Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वातावरण संरक्षण परियोजनाको समिक्षा

नेपाल अभियान नेपाल अभियान
१९ पुष २०७७, आईतवार
in समाचार, स्थानीय सरकार
0
88
SHARES
Share on FacebookShare on Twitter

रामेछाप , १९ पुष । वातावरण संरक्षण परियोजना को बार्षिक समिक्षा तथा नगर स्तरीय सल्लाहकार समितिको बैठक आइतवार मन्थलीमा सम्पन्न भएको छ ।
मन्थली नगरापलिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले परियोजनाले सरोकारवाला निकायहरुसँग पर्याप्त समन्वय नगरी काम गरेको प्रति आक्रोस ब्यक्त गरेका थिए ।

सो अवसरमा बोल्दै नगर प्रमुख बस्नेतले परियोजनाले केही राम्रा कामहरु गर्न प्रयास गरेको भएपनि यसलाई अझ वढि समन्वय गरेर अगाडि बढनुपर्ने कुरालाई जोड दिनुभएको थियो । उहाले रणजोर र सुकाजोरको किनार वरपर हरियाली वनाउने उद्देश्यका साथ परियोजना भित्रेको भएपनि त्यसका लागि अझै निक्कै काम गर्न वाँकी रहेको बताउनु भयो ।
कायक्रमका अबसरमा वोल्दै मन्थली नगरपालिका वडा नं –१ का अध्यक्ष नाराण दाश श्रेष्ठले यस अघि सामुदायिक विकास समाज मार्फत सूरु गरिएका कुनाउरी र हाटेचउर का माछापोखरीमा माछा छन कि भ्यागुता छन त्यसको वारेमा कसैलाई पनि जानकारी नभएको वताउनुभयो । उहाले यस्ता परियोजनाले ति पुराना पोखरीहरुको संरक्षण गरी तेहि समिति मार्फत काम गरेको भए अझ प्रभावकारी हुने बताउनुभयो । मन्थली नपा वडा नं–३ का कार्यवाहक अध्यक्ष नारायण बोगटीले योजना एउटा छान्ने कार्यान्वनय अर्को योजनामा गर्ने काम परियोजनाले गरेको र वडा कार्यालय सँग कुनै किसिमको समन्वय गर्ने नगरेको आरोप लगाउनु भयो । उहाँले परियोजनाले गर्ने हरेक काममा राजनैतिक रङ देखिने गरेकोले त्यस्तो नगर्न अनुरोध गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले परियोजनाले पत्रकार महासंघसँग पनि समन्वय नगरेको प्रति गुनासो गर्नुभयो । स्थानीय मिडियाहरुले परियोजनाका समाचारहरु कभरेज नगरेको भन्ने परियोजनका कर्मचारीहरुले लगाएको आरोप प्रति असन्तुष्ट ब्यक्त गर्दै अध्यक्ष ढुंगेलले परियोजनाका समाचारहरु स्थानीय सञ्चार माध्यममा मात्र हैन राष्ट्रिय स्तरका दैनि पत्रपत्रिका र अनलाईनहरुमा पनि प्रकाशन र प्रसारण भैरहेको बताउनु भयो । तर ति समाचारहरु परियोजनाकै साझेदार संस्थाका पदाधिकारीहरु र कर्मचारीहरुले समेत शेयर गर्ने नगरेको आरोप लगाउनु भयो । उहाले परियोजनाको विरुवा रोप्ने कार्य वालुवामा पानी खन्याए सो सरह भएको भन्दै परियोजनाको समग्र आर्थिक पारदर्शताको वारेमा सजन बन्न समेत आग्रह गर्नुभएको थियो ।
सो अवसरमा वोल्दै परियोजनाका निर्देशक मिलन कुमार घिसिङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्न छुटेको स्वीकार गर्दै सबै कुरा सहभागिले लगाएको आरोप अनुसार नभएको पनि वताउनु भयो ।
उहाले आगामी दिनमा सहभागिको सल्लाह र सुझावलाई मध्यनजर गर्दै अगाडि बढ्ने बताउनु भयो ।
सो अवसरमा वातावरण संरक्षणमा उल्लेख्य काम गर्ने ३ वटा संस्था र ८ जना ब्यक्तिलाई नगद तथा प्रसंसा पत्र सहित पुरस्कृत गरिएको थियो ।
यसरी पुरस्कृत हुनेहरुमा रामेछाप सहयोगी मनहरु(रासम), सिद्धेश्वर वाल क्लव सालु र सानीमदौ सामुदायिक वन उपभोक्ता समुह रहेका छन् । त्यसैगरी ब्यक्तिगत रुपमा पुरस्कृत हुनेहरुमा रमेश अधिकारी कठजोर,गणेश माझी हात्तिटार,लक्ष्मण श्रेष्ठ,रीता सुवेदी र पत्रकार द्वय नवराज श्रेष्ठ र दिपक भट्ट रहेका छन् । उनीहरुलाई संस्थागत रुपमा रु ७ को २५ प्रतिशत कर कट्टी गरी ५ हजार २ सय ५० रुपैयाको चेक र प्रसंसा पत्र प्रदान गरिएको थियो भने ब्यक्तिगत पुरस्कृत हुनेहरुलाई प्रति ब्यक्ति रु ५ हजार को २५ प्रतिशत रकम कर कट्टी गरी रु ३ हजार ७ सय ५० रुपैयाको चेक र प्रसंसा पत्र वितरण गरिएको थियो ।
सामुदायिक विकास समाज,पहाडी समाज कल्याण केन्द्र र श्रृजनसिल युवा समाज चिसापानीको साझेदारीमा यो परियोजना जिल्लाको रामेछाप र मन्थलीका केहि वडाहरुमा लागु भैरहेको छ । कार्यक्रमका अबसरमा परियोजनाको २ बर्ष अबधि समाप्त भैसकोे र १ वर्ष वाँकी रहेको जानकारी गराइएको थियो ।

Share35Tweet22Share6

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१९ पुष २०७७, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१९ पुष २०७७, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१९ पुष २०७७, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१९ पुष २०७७, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१९ पुष २०७७, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१९ पुष २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero