Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट रामेछाप र दोलखाका ३–३ जना कृषक सम्मानित

superadmin superadmin
१८ फाल्गुन २०७९, बिहीबार
in आधारभूत, कृषि, देश, प्रदेश नं ३, समाचार, समाज
0
46
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १८ फागुन । रामेछाप र दोलखा जिल्ला समेतको ब्यवसायीक कृषि र कृषकहरुको क्षमता विकास गर्दे आएको कृषि ज्ञान केन्द्र रामेछापले ‘राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार–२०७९’ बाट रामेछाप र दोलखाका गरि छ जना अगुवा कृषकहरुलाई एक समारोहका वीच सम्मानित गरेको छ । उसले विहिबार कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा रामेछाप र दोलखा जिल्लाका ३–३ जना अगुवा कृषकहरुलाई सम्मान गरेको हो ।
कृषि पेशालाईनै व्यावसायिक र दीर्घकालीन पेशाका रूपमा अपनाएउँदै आएका कृषकहरु मध्ये कृषि विभागले तयार गरेको मापदण्डका आधारमा छनौटमा परेका कृषकहरुलाई कार्यालयले प्रति किसान नगद १० हजार सहित दोसल्ला र प्रशंसा पत्रद्धारा सम्मान गरेको हो । सम्मानित सबै कृषकहरुलाई बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठ र जिल्ला समन्वय समितिकी रामेछापकी प्रमुख चिना खड्का (कार्की)ले संयुक्त रुपमा उक्त पुरस्कार उपलब्ध गराउनु भएको थियो ।
पुरस्कृत हुनेहरुमा रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारका साङ्गे लामा, दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं ७ का कवीन्द्र कुमार मोक्तान र मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका शिव शरण बोहरा रहनु भएको छ । त्यसैगरि दोलखाको जिरी नपा वडा नं ७ का किरण बहादुर खड्का, शैलुङ गाउँपालिका ३ का नारायण श्रेष्ठ र कालिन्चोक गाउँपालिका वडा नं ६ का बलबहादुर थामी रहनु भएको छ ।
पुरस्कृत हुनेमा खड्का ब्यवसायीक किवी खेती, श्रेष्ठ तरकारी खेती र थामीले ब्यवसायीक रुपमा बाख्रा पालन गर्दै आए बापत उक्त पुरस्कारबाट सम्मानित भएका ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङ्गले जानकारी गराउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी माननिय आनन्द कुमार श्रेष्ठले ब्यबसायीक कृषिको संरक्षण र सम्बद्धन गरि कृषकहरुलाई कृषि पेसामा सक्रिय भएर लाग्न हौसला मिलोस भन्नका लागि सरकारले कृषकहरुलाई पुरस्कृत गरेको बताउनु भयो । युवाहरुलाई कृषि पेशामा लाग्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले सरकारले हरेक बर्ष गर्दै आएको पुरस्कार वितरणको दायरालाई ठुलो र फराकिलो बनाउनु पर्ने धारणा राख्नुु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिकि प्रमुख चिना खड्काले कृषि ज्ञान केन्द्रले सुक्ष्म मुल्याँकनमा आधारमा वितरण गरेको यो पुरस्कारले विभिन्न ब्यवसायमा संलग्न हुँदै आएका र ब्यवसायमा संलग्न हुन चाहने कृषकहरुलाई उत्साहित बनाएको बताउनु भयो । नेपाल सरकारले जिल्लाका कृषकहरुका लागि ल्याएको उक्त पुरस्कार किसानको लागि उत्कृष्ठ पुरस्कार भएको भन्दै यसको दायरा बढाउन आवश्यक रहेको बताउनु भयो । कृषि ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङ्को अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यो वर्ष उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार लिन ईच्छुकहरुको संख्या उल्लेख्य रहेको भए पनि मापदण्ड र बजेटको पावन्दीका कारण सिमित ब्यक्तिलाई मात्र पुरस्कृत गर्न सकिएको कार्यालयले जनाएको छ ।

Share18Tweet12Share3

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१८ फाल्गुन २०७९, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१८ फाल्गुन २०७९, बिहीबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१८ फाल्गुन २०७९, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१८ फाल्गुन २०७९, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१८ फाल्गुन २०७९, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१८ फाल्गुन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero