Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नविन थापा मगरको टीमद्धारा २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

superadmin superadmin
२१ फाल्गुन २०७९, आईतवार
in आधारभूत, देश, समाचार, समाज
0
76
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २१ फागुन । आसन्न रामेछाप उद्योग बाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा ब्यबसायीहरु दुइ छुट्टा छुट्टै खेमामा प्रतिस्पर्धामा उत्रिएका छन् । उक्त प्रयोजनका लागि विभक्त देखिएका उमेद्रवारहरुले आफनो टीमको जीत सुनिश्चत भएको दावि सहित प्रचार अभियानलाई पनि तिब्र बनाएका छन् ।
यसै विच नविन थापा मगरको नेतृत्वमा रहेको समुहले आज आम मतदाताहरुलाई मतदान गर्न आग्रह गर्दे आफुहरु निर्वाचित भएमा गर्ने प्रतिबद्धता पत्रको सार्बजनिक गरेको छ । उक्त समुहले पत्रकार सम्मेलन गरि जारी गरेको २५ बँुदे आफनो प्रतिबद्धता पत्रमा मतदान मार्फत निर्वाचन जिताउनका लागि पनि आफना मतदाताहरुलाई आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा वितरित विज्ञयप्ती मार्फत अध्यक्ष पदका प्रत्यासि नविन कुमार थापा मगरले ब्यवसायी र संस्थागत सोच भएका पुरानो अनुभब र परिपक्क ब्यवहार , ब्यक्तिगत सम्बन्ध आदिका कारण आफुहरु लागि जित्न सजिलो हुने दावि गर्नु भयो । उहाँले उक्त प्रयोजनका लागि आफनो टीमलाई मतदान गर्न पनि आफना मततादाहरुलाई आग्रह गर्नु भयो ।
आज साँझ सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा व्यवसायीहरुले बैंकमा तिर्दै आएको चर्को व्याजदरलाई घटाउन बैंक तथा वित्तिय संस्थासँग समन्वय गर्ने ,व्यवसायीले तिर्दै आएको चर्को भाडादरलाई कम गर्दै घरधनीसँगको समन्वयमा समय सापेक्ष बनाउन पहल गर्ने । व्यवसायीहरुलाई आफू स्वयंले ट्याक्स÷भ्याटको काम गर्न सक्नेगरी सीप विकास तालिम प्रदान गर्नुका साथै हरेक वर्ष प्रत्येक ब्यवसायीहरुको कर विवरण निःशुल्क प्रबिष्टिका लागि‘मासिक कारोबार दाखिला काउन्टर’खडा गरिने पनि आफनो प्रतिबद्धता पत्रमा उल्ल्ोख गरिएको छ ।.
जिल्ला भित्र रहेका विभिन्न क्षेत्रगत बजारहरुको व्यवस्थापनका लागि सरोकारवालासँग समन्वय गर्दै अगाडि बढिनेछ । त्यस्तै वि.पी राजमार्ग हुँदै प्रवेश रोक लगाइएका ठूला मालवाहक सवारीहरुलाई सहज आवागमनको व्यवस्था गर्न आबश्यक पहल गरिने, मन्थली–लुक्ला चल्दै आएको विमान सेवाका कारण यस जिल्लामा भित्रिने पर्यटकहरुलाई मन्थलीमा कम्तीमा एक रातका लागि बस्ने वातावरण सिर्जना गरी जिल्लाको ब्यापार ब्यवसाय बृद्धि का लागि पहल गर्दे मन्थलीमा भएका होटलहरुको थप स्तरीकरण गर्दै ग्राहकमैत्री बनाउन कार्यशाला तथा तालिमको व्यवस्था गरिने पनि उक्त प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरि जिल्लामा केही वर्षदेखि ठप्प प्रायः रहेको मेला महोत्सवको कार्यलाई यथाशीघ्र आयोजना गरि व्यवसायीहरुको हितमा अगाडि बढ्नुका साथै जिल्लामा उत्पादित वस्तुहरुको राष्ट्रियकरण गर्न कोसेली घर संचालन गरिने छ । त्यस्तै जिल्लाका व्यवसायी लक्षित सबैखाले व्यवासायीक सेवा प्रवाह गर्नका लागि रामेछाप उद्योग वाणिज्य संघको सचिवालयमा हेल्प डेक्सको ब्यवस्था गरिने,रामेछाप उद्योग वाणिज्य संघको आफ्नो अलग्गै वेभसाइटको निर्माण गरि व्यवसायीहरुको गुनासो सुन्नका लागि र संघको हरेक सूचना सार्वजनिक गर्न सूचना अधिकारीको व्यवस्था गरिने लगायतका कुराहरु पनि आफनो प्रतिबद्धता पत्रमा समेटिएको छ ।
त्यसैगरि व्यवसायीहरुले प्रयोग गर्दै आइरहेको नाप तौलका सामग्रीहरुलाई दर्ता तथा प्रमाणिकरण घरेलु तथा साना उद्योग कार्यालय रामेछाप मार्फत गराउन पहल गरिने छ । उपभोक्ताहरुलाई स्वच्छ र सफा खाद्यान्न, कृषि उपज उपलब्ध गराउने,मुल्य सूचि,सरसफाई,गुणस्तर,उभपभोग्य अबधि लगायतका विषयमा सदैव दत्त चित्त हुने ।.बजारहरुको सरसफाई, सवारी व्यवस्थापन, पार्किङ लगाएतका अन्य विषयहरुको उचित व्यवस्था गरिने ,जिल्ला अधिवेशन सम्पन्न भएको ३ महिनाभित्र पालिका स्तरीय समन्वय समिति गठन गरी अगाडि बढिने तथा जुनसुकै व्यक्ति तथा उद्योगले उत्पादन गरेका वस्तुहरुको बजारीकरण सहजताका लागि देवकोटाचोकमा डिजिटल बोर्ड र त्यस्ता उत्पादनलाई सबैको पहुँचमा पु¥याउनका लागि आबश्यक प्रबिधि अपनाइने लगाएतका कुराहरु पनि आफनो प्रतिबद्धता पत्रमा उल्ल्ोख गरिएको छ ।
उक्त प्रतिबद्धता अनुसारको कार्यसम्पादन गर्ने अवसर दिनका लागि नविनकुमार थापामगरको नेतृत्वको संयुक्त व्यवसायी एवम् समावेसी समुहलाई अत्याधिक बहुमतले बिजयी गराउन पनि पत्रकार सम्मेलन मार्फत हार्दिक अनुरोध गरिएको थियो । पत्रकार सम्मेलनमा अध्यक्षमा स्वतन्त्र उमेद्रवारी दिएका बर्तमान अध्यक्ष केशब घिमिरेले आफुले उमेद्वारी फिर्ता लिएर नविन थापा मगरको समुहलाई समर्थन गरेको घोषणा पनि गर्नु भयो ।
आइतबार साँझ आयोजित पत्रकार सम्मेलन मार्फत उहाँले भन्नु भयो ‘मैले कसैको दबाब र प्रभावमा नपरी आज फिर्ता लिने समय अबधिमा कार्यालयमा पुगेर फिर्ता लिएको छु । अब मेरो समर्थन नवीनजीको टिमलाई रहने छ ।

Share30Tweet19Share5

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२१ फाल्गुन २०७९, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२१ फाल्गुन २०७९, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२१ फाल्गुन २०७९, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२१ फाल्गुन २०७९, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२१ फाल्गुन २०७९, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२१ फाल्गुन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero