लिएर पुगेको मन्थली नगर प्रमुखले देखाएको चासोको तुलनामा खाँडादेवि पालिका अबमुल्यन गरेको हो कि जस्तै अनुभुति भएको थियो । मानौ खाँडादेवी प्रमुखले बैठकका लागि गम्भिरताका साथ कुनै तयार गरेका थिएन् । न सहभागि सदस्य उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतनै आएका थिए । बैठकका ब्यवस्थापनमा प्रमुख प्रशासकिय अधिकृतले पनि कम चासो देखाएको अनुभुति सहभागि सदस्य हरुले गरेका थिए ।
यस अघि रामेछाप नगरमा भएको बैठकले दुवै नगरको स्वार्थ र विकास संग जोडिएका सवालहरु सिमानामा रहेको ऐतिहासिक तिल्के स्थान गढिको विकास संरक्षण सम्बद्धन र उपयोग,सिमाना खोला शुकाजोर खोलामा बाँझो रहेको सयौ विघा जमिनको तटबन्धन र सम्भावित सिंचाईको विकासमा सहकार्यका लागि सामुहिक रुपमा अघि बढ्ने सहमति गरेको थियो । उक्त बैठकलाई भने रामेछाप नगरले भने महत्वका साथ लिएको थियो ।
त्यसका लागि बैठकले दुवै पक्षबाट आबश्यक प्रकृया अघि बढाउनका लागि दुवै कार्यपालिकाका प्रमुख उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु र एक एक जना नगरका अधिकृत हरु समेत सदस्य रहने गरि कार्यदल पनि बनाउने निर्णय गरेको छ । कार्यदलले त्यसका लागि आबश्यक मापदण्ड तयार गर्ने र सोहि मापदण्डका आधारमा अघि बढ्ने पनि निर्णय गरेको छ ।
त्यसैगरि रामेछाप र खाँडादेवीमा समन्वय बैठक सकेका मन्थली प्रमुखले तेस्रो चरणमा जतिसक्दो चाँडो लिखु तामाकोशी गाउँपालिका संग सम्न्वय बैठक बस्ने भन्दै त्यसकोलागि आबश्यक तयारी गर्न पनि आफनो कार्यदललाई निर्देशन दिएका छन् । कार्यदलले भ्याए सम्म यसै महिना भित्र बैठक राख्ने दलका सदस्य गोविन्द कट्टेलले जानकारी दिए ।

Share74Tweet47Share13

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२९ असार २०७९, बुधबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२९ असार २०७९, बुधबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

२९ असार २०७९, बुधबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

२९ असार २०७९, बुधबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

२९ असार २०७९, बुधबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

२९ असार २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.