Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाँडादेवी गाँउपालिकाको चालु आर्थिक वर्षको चौमासिक र गत आर्थिक वर्षको समिक्षा सम्पन्न

नेपाल अभियान नेपाल अभियान
९ पुष २०७७, बिहीबार
in समाचार, स्थानीय सरकार
0
116
SHARES
Share on FacebookShare on Twitter

रोमछाप, ९ पुष । रामेछाप जिल्लाको खाँडादेवी गाँउपालिका को चालु आर्थिक वर्षको चौमासिक र गत आर्थिक वर्षको समिक्षा कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।


गाउपालिकाकी कार्यवाहक अध्यक्ष मखमली श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले ब्यानर पढेर गर्नु भएको थियो
सो अबसरमा लेखा अधिकृत अनन्त सापकोटाले चालु आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बिभिन्न शिर्षकको आय रकम रु ७६ करोड ९ लाख १२ हजार २ सय १८ रुपैया मध्ये पहिलो चौमासिक सम्ममा चालु तर्फ ७ करोढ ७७ लाख १५ हजार ५ सय २७ र पूँजिगत तर्फ ६ करोड ८२ लाख ८९ हजार ४ सय ८६ रुपैया सहित कुल १४ करोड ६० लाख, ५ हजार १४ रुपैया खर्च हुँदा ३८.६४ प्रतिशत बित्तिय प्रगति भएको वताउनु भयो । उहाले चालु तर्फको रु २१.६६ प्रतिशत र पूँजिगत तर्फको १६.९८ प्रतिशत खर्च भएको पनि बताउनु भयो ।

त्यसैगरी सो अबसरमा इन्जिनियर इश्वर खड्काले गत आर्थिक वर्षको कार्यक्रमको वारेमा प्रस्तुत गदैैै कुल बिनियोजित वजेट रु ७४ करोड २० लाख, ६५ हजार ७ सय २६ रुपैया मध्ये ५२ करोड, ८ लाख ४१ हजार ७ सय ५० रुपैया बिभिन्न शिर्षकमा खर्च हुँदा खर्चको प्रगति ७०.१८ प्रतिशत रहेको जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका अबसरमा सो गाउपालिकाका वडा अध्यक्षहरु असल सिं तमाङ,धन वहादुर मानन्धर, बिष्णु कुमार श्रेष्ठ लगाएतले समिक्षाको पूर्ब तयारी नपुगेको भन्दै आपत्ति प्रकट गर्नु भएको थियो । उहाहरुले कुन कुन शिर्षकमा के कति खर्च भयो भन्ने कुरा पहिला कार्यपालिकाको बैठक वाट पास गरेर ल्याउनुपर्ने भएपनि गाउपालिकाको अध्यक्षको अनुपस्थितिमा बहुमत पुरयाएर बजेट पास गराउन खोजिएको प्रति असहमति ब्यक्त गर्दै समिक्षा गोष्ठी स्थगन गर्न माग गर्नु भएको थियो ।
सो अबसरमा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहाुदुर खड्का, नेकपा का जिल्ला नेता आनन्द श्रेष्ठ, स्थानीय युवा नेता कृष्णहरि खत्री, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा गत आबको खर्चको अनुमोदन गर्नुका साथै चालु वर्षको चौमासिक खर्च वजेट समेत पास गरिएको थियो

Share46Tweet29Share8

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

९ पुष २०७७, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

९ पुष २०७७, बिहीबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

९ पुष २०७७, बिहीबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

९ पुष २०७७, बिहीबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

९ पुष २०७७, बिहीबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

९ पुष २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.