Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखुतामाकोशीमा काँग्रेसको अभियानः घर बहिर निस्किदा माक्स लगाउन अनुरोध गर्दै माक्स वितरण

नेपाल अभियान नेपाल अभियान
१२ चैत्र २०७६, बुधबार
in राजनीति, समाज, स्वास्थ्य
0
312
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- लिखुतामाकोशी गाउँपालिकामा नेपाली काँग्रेसले कोरोना भाइरसबाट बच्नको लागि जनचेतना जगाउँदै स्थानीयलाई माक्स वितरण गरेको छ । नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाले सरकारले देशैभरी लगाएको लकडाउनलाई पूर्ण रुपमा पालना गर्नु पर्नेमा जोड दिँदै घरबाहिर निस्केका स्थानीलाई निःशुल्क माक्स दिएर घरभित्रै बस्न अनुरोध गरेको छ ।

कोरोना भाइरस सम्बन्धी पूर्ण रुपमा जानकारी नभएका स्थानीयलाई भाइरसबाट बच्न अपनाउनु पर्ने सावधानी सहित ३ सय थान माक्स, एक सय पचास थान हातमा लगाउने पन्जा, ५० थान हात धुने डिटोल साबुन लगायतका सामाग्री वितरण गरिएको नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका सचिब दामोदर खड्काले जानकारी दिनुभयो ।

त्यस्तै घर बाहिर निस्केका स्थानीयले समेत प्रयोग गर्न मिल्ने गरी दुई ठाउँमा हात धुनको लागि ड्रम सहितको धारो समेत स्थापना गरिएको सचिब खड्काले बताउनुभयो ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य भोजराज खड्का सुन्दर,  नेपाली काग्रेस रामेछाप प्रदेशसभा ‘क’ का सचिब निरोज खड्का, सदस्य मदन तामाङ, नेपाली काग्रेस लिखुतामाकोशी गाउँपालिकाका उपसभाति हरी बहादुर खड्का, लक्ष्मण खड्का, ज्ञानु श्रेष्ठ लगायतको टोलीले छुट्टाछुट्टै स्थानमा भिडभाड नहुने गरी घरभित्रै बस्दा अपनाउनु पर्ने उपायको जानकारी गराउँदै सामाग्री वितरण गरिएको हो ।

त्यस्तै गाउँपालिकाका नागरिकलाई कोरोना भाइरसको संक्रमण भएको संका लागेमा तत्काल क्वारेन्टाइनमा राख्नु पर्ने हुँदा धोबीमा रहेको झट्टेश्वर माविको कार्यक्रम गर्ने हललाई प्रयोग गरी हाल १५ सैयाको क्वारेन्टाइन कक्ष तयार पारिएको पनि सचिब दामोदर खड्काले बताउनुयो ।  त्यस्तै बाँकी १५ सैयाँ थप हुने गरी काम भई रहेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले तयार पारेको उक्त क्वारेन्टाइन निर्माणको लागि पनि नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाले सहयोग गरेको छ ।

लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का सहितको टोलीले उक्त क्वारेन्टाइन बुधबार तयार पारिएको हो । गाउँमा कोरोनाबाट बच्नको लागि इलाका प्रहरी कार्यालय धोबीका प्रहरी नीरिक्षक मदन थापासँग सहकार्य गरेर भिडभाड नगरी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिने सचिब पनि सचिब दामोदर खड्काले बताउनुभयो ।

Share125Tweet78Share22

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१२ चैत्र २०७६, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१२ चैत्र २०७६, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१२ चैत्र २०७६, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१२ चैत्र २०७६, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१२ चैत्र २०७६, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१२ चैत्र २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero