रामेछाप ७ फागुन । गोकुलगंगा गाउँपालिका ४ को बेतालीमा आधा शरिर जलेको अबस्थमा एक जना बृद्धको लास फेला परेको छ । आफुले विक्रि गरेको घरमा एक्लै बस्दै आएकि ७१ बर्षिय बृद्ध महिलाको लास आइतबार विहान घर भित्रै जलेको अबस्थामा गाउँले हरुले देखेपछि प्रहरिलाई खबर गरेको वडा अध्यक्ष रामचन्द्र बस्नेतले बताउनु भयो ।
विवाहित भएपनि परिवारका अरु सदस्य विना अर्काको घरमा एकलै बस्दै आएकि ७१ बर्षिय पद्म कुमारी खड्कालाई आफुहरुले शनिबार साँझ सम्म सामान्य अबस्थामा देखेको पनि वडा अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । विहान अबेर सम्म ढोका नखुलेपछि आमाको बारेमा सोधखोज गरि घर भित्र गएर हेदा चुलो नजिकै कम्मर भन्दा मुनिको भाग जलेर गुन्द्रिले लास छोपेर राखेको अबस्थामा देखेपछि प्रहरीमा खबर भएको पनि बस्नेतले बताउनु भयो ।
घटनाको सूचना पाउना साथ रामेछाप जिल्लाका प्रहरी प्रमुखको नेतृत्वमा प्रहरिको टोली बेताली पुगेको थियो । उक्त टोलीले स्थानिय हरु संग सोधपुछ गरि लास प्रकृति मुचुल्का गराई मृतक बृद्धको लास आईतबार बेलुकि पोष्टमार्टमको लागि मन्थली पठाउने तयारी भईरहेको छ । घटना घटे संगै घटनाको वास्तविकता बुझन आबश्यक अनुसन्धान प्रकृया शुरु गरि सकिएको घटना स्थलमा पुग्नु भएका सूचना अधिकारी प्रहरि निरिक्ष राजु प्रसाद ढकालले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया