Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खानेपानी प्रमुखको नियम विपरित काम सिनियर कर्मचारी ठंण्डाराम

superadmin superadmin
६ माघ २०७९, शुक्रबार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज
0
139
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ६ माघ । खानेपानी तथा सरसफाइ डिभिजन नं–४ रामेछापका प्रमुख डिभिजन ईन्जिनियर हुपेन्द्र जोशीले नियम विपरित जुनियर कर्मचारिलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर भारत भ्रमणमा निश्किनु भएको छ ।
एक पम्प उत्पादन निजि कम्पनिको आमन्त्रणमा भारत भ्रमणमा जानु अघि प्रमुख जोशिले कार्यालयमा काम गर्ने ईन्जिनियर र लेखा अधिकृत हुँदा हुँदै नियम विपरित विहिबार आफना विश्वास पात्र मानिने छैटाै‌ तहका कम्प्युटर अधिकृत खुम्ब बहादुर मगरलाई कार्यालयको निमित्त प्रमुख दिएर हिडेपछि उक्त विवरण बाहिरिएको हो ।
सरकारी नियम अनुसार कुनै पनि कार्यालय प्रमुखले कार्यालय छाडेर बाहिर जानु अघि प्राविधिक कार्यालयको हकमा दोस्रो बरियतामा रहेको ईन्जिनियर र ईन्जिनियर नभए सब ईन्जिनियर र सब ईन्जिनियर पनि नभए प्रशासन तर्फको सिनियर ब्यक्तिलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर बाहिरिनु पर्ने प्रावधान रहेको छ । तर डिभिजन ईन्जिनियर जोशिले भने उक्त प्रावधान विपरित काम गरेर कानुनको वर्खिलाप गरेको आरोप कर्मचारी वृत्त भित्र लागेको छ ।
रामेछाप सिन्धुली र दोलखा गरि तीन जिल्लाको मुख्य कार्यालय मन्थलीमा रहेको र उक्त कार्यालयको प्रमुखले झनै जिम्मेवारी पुर्ण काम गर्नु पर्नेमा उहाँले एक पछि अर्काे गर्दै गैर जिम्मेवार काम गरेर कार्यालय बाट हुने नागरिकको काममा समस्या आउँदा पनि तालुकि कार्यालयले भने प्रमुख जोशिको कामका बारेमा कुनै वास्ता गरेको छैन ।
कार्यालयमा स्थायी प्राविधिक कर्मचारी समेतको अभाब रहेको र अस्थाई तथा करारका कर्मचारी हरुको काममा कार्यालय प्रमुखले विश्वास नगरेका कारण कतिपय नयाँ योजनाहरु पनि सम्झौता हुन सकेका छैन्न भने कतिपय चालु योजनाहरुको काम पनि अघि बढ्न सकेका छैनन् ।
रामेछापमा मात्र नभएर दोलखा र सिन्धुली जिल्लामा पनि प्रमुख जोशीकाे कार्यशैलिको बारेमा कुरा उठेपछि निजलाई खानेपानी प्रदेश कार्यालयले धादिङ खानेपानीमा सरुवा पनि गरेको थियो । तर प्रदेश सचिव स्तरको २०७९ पुस ७ मा बसेको बैठकको निर्णय भन्दै धादिङमा भएको सरुवा बदर गरी जोशीलाई मन्थलीमानै पदस्थापना गरेपछि उहाँको मनोबल बढेको आरोप लागेको छ ।
जोशीको विभेदपुर्ण र अब्यवहारिक निर्णयका कारण कार्यालयमा कार्यरत अधिका‌‌‌स कर्मचारीहरुमा असन्तुष्टि चुलिदा कतिपय उपभोक्ता समिति हरुको काम तामेलिमानै समस्या उत्पन्न भएको छ ।
आर्थिक वर्ष०७९÷८० मा प्रदेशतर्फ रामेछापमा ४४, दोलखामा ६४ र सिन्धुलीमा ४९ गरी कुल जम्मा १ सय ५७ वटा योजना संचालनमा रहेका छन् । ति योजना मध्ये कतिपय योजनाको कामले गति लिन सकेका छैनन् ।
ब्यवहार र स्वभाबमा अपरिपक्क अनि घमण्डी स्वभाव रहेका डिभिजन प्रमुख जोशीको काम नियम विपरित हुनु स्वभाविक रहेको गुनासो मन्थली नगरपालिका १ का उपभोक्ता प्रबल सुवेदीले गर्नु भएको छ ।
कार्यालयले गर्ने धेरै काम हरु भद्रगोल अबस्थामा रहेका छन् । फिल्डमा खटिने कर्मचारी, इन्जिनियर पनि गाउँ गएका छैनन् । यतिबेला उपभोक्ता समितिहरूले काम धमाधम गर्नु पर्ने बेला कार्यालय प्रमुखले बजेट छैन, भनेर काम रोक्नु पनि सर्व साधारणको लागि दुर्भाग्य पुर्ण कुरा रहेको सुवेदीले बताउनु भयो । त्यस बाहेक प्रमुख जोशिले कमिसनका लागि नियम विपरित गएर सेटिङमा लाखौका योजना संचालन गर्ने अनुमति दिएको उदारण आफुले देखाउन सक्ने पनि सुवेदीको दावि रहेको छ ।

यसबारेमा प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी संग सम्पर्क गर्दा उहाँले सो कार्यालयका प्रमुखको कामका बारेमा यस अघि पनि गुनासो आएको भन्दै उहाँले नियम विपरित गएर छैटाै‌ तहका कम्प्युटर अपरेटरलाई निमित्त प्रमुख दिनु गलत भएको बताउनु भयो । उहाँले भन्नु भयो – प्राविधिक तर्फका कार्यालयको हकमा प्रमुखले निमित्त दिंदा आफु भन्दा मुनिको ईन्जिनियर र ईन्जिनियर नभए सब ईन्जिनियर र त्यो पनि नभएर प्रशासन तर्फको सिनियर ब्यक्तिलाई निमित्त दिएर जानु पर्ने हो । तर कार्यालय प्रमुखले यसो गरेर गलत काम गर्नु भएको छ । यस बारेमा उहाँ कार्यालयमा हाजिर हुना साथ कार्वाहिको लागि आवश्यक प्रकृया अघि बढाईने जानकारी प्रनि प्रजिअ रेग्मीले दिनुभयो ।

Share56Tweet35Share10

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

६ माघ २०७९, शुक्रबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

६ माघ २०७९, शुक्रबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

६ माघ २०७९, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

६ माघ २०७९, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ माघ २०७९, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ माघ २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero